काठमाडौंमा आजदेखि विद्युतीय बस सञ्चालन « Khabarhub

काठमाडौंमा आजदेखि विद्युतीय बस सञ्चालन


२३ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंमा आजदेखि विद्युतीय बस सेवा सञ्चालनमा आएको छ । उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले सोमबार काठमाडौंको प्रर्दशनीमार्गस्थित नेपाल पुलिस क्लब कार्यालय परिसरबाट विद्युतीय बसको सेवा शुभारम्भ गर्नु भएको हो ।

सुन्दर यातायात प्रालिले चीनबाट नेपालमा पहिलो पटक भित्र्याएको उक्त विद्युतीय बस काठमाडौंको चक्रपथमा सञ्चालन हुने रुट परमिट लिइएको छ ।  सुन्दर यातायातले आजदेखि दुई वटा बस सञ्चालनमा ल्याएको हो ।

एयरपोर्टलाई गन्तव्य बनाएर आन्तरिक र पहिले ट्रली बस सञ्चालन भएको भक्तपुरको सूर्यविनायकसम्म सञ्चालनमा ल्याउन सरकारसँग रुट परमिटको लागि निवेदन दिइएको सुन्दर यातायात प्रालिका अध्यक्ष भेषबहादुर थापाले जानकारी दिए ।

विद्युतीय बसको भाडा अन्य सवारी साधनको भन्दा २० प्रतिशत कम निर्धारण गरिएको छ । अध्यक्ष थापाले सरकारले सार्वजनिक यातायातलाई तोकेको भाँडाभन्दा २० प्रतिशत कम हुने गरी विद्युतीय बसको भाडादर तोकिएको जानकारी दिए । काठमाडौंमा हुने वायू र ध्वनी दुवै प्रदुषणलाई कम गर्ने उद्देश्यका साथ उक्त यातायात सेवा सञ्चालनमा ल्याइएको हो ।

सुन्दर यातायातले थप ११ वटा विद्युतीय बस चीनबाट झिकाउने योजना बनाएको छ । अध्यक्ष थापाले प्रदेश ५ को राजधानी बुटवल र प्रदेश १ को विराटनगरमा पनि विद्युतीय बस सञ्चालनका लागि समझदारी गरिएको बताए ।

काठमाडौंमा केही दिनभित्र थप २ वटा बस पनि सञ्चालनमा ल्याउने तयारी गरिएको छ । चीनको विके कम्पनीबाट झिकाइएका विद्युतीय बस ब्याट्रीमार्फत् चल्छन् ।

प्रकाशित मिति : २३ भाद्र २०७६, सोमबार  ५ : ४६ बजे

नेपाल फर्किन चाहने कुवेतमा रहेका नेपाली साउदी अरब हुँदै फर्किन सक्ने

काठमाडौं- कुवेतस्थित नेपाली दूतावासले नेपाल फर्किन चाहने कुवेतमा रहेका नेपालीलाई

पाथीभरामा पर्यटकको आकर्षण बढ्दै, भेटी थपिँदै

इलाम – इलामको रोङ गाउँपालिका–३ कुटीडाँडास्थित पाथीभरा मन्दिरमा तीन वर्षमा

कांग्रेसको समानुपातिक सूचीमा गगनका ससुरादेखि निधिकी भान्जीसम्म

काठमाडौं – नेपाली कांग्रेसले समानुपातिकतर्फ प्राप्त सिटअनुसार २० जनाको नामावली

महामन्त्री पौडेलद्वारा कांग्रेस सुधारका लागि सुझाव माग

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी सुधारका लागि

यूएईको तेल टर्मिनलमा हमला हुँदा भारतीय जहाज प्रभावित, कर्मचारी सुरक्षित

काठमाडौं – अमेरिका–इजरायल र इरानबीच जारी द्वन्द्वको प्रभाव खाडी क्षेत्रसम्म