दुःखमा पनि धैर्यतापूर्वक काममा जुट्थे महात्मा गान्धी | Khabarhub Khabarhub

दुःखमा पनि धैर्यतापूर्वक काममा जुट्थे महात्मा गान्धी


२३ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१९१० को दशकमा महात्मा गान्धी दक्षिण अफ्रिकामा आफ्नो राजनीतिक अभियान चलाइरहेका थिए । त्यसबेला दक्षिण अफ्रिकामा जनरल जन स्मट्सको शासन थियो । गान्धी र स्मट्सबीच ठूलो मतभिन्नता रहने गरेको थियो ।

स्मट्स र गान्धीबीच मतभिन्नताका कारण गान्धी जेल पर्दै आएका थिए । जेल हालेर गान्धीको मनोबल गिराउने स्मट्सको विचार थियो । तरपनि गान्धी भने जतिसुकै जेल जीवन विताए पनि विचलित भने हुँदैनथे ।

यही क्रममा जेलमा उनले दक्षिण अफ्रिकाको जोहनेसबर्ग शहर नजिकै लियो टोल्सटोयले स्थापना गरेको फार्ममा छालाको चप्पल बनाउन सिकेका थिए । उनले जेलमै एकजोर चप्पल बनाएका थिए ।

सन् १९१४ मा गान्धीले दक्षिण अफ्रिका छाडे । दक्षिण अफ्रिकाबाट छाड्नेबेला उनले त्यसबेला आफ्नी सचिव रहेकी सोनिया स्लेइसिनलाई सोही चप्पल स्मुट्सलाई दिन भने ।

सन् १९३९ अक्टोबर २ महात्मा गान्धीको ७० औं जन्मदिनका दिन स्मुट्सले गान्धीलाई पत्र लेखे । पत्रमा उल्लेख थियो, ‘तपाईंले दिनुभएको आफ्नो हातले बनाएको चप्पल म अझै पनि लगाउँदै आएको छु । तर, तपाईंले दिएको चप्पल लगाउन म योग्य छु भन्ने मलाई लाग्दैन ।’

प्रकाशित मिति : २३ भाद्र २०७६, सोमबार  ८ : ३५ बजे

रोमाञ्चक मोडमा आईपिएलः यस्तो बन्दैछ समीकरण

यो सिजनको इन्डियन प्रिमियर लिग (आईपिएल) रोमाञ्चक मोडमा पुगेको छ।

पारस खड्का भन्छन् – ‘मेरो चरित्र हत्या गरियो, ढिलो चाँडो कानुनी दायरामा ल्याउँछु’

काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक

नारायणगढ-मुग्लिन सडकमा निर्माणाधीन पुलको काम तीव्र

चितवन– नारायणगढ–मुग्लिन सडकखण्डका निर्माणाधीन सबै पुल आगामी कात्तिकसम्ममा सञ्चालन गर्नेगरी

तनहुँ कारागारमा क्षमताभन्दा बढी बन्दी, व्यवस्थापनमा समस्या

दमौली– जिल्ला कारागारमा तीन सय २३ कैदीबन्दी छन् । दैनिकरुपमा

रियल म्याड्रिड च्याम्पियन्स लिगको फाइनलमा

काठमाडौं– रियल म्याड्रिड युइएफए च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ ।