काठमाडौंमा आजदेखि विद्युतीय बस सञ्चालन « Khabarhub

काठमाडौंमा आजदेखि विद्युतीय बस सञ्चालन


२३ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंमा आजदेखि विद्युतीय बस सेवा सञ्चालनमा आएको छ । उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले सोमबार काठमाडौंको प्रर्दशनीमार्गस्थित नेपाल पुलिस क्लब कार्यालय परिसरबाट विद्युतीय बसको सेवा शुभारम्भ गर्नु भएको हो ।

सुन्दर यातायात प्रालिले चीनबाट नेपालमा पहिलो पटक भित्र्याएको उक्त विद्युतीय बस काठमाडौंको चक्रपथमा सञ्चालन हुने रुट परमिट लिइएको छ ।  सुन्दर यातायातले आजदेखि दुई वटा बस सञ्चालनमा ल्याएको हो ।

एयरपोर्टलाई गन्तव्य बनाएर आन्तरिक र पहिले ट्रली बस सञ्चालन भएको भक्तपुरको सूर्यविनायकसम्म सञ्चालनमा ल्याउन सरकारसँग रुट परमिटको लागि निवेदन दिइएको सुन्दर यातायात प्रालिका अध्यक्ष भेषबहादुर थापाले जानकारी दिए ।

विद्युतीय बसको भाडा अन्य सवारी साधनको भन्दा २० प्रतिशत कम निर्धारण गरिएको छ । अध्यक्ष थापाले सरकारले सार्वजनिक यातायातलाई तोकेको भाँडाभन्दा २० प्रतिशत कम हुने गरी विद्युतीय बसको भाडादर तोकिएको जानकारी दिए । काठमाडौंमा हुने वायू र ध्वनी दुवै प्रदुषणलाई कम गर्ने उद्देश्यका साथ उक्त यातायात सेवा सञ्चालनमा ल्याइएको हो ।

सुन्दर यातायातले थप ११ वटा विद्युतीय बस चीनबाट झिकाउने योजना बनाएको छ । अध्यक्ष थापाले प्रदेश ५ को राजधानी बुटवल र प्रदेश १ को विराटनगरमा पनि विद्युतीय बस सञ्चालनका लागि समझदारी गरिएको बताए ।

काठमाडौंमा केही दिनभित्र थप २ वटा बस पनि सञ्चालनमा ल्याउने तयारी गरिएको छ । चीनको विके कम्पनीबाट झिकाइएका विद्युतीय बस ब्याट्रीमार्फत् चल्छन् ।

प्रकाशित मिति : २३ भाद्र २०७६, सोमबार  ५ : ४६ बजे

सरकारसँग वार्ता गर्न राष्ट्रियता बचाउ अभियानद्वारा तीन सदस्यीय टोली गठन

काठमाडौं – सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंको राष्ट्र, राष्ट्रियता, धर्म,

एमाले महाधिवेशनः युवा खुला केन्द्रीय सदस्यमा नरेश रोकायाको उम्मेद्वारी

काठमाडौं – विद्यार्थी राजनीतिबाट उदाएका नरेश रोकायाले एमालेको ११ औं

नेपाल–कोरिया ऊर्जा सहकार्य सेमिनार आयोजना

काठमाडौं – नेपाल र कोरिया गणतन्त्रबीच ऊर्जा क्षेत्रमा सहकार्यलाई थप

एमाले महाधिवेशनमा सहभागीहरुमा मौसमी फ्लू र झाडापखालको संक्रमण 

काठमाडौं- नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा चलिरहेको छ