चिनियाँ विदेश मन्त्रीको व्यस्तता (फोटो फिचर) « Khabarhub

चिनियाँ विदेश मन्त्रीको व्यस्तता (फोटो फिचर)


२३ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालको तीन दिने भ्रमणका क्रममा काठमाडौंमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले सोमबार दिनभर राजनीतिक भेटवार्ता गरे ।

सोमबार दिउँसो परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई भेटेका वाङले अपरान्ह प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेको थिए । सोमबार नै राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गरे । भेटवार्ताका क्रमा नेपाल–चीन सम्बन्धका साथै पारस्परिक हित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र चीनका विदेशमन्त्री वाङ यीको उपस्थितिमा उपस्थितिमा अर्थ सचिव राजन खनाल र चिनियाँ अन्तर्राष्ट्रिय विकास सहायता नियोग (सिआइसिडीए) का उपाध्यक्ष डेङ बोकिङ आपत्कालीन आवास तथा मनाङ अस्पताल पुनःनिर्माण परियोजनासम्बन्धी ‘लेटर अभ एक्सचेञ्ज’मा सोमबार हस्ताक्षर गर्दै ।

नेपाल–चीन परराष्ट्रमन्त्री वैठकका क्रममा ३ वटा सम्झौतामा हस्ताक्षर भएको हो । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीको उपस्थितिमा नेपाल र चीनका अधिकारीहरुले ३ वटा सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

सोमबार राजधानीमा सम्पन्न नेपाल-चीन प्रतिनिधिमण्डलस्तरीय वार्तापछि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र चिनियाँ समकक्षी वाङ यी ।

नेपाल र चीनबीच भएको पहिलो सम्झौताअनुसार चीनले नेपालको मनाङमा अस्पताल बनाउने छ । चीनले करिब ३५ करोड रुपैयाँको लागतमा मनाङमा अस्पताल बनाइदिने भएको हो । यस्तै, अर्को सम्झौता चीनले बाढी प्रभावित नेपालीलाई १ करोड ६० रुपैयाँ सहयोग गर्ने विषयसँग सम्बन्धित छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतलनिवासमा सोमबार शिष्टाचार भेट गर्दै चिनियाँ विदेशमन्त्री वाङ यी ।
राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतल निवासमा सोमबार शिष्टाचार भेट गर्दै चिनियाँ विदेशमन्त्री वाङ यी ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग सोमबार बालुवाटारमा शिष्टाचार भेट गर्दै चिनियाँ विदेशमन्त्री वाङ यी ।
नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी सोमबार चन्द्रागिरि हिल्समा ।

प्रकाशित मिति : २३ भाद्र २०७६, सोमबार  ९ : ४१ बजे

बालिका सम्मेलनः मिथिला विहारी नगरपालिकाद्वारा सात बुँदे घोषणपत्र जारी

धनुषा – मिथिला विहारी नगरपालिकाले ‘बालविवाह बन्द गरौँ’ भन्ने मूल

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि