विप्लव समूहका एक कार्यकर्ता पक्राउ « Khabarhub

विप्लव समूहका एक कार्यकर्ता पक्राउ


२३ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– सरकारद्वारा प्रतिबन्धित विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका एक कार्यकर्तालाई प्रहरीले सोमबार पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँले शुक्लागण्डकी नगरपालिका–४ बस्ने ४५ वर्षीय विलास परियारलाई पक्राउ गरेको हो ।

चन्द समूहका जिल्ला सदस्य परियारलाई घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।

परियारलाई प्रहरीले केही दिनदेखि पछ्याइरहेको थियो । ग १५ प २१७० नम्बरको मोटरसाइकलमा दुलेगौंडाबाट पोखरातर्फ जाँदै गर्दा परियार शनिबार दुर्घटनामा परेका थिए ।

पोखरास्थित मणिपाल अस्पतालमा उपचार पश्चात् घर फर्किएका परियारलाई इलाका प्रहरी कार्यालय बेलचौताराको टोलीले पक्राउ गरेको हो ।

प्रकाशित मिति : २३ भाद्र २०७६, सोमबार  ७ : ३७ बजे

कोरला नाका जोड्ने घमी खोला पुल निर्माण अन्तिम चरणमा

मुस्ताङ– नेपाल–चीनको सीमानाका कोरलानाका जोड्ने माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२

वाणिज्य विभागले गर्‍याे तीन होटललाई जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन वटा होटललाई

अब दुई दिनभित्रै राहदानी उपलब्ध गराइने

काठमाडौं– राहदानी विभागले अब दुई कार्यदिनभित्र राहदानी उपलब्ध गराउने भएको

नेयमारको घुँडाको शल्यक्रिया : के विश्वकप खेल्न सम्भव छ ?

काठमाडौं – ब्राजिलियन स्टार स्ट्राइकर नेयमारले घुँडाको शल्यक्रिया गराएका छन्।

केन्द्रीय कारागारबाट फरार कैदीबन्दी पक्राउ

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले वन्यजन्तुको आखेटोपहार ओसारपसार मुद्दामा