अल्ट्रा धाविका मीरा राईलाई मानार्थ विद्यावारिधि « Khabarhub

अल्ट्रा धाविका मीरा राईलाई मानार्थ विद्यावारिधि


२३ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालकी अल्ट्रा रेस धाविका मीरा राईलाई मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरिएको छ ।

नेपालमा उकालीओराली दौड खेल (ट्रेल रनिङ) प्रवर्द्धन तथा उक्त खेलको अन्तर्राष्ट्रिय प्रतियोगितामा दोस्रो स्थान प्राप्त धाविका राईलाई अमेरिकास्थित विश्वप्रसिद्ध विश्वविद्यालय प्रोभोस्ट वेस्टक्लिफ युनिभर्सिटीले मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरेको हो ।

काठमाडौंस्थित प्रिसिडेन्टल विजनेस स्कुलद्वारा सोमबार आयोजित दीक्षान्त समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन र उक्त विश्वविद्यालयका प्राडा डेभिड मेकेनीले राईलाई संयुक्तरुपमा उपाधि प्रदान गरेका हुन् ।

“मैले जीवनमा कति कोस दौडेँ, अझै कति दौडिनेछु । यो उपाधि पाउँला भन्ने सोचेको थिइन । उच्च शिक्षा अध्ययन गर्ने सपना सपना नै बन्यो । तर उपाधि पाएँ । योभन्दा अरु के खुशी हुन सक्छ रु”, उपाधि पाइसकेपछि उनले भनिन्, “जीवनदेखि हार मान्नु हुँदैन, केही गर्छु भन्ने आँट चाहिन्छ । म कक्षा ७ मा अध्ययन गर्दागर्दै विद्यालय छाड्नुपर्‍यो । जीवनदेखि हार नखाई अगाडि बढिरहेँ । ट्रेल अन्तर्राष्ट्रिय प्रतियोगितामा दोस्रो भएँ । अझै केही गरुँ जस्तो लागिरहेको छ ।”

सो अवसरमा उपराष्ट्रपति पुन र प्राडा मेकेनीले अमेरिकाको उक्त विश्वविद्यालयको सम्बन्धन प्राप्त गरेको प्रिसिडेन्टल स्कुलबाट स्नातक र स्नातकोत्तर तह उत्तीर्ण गरेका ९५ छात्रछात्रा दीक्षित गराउँदै प्रमाणपत्र प्रदान गरेका थिए । स्कुलका निर्देशक लक्ष्मण केसीले देशलाई आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्न आफ्नो स्कुलले पहिलो प्राथमिकता दिएको र आफ्ना उत्पादन बजारमा अब्बल रहेको दाबी गरे ।

प्रकाशित मिति : २३ भाद्र २०७६, सोमबार  ९ : ४५ बजे

इन्डोनेसिया-भारतबीच रक्षा, समुद्री सुरक्षा र महत्वपूर्ण खनिजमा सहकार्य विस्तार

जकार्ता- भारत र इन्डोनेसियाले रक्षा, महत्वपूर्ण खनिज, समुद्री सुरक्षा तथा औद्योगिक

इन्डोनेसिया–भारतबीच रक्षा र रणनीतिक सहकार्य विस्तार गर्ने सहमति

जकार्ता- भारत र इन्डोनेसियाले रक्षा, महत्वपूर्ण खनिज, समुद्री सुरक्षा तथा

सूचनाको हक मन्त्रालयको उच्च प्राथमिकतामा : सञ्चारमन्त्री

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सूचनाको हक मन्त्रालयको

दैलेख दुर्घटना : कर्णालीमा बेपत्ता एक जनाको शव कैलाली भेटियो

कर्णाली– यही असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको क

टेलिकम कम्पनीले किन बन्द गर्दैछन् ‘थ्रीजी’ सेवा ?

काठमाडौं– टेलिकम सेवा प्रदायक कम्पनीहरू नेपाल टेलिकम र एनसेलले ‘थ्रीजी’