कांग्रेसको दोस्रो चरणको जागरण अभियान मंगलबारबाट « Khabarhub

कांग्रेसको दोस्रो चरणको जागरण अभियान मंगलबारबाट


२३ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको दोस्रो चरणको राष्ट्रिय जागरण अभियान भोलि (मंगलबार)बाट शुरू हुने भएको छ ।

कांग्रेसको हिमाल,पहाड,तराई–मधेस नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान देशब्यापी रूपमा एकसाथ प्रारम्भ हुने भएको हो । अभियानको सुभारम्भ विपि कोइरालाको १०६ औं जन्म जयन्तीको प्रतिक स्वरुप त्यतिनै विरुवा हरेक प्रदेशसभा क्षेत्रमा रोपेर गरिने भएको छ ।

मुलत प्रदेशशभा निर्वाचन क्षेत्रमा केन्द्रीत कार्यक्रमका लागि तोकिएका ३३० प्रतिनिधिहरु विभिन्न स्थानमा पुगे भएका छन् ।

जागरण अभियान क्रममा सामाजिक संवाद, युवा केन्द्रित बिशेष संवाद ,संविधान दिवसका कार्यक्रम, वडा स्तरीय अन्तक्रिया, स्थानीय तहको दुई वर्षे समिक्षा कार्यक्रम, पार्टी प्रवेश कार्यक्रम आदि हुने नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले बताए ।

१५ दिने अभियानको अन्तिम दिन असोज ७ गते ५ मुद्दामा केन्द्रीत रहेर ७७ जिल्लामा एकसाथ प्रदर्शन गरिने कांग्रेसले जनाएको छ ।

प्रकाशित मिति : २३ भाद्र २०७६, सोमबार  ७ : २३ बजे

अस्पतालको बेडबाटै जेन-जी आन्दोलनका घाइते प्रकाश भन्छन्- ‘हाम्रो बलिदानी खेर नजाओस्’

काठमाडौं- गत भदौ २३ गते जेन–जी आन्दोलनका क्रममा नयाँ बानेश्वरमा

ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं– ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

काठमाडौं–३० का विभिन्न स्थानमा ‘सिसिटिभी क्यामेरा’ जडान

काठमाडौं– काठमाडौं महानगरपालिका वडा नम्बर ३० भित्रका विभिन्न स्थानमा दृश्यसँगै

बागलुङका ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग

बागलुङ– स्वास्थ्य सुविधालाई थप सहज बनाउन बागलुङका ४९ स्वास्थ्य संस्थालाई

सौगातले सके ‘बब डाई’को सुटिङ

काठमाडौं – नायक सौगात मल्लले फिल्म ‘बब डाई’को सुटिङ सकेका