दुःखमा पनि धैर्यतापूर्वक काममा जुट्थे महात्मा गान्धी « Khabarhub

दुःखमा पनि धैर्यतापूर्वक काममा जुट्थे महात्मा गान्धी


२३ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१९१० को दशकमा महात्मा गान्धी दक्षिण अफ्रिकामा आफ्नो राजनीतिक अभियान चलाइरहेका थिए । त्यसबेला दक्षिण अफ्रिकामा जनरल जन स्मट्सको शासन थियो । गान्धी र स्मट्सबीच ठूलो मतभिन्नता रहने गरेको थियो ।

स्मट्स र गान्धीबीच मतभिन्नताका कारण गान्धी जेल पर्दै आएका थिए । जेल हालेर गान्धीको मनोबल गिराउने स्मट्सको विचार थियो । तरपनि गान्धी भने जतिसुकै जेल जीवन विताए पनि विचलित भने हुँदैनथे ।

यही क्रममा जेलमा उनले दक्षिण अफ्रिकाको जोहनेसबर्ग शहर नजिकै लियो टोल्सटोयले स्थापना गरेको फार्ममा छालाको चप्पल बनाउन सिकेका थिए । उनले जेलमै एकजोर चप्पल बनाएका थिए ।

सन् १९१४ मा गान्धीले दक्षिण अफ्रिका छाडे । दक्षिण अफ्रिकाबाट छाड्नेबेला उनले त्यसबेला आफ्नी सचिव रहेकी सोनिया स्लेइसिनलाई सोही चप्पल स्मुट्सलाई दिन भने ।

सन् १९३९ अक्टोबर २ महात्मा गान्धीको ७० औं जन्मदिनका दिन स्मुट्सले गान्धीलाई पत्र लेखे । पत्रमा उल्लेख थियो, ‘तपाईंले दिनुभएको आफ्नो हातले बनाएको चप्पल म अझै पनि लगाउँदै आएको छु । तर, तपाईंले दिएको चप्पल लगाउन म योग्य छु भन्ने मलाई लाग्दैन ।’

प्रकाशित मिति : २३ भाद्र २०७६, सोमबार  ८ : ३५ बजे

कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

फिक्कल– धेरैजसो युवाहरू वैदेशिक रोजगारका लागि परदेश जान्छन् । आफ्नो

अमेरिकाले ४७ वर्षपछि सिरियालाई ‘आतंकवाद प्रायोजन गर्ने राष्ट्र’को सूचीबाट हटायो

काठमाडौं- अमेरिकाले सिरियालाई करिब ४७ वर्षपछि ‘आतंकवाद प्रायोजन गर्ने राष्ट्र’ को

ताल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

नुवाकोट– किस्पाङ पुग्नेहरु ताल्चेको भेडा फार्म नहेरी फर्कँदैनन् ।  यहाँको मनमोहक दृश्यावलोकन

इरानमाथि अमेरिकाको थप प्रतिबन्ध

वासिङ्टन– संयुक्त राज्य अमेरिकाले इरानको सैन्य गतिविधि, खरिद सञ्जाल तथा

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउने एमालेको निर्णय

गण्डकी– नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले गण्डकी प्रदेश सरकारबाट आफ्ना मन्त्री