डेंगुबाट काठमाडौंमा २ जनाको मृत्यु, २ सय ५४ जना संक्रमित « Khabarhub

डेंगुबाट काठमाडौंमा २ जनाको मृत्यु, २ सय ५४ जना संक्रमित


२३ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साउनदेखि भदौ २२ गते सम्ममा डेंगु रोगका कारण काठमाडौंमा दुई जनाले ज्यान गुमाएका छन् । देशभर डेंगुको प्रकोप बढ्दै जाँदा काठमाडौंमा पनि संक्रमित बढेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

साउनदेखि भदौ २२ गतेसम्ममा काठमाडौंमा मात्रै २ सय ५४ जनामा डेंगुको संक्रमण भेटिएको महाशाखाको तथ्यांक छ । डेंगु र भाइरल ज्वरोको प्रकोपका कारण टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा बिरामीको चाप बढेको छ ।

बिरामीको चाप बढेपछि अस्पतालले डेंगु रोगको परीक्षणका लागि छुट्टै कक्ष नै स्थापना गरी बिरामीको परीक्षण र परार्मश सेवा दिइरहेको छ ।

कसरी सर्छ डेंगु ?

डेंगु एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने सरुवा रोग हो । यो एडिस लामखुट्टेले मानिसलाई बिहान, बेलुका तथा दिउँसोको समयमा टोक्ने गरेको चिकित्सकहरु बताउँछन् ।

यो रोग मानिसबाट मानिसमा सर्दैन तर डेंगुको संक्रमण भएको व्यक्तिलाई टोकेको लामखुट्टेले स्वास्थ व्यक्तिलाई टोक्दा भने यो रोग सर्छ । डेंगु सार्ने लामखुट्टेले सफा पानी जमेको ठाउँमा फुल पार्ने गर्छ ।

वर्षातपछि पानी जम्ने स्थानहरुमा एडिस इजिप्टाई जातको लामखुट्टेको संख्या बढी हुने हुँदा वर्षातपछि डेंगुको संक्रमण पनि बढेको पाइन्छ ।

पानी जम्ने टिनका डब्बाहरु, रङ्गका खाली डब्बा, थोत्रा तथा पुराना टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरु, फुलदानी, गमला, कुलर, पानीका ट्यांकी आदिमा यो जातको लामखुट्टेले फूल पार्ने र नयाँ लामखुट्टेको संख्या बढाउँने काम गर्छ ।

डेंगुको लक्षणहरु यी हुन् :

–आँखाको वरिपरी तथा कन्चटमा धेरै दुख्नु,

– सबै शरीर दुख्नु,

–घांटी बस्नु,

–साना बिमिरा आउनु,

– शरीर चिलाउनु,

–वाकवाकी लाग्नु र वान्ता आउनु,

– छटपटी हुनु,

– रिंगटा लाग्नु,

–निद्रा नलाग्नु,

– हड्डी तथा मांशपेशी निकै दुख्नु,

–आँखा तथा घांटी रातो हुनु ।

डेंगुका बिरामीले चिकित्सकको सल्लाहअनुसार औषधि उपचार गरेरमा निको हुन्छ । डेंगुका बिरामीले औषधि उपचारसँगै विभिन्न कुरामा पनि ख्याल गर्नुपर्छ । डेंगुका बिरामीले ज्वरोको लागि प्यारासिटामोल मात्र प्रयोग गर्नुपर्छ ।

बालबालिका, बृद्धबृद्धा, रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरु, दीर्घ बिरामीहरुलाई बिशेष ख्याल गर्नुपर्दछ । जुनसुकै ज्वरो आएपनि यथेष्ट आराम गर्ने, झोलिलो खानेकुरा प्रशस्त खाने, सागसब्जी र फलफुल र गेडागुडीको रस, दाल, सुप नियमित खानुपर्छ । डेंगुको कुनै बिशेष औषधि तथा खोप छैन ।

डेंगुबाट बच्न यस्तो गर्नुस्

–लामखुट्टे भगाउने स्प्रे अथवा लोसन शरीरमा लगाउने,

–बाहुला पुरा भएको शरीर ढाक्ने कपडा लगाउने,

–डेंगु लाग्ने लामखुट्टेले दिनमा बढी टोक्ने भएकोले दिउँसो सुत्दा झुल प्रयोग गर्ने,

–सकभर भीडभाडमा नजाने,

–घर वरिपरी पानी जम्ने खाल्डो पुर्ने,

–घरभित्र पानीलाई छोपेर राख्ने,

–बाथरुम ओभानो राख्ने,

– टायर र पाइप आदिमा पानी जम्न नदिने,

प्रकाशित मिति : २३ भाद्र २०७६, सोमबार  ६ : ०१ बजे

एकै फिल्मबाट धेरैलाई डेब्यू गराउँदै रघुनाथ

काठमाडौं – पत्रकारिता पृष्ठभूमिका रघुनाथ सापकोटा फिल्म निर्माणमा होमिएका छन्

मनसुनजन्य विपद् न्यूनीकरणमा समन्वय तीव्र : प्राधिकरण

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनजन्य विपद्को

मधेश प्रदेशसभा : बजेटलगायतका समस्या समाधान गर्न कार्यदल गठन

जनकपुरधाम– मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलगायतका विषयमा

नगर प्रहरी नदेखिएपछि न्युरोडको फुटपाथ फेरि अस्तव्यस्त (तस्बिरहरू)

काठमाडौं– केही दिनअघिसम्म काठमाडौं महानगरपालिकाका नगर प्रहरी नियमित रूपमा सडकमा

इरान–अमेरिका तनावबीच ओमान नजिक जहाजमा आक्रमण, १० भारतीयको उद्धार

मस्कट- इरान–अमेरिका तनावकाबीच ओमान नजिक व्यावसायिक जहाजमाथि भएको आक्रमणमा परेका