कांग्रेसको समानुपातिक सूचीमा गगनका ससुरादेखि निधिकी भान्जीसम्म « Khabarhub

कांग्रेसको समानुपातिक सूचीमा गगनका ससुरादेखि निधिकी भान्जीसम्म


१ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसले समानुपातिकतर्फ प्राप्त सिटअनुसार २० जनाको नामावली निर्वाचन आयोगमा बुझाएपछि पार्टीभित्र नातावाद हावीको चर्चा सुरु भएको छ ।

पार्टीले १५ महिला र ५ पुरुषसहितको सूची आयोगमा पठाएको हो । कार्यसम्पादन समिति बैठकपछि प्रवक्ता देवराज चालिसेले खस–आर्य कोटाबाट दुई पुरुषको नाम पठाइएको जानकारी दिएका थिए । तर सार्वजनिक सूचीमा परेका केही व्यक्तिहरू शीर्ष नेताका आफन्त रहेको विषयमा आलोचना सुरु भएको छ ।

खस–आर्य कोटाबाट समानुपातिक सूचीमा परेका अर्जुननरसिंह केसी, पार्टी सभापति गगन थापाका ससुरा हुन् । त्यसैगरी मधेशी कोटाबाट परेका चन्द्रमोहन यादव पूर्वराष्ट्रपति रामवरण यादवका छोरा हुन् ।

यता मधेशी कोटामै समावेश भएकी निनुकुमारी कर्ण कांग्रेसका प्रभावशाली नेता बिमलेन्द्र निधिकी भान्जी रहेको बताइएको छ।

यी नामहरू सार्वजनिक भएपछि सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा समानुपातिक प्रणालीमा नेताका आफन्तलाई प्राथमिकता दिइएको आरोप लागेको छ ।

प्रकाशित मिति : १ चैत्र २०८२, आइतबार  ९ : ३३ बजे

बाढीले अवरुद्ध मनास्लु पदमार्ग पुनःसञ्चालन

गोरखा– मनास्लु पदमार्गअन्तर्गत दुई ठाउँको पुल बाढीले बगाएर बाटो बन्द

वालेन्द्र नेतृत्वको सरकारप्रति राधिकाको आक्रोश, भनिन्, ‘खराने ग्याङ’ले जेजे गरुन्, हामी डराएर भाग्दैनौँ’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकी पत्नी राधिका शाक्यले

दक्षिण कोरियामा रोजगारी वृद्धि पाँच महिनायताकै उच्च

सियोल- दक्षिण कोरियामा अगस्ट महिनामा रोजगारी वृद्धि पाँच महिनायताकै उच्च भएको छ । सरकारी तथ्यांकअनुसार

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार पदाधिकारी नियुक्त

काठमाडौं– कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार जना पदाधिकारी नियुक्त भएका

मन्त्रीहरूलाई सुझाव वर्षमानको सुझाव : शासकीय अहङ्कार नदेखाउनू, जनताले कालोझण्डा देखाइसके

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता वर्षमान पुनले शासकीय अहङ्कार नदेखाउन