सूचनाको हक मन्त्रालयको उच्च प्राथमिकतामा : सञ्चारमन्त्री « Khabarhub

सूचनाको हक मन्त्रालयको उच्च प्राथमिकतामा : सञ्चारमन्त्री


२३ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सूचनाको हक मन्त्रालयको उच्च प्राथमिकतामा रहेको बताएका छन् ।
  
सूचनाको हकका लागि राष्ट्रिय महासङ्घ केन्द्रीय समितिका पदाधिकारी एवं केन्द्रीय सदस्यहरुसँगको आजको भेटमा उनले सूचनाको हक संरक्षण र संवर्द्धनमा मन्त्रालयले काम गरिरहेको जानकारी गराए। 

सूचनाको हकसम्बन्धी ऐन, २०६४, नियमावली २०६५ र यससम्बन्धी अन्य कानुनले व्यवस्था गरेका संयन्त्रलाई चुस्तरुपमा परिचालन गरी यस क्षेत्रमा काम गरिने मन्त्री तिमिल्सिनाको प्रतिबद्धता छ । 
 
सुशासनको मुख्य एजेण्डामा सरकारले काम गरिरहेकाले सूचनाको हकका माध्यमबाट भ्रष्टाचार न्यूनीकरणमा उपयोग गर्ने गरी व्यवस्था गरिने उनले बताए। राष्ट्रिय सूचना आयोगमा पदाधिकारी नियुक्तिको प्रक्रिया सुरु गर्न लागिएको पनि मन्त्री तिमिल्सिनाको भनाइ छ । 

महासङ्घका अध्यक्ष उमीद बागचन्दले साङ्गठनिक रुपमा देशभर भइरहेका गतिविधिका बारेमा जानकारी गराउँदै राष्ट्रिय सूचना आयोग लामो समयदेखि पदाधिकारीविहीन भएकाले छिटो पदाधिकारी नियुक्त गर्न माग गरे । 

महासङ्घको प्रतिनिधिमण्डलमा वरिष्ठ उपाध्यक्ष ताराबहादुर भण्डारी, उपाध्यक्ष दुर्गा तिवारी, महासचिव पूर्णप्रसाद मिश्र, केन्द्रीय सदस्य अभिमन्यु नेपाल, वाग्मती प्रदेश समितिका महासचिव भीम लामा, काठमाडौँ जिल्ला अध्यक्ष विनोद बस्नेतलगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : २३ असार २०८३, मंगलबार  ७ : १७ बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडाैं – रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारमा खटिए गृहमन्त्री, मिनी स्काभेटरसहित सेना र सशस्त्र परिचालन

रसुवा – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–३

माटोमुनिबाट बालिका रोएको आवाज आएपछि उद्धार, अचेत अवस्थामा फेला

रसुवा – रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट १९१ जनाको उद्धार

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको भीषण बाढीका कारण भोटेकोशी र

भोटेकोसीमा फेरि बाढी बढ्यो, मुग्लिनसम्मका तटीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं – रसुवास्थित भोटेकोसी नदीमा पुनः बाढी बढेपछि त्रिशूली नदीको