७ जना मिलेर १ जनाको ‘अपहरण’, अपहरणमा परेका व्यक्ति नै निक्लिए ‘ठग’ « Khabarhub

७ जना मिलेर १ जनाको ‘अपहरण’, अपहरणमा परेका व्यक्ति नै निक्लिए ‘ठग’


२३ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजधानी काठमाडौंमा व्यक्तिको ‘अपहरण’ गरी शरीर बन्धक बनाएको अभियोगमा ७ जना पक्राउ परेका छन् ।

शनिबार बिहान कलंकीको मकालु पेट्रोल पम्पबाट एक जना व्यक्तिलाई केही व्यक्तिले जबरजस्ती गाडीमा हालेर अपहरण गरी लगेको सूचना प्रहरीले पाएको थियो । सोही सूचनाका आधारमा प्रहरीले ‘अपहरणमा परेका’ व्यक्ति र ‘अपहरणकारी’को खोजी शुरु गरेको थियो ।

खोजीका क्रममा ‘अपहरणमा पर्ने’ व्यक्ति नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घर भइ काठमाडौंको तारकेश्वर बस्ने २३ वर्षी पेम्बा तामाङ भएको पत्ता लाग्यो ।

अपहरणकारीको खोजी शुरु गरेकै दिन प्रहरीले ७ जनालाई काठमाडौंको छाउनीबाट पक्राउ गर्‍यो ।

पक्राउ पर्नेमा सिन्धुली घर भएका ४२ वर्षीय पूर्णबहादुर बाईबा, काठमाडौंको वाफल बस्ने ५३ वर्षीय राजु खड्गी, रसुवाको गोसाइँकुण्ड घर भएका ४१ वर्षीय पाल्साङ तामाङ, रामेछापको दोरम्बा घर भएका ३१ वर्षीय राजेश गुरुङ र रसुवाको थुमान गाउँपालिका घर भएका ३५ वर्षीय जिस घले रहेका छन् ।

प्रहरीका अनुसार उनीहरुले लेनदेनसँग सम्बन्धित विवादका कारण पेम्बाको अपहरण गरेको देखिएको छ । प्रहरीले पक्राउ परेका ७ जनाविरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दामा थप अनुसन्धान शुरु गरेको छ ।

अपहरणमा परेका भनिएका पेम्बा तामाङविरुद्ध पनि ठगीको उजुरी परेको प्रहरीले जनाएको छ । पेम्बाले विभिन्न व्यक्तिबाट रकम ठगी गरेको उजुरी परेका कारण उनलाई पनि हिरासतमा राखी ठगी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : २३ भाद्र २०७६, सोमबार  १ : ३० बजे

सङ्खुवासभाबाट सुत्केरीको हवाई उद्धार

खाँदबारी– यहाँको मकालु गाउँपालिका–१ की एक सुत्केरीलाई आज हेलिकप्टरमार्फत उद्धार

के बालेन लोकतान्त्रिक हुन नसकेका हुन् ? किन दिइरहेका छैनन् पार्टीलाई महत्व ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सांसदहरूका लागि मंगलबार र

काठमाडौं महानगरले आगामी १६ देखि क्यान्सरको निःशुल्क परीक्षण गर्ने

काठमाडौं– काठमाडौँ महानगरपालिकाले महिलाको स्तन र पाठेघरको मुखको क्यान्सरको यही

कसले सम्हाल्ला अन्योलग्रस्त कांग्रेसमा संसदीय मोर्चा ?

काठमाडौं– गत भदौ २३ र २४ गतेको जेन–जी विद्रोहपछि नेपाली

अन्य दललाई गोकुलको सुझाव : रास्वपाका एजेन्डा जनताले पत्याए, खाँबो चिथोर्न बन्द गरौँ

काठमाडौं- नेकपा एमालेका केन्द्रीय सदस्य गोकुलप्रसाद बास्कोटाले राष्ट्रिय स्वतन्त्र पार्टी