डेंगु संक्रमित मन्त्री खनाल अस्पतालबाट डिस्चार्ज « Khabarhub

डेंगु संक्रमित मन्त्री खनाल अस्पतालबाट डिस्चार्ज


२३ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– डेंगुको संक्रमणका कारण उपचारका लागि भर्ना भएका कृषि तथा पशुपंक्षी मन्त्री चक्रपाणी खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् ।

डेंगुको संक्रमण देखिएपछि मन्त्री खनाल उपचारका लागि ग्रान्डी अस्पताल भर्ना भएका थिए ।

भदौ १८ गते (बुधबार) अस्पताल भर्ना भएका मन्त्री खनाल ५ दिनको उपचारपछि सोमबार डिस्चार्ज भएका ग्रान्डी अस्पतालले जनाएको छ ।

४ जना चिकित्सकहरुको टोलीले मन्त्री खनालको उपचार गरेको अस्पतालले जनाएको छ । अस्पतालले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएअनुसार मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेको नेतृत्वमा डा. विनय रेग्मी, डा. प्रजोल श्रेष्ठ, डा. प्रभात अधिकारी तथा डा. सुभाष प्रसाद आचार्यको टीमले मन्त्री खनालको उपचार गरेको हो ।

मन्त्री खनालाई सघन उपचार कक्ष (आईसीयू)मा राखेर उपचार गरिएको र उपचारपछि स्वास्थ्यमा सुधार आएका कारण सोमबार डिस्चार्ज गरिएको अस्पतालका मेडिकल डाइरेक्टर चक्रराज पाण्डेद्वारा जारी गरिएको विज्ञप्ती उल्लेख छ ।

प्रकाशित मिति : २३ भाद्र २०७६, सोमबार  ४ : ३७ बजे

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध आसिफ शेखले बनाए अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालका ओपनर

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध ओपनर आसिफ र अर्जुनले गरे ९७ रनको साझेदारी

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालले शानदार

धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन

धादिङ – भोटेकोशी बाढीले फुर्केखोलाको पुल बगाएपछि धादिङबेसी पुग्ने वैकल्पिक

जङ्गलमा भरुवा बन्दुक, लागुपदार्थसहित महिला पक्राउ

बागलुङ – नियमित गस्तीमा रहेको प्रहरी टोलीले बडिगाड गाउँपालिका–५ दागस्थित

बीपी, अरनिको र कर्णालीसहित मुख्य राजमार्ग अवरुद्ध : कुन सडकको अवस्था के छ ?

काठमाडौँ – लगातारको वर्षा, बाढी तथा पहिरोका कारण बागमती र