आशिकाको गुनासो : सोझो रूख पहिले काटिएझैँ बोल्न आउँदैन भनेर उल्लिबिल्ली गर्छन् « Khabarhub

आशिकाको गुनासो : सोझो रूख पहिले काटिएझैँ बोल्न आउँदैन भनेर उल्लिबिल्ली गर्छन्


४ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


327
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- धादिङ क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले ललितपुरमा भएको दुई दिने अभिमुखीकरण कक्षबाट धेरै कुरा सिकेको बताएकी छन् ।

उनले बुधबार ललितपुरको रोयल टुलिप होटलमा पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् ।

‘अभिमुखीकरण क्लास एकदम राम्रो भइरहेको छ। विवाद केही पनि छैन, मेरोबारेमा मिडियाले विवाद बनाइदिएको हो’, उनले भनिन्, ‘सोझो रुखलाई छानीछानी काटिन्छ भनेझैँ आशिका तामाङलाई बोल्न आउँदैन भनेर उल्लिबिल्ली पारिन्छ ।’

सडकमा दह्रो र खरो प्रश्न उठाउने मान्छे अब जनतालाई खुसी पार्ने कोसिसमा लाग्ने बताइन् । ‘दुई दिने कक्षा राम्रो भएको छ। मलाई नयाँ भनेकाले डर थियो’, उनले भनिन्, ‘सांसददेखि प्रधानमन्त्रीसम्म नयाँ हुँदा कसले गाइड गर्देला भन्ने थियो। तर हामीले एकअर्कालाई चिन्ने अवसर पनि पायौँ ।’

प्रकाशित मिति : ४ चैत्र २०८२, बुधबार  ३ : ५४ बजे

बासनाको टिप्पणी : बाढीको दुई हप्ता बित्दा पनि उद्धारकार्यले गति लिएन, सरकार गम्भीर बनोस्

काठमाडौं– नेपाली कांग्रेसले खोज तथा उद्धारलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण

पाठ्यक्रम परिमार्जनका लागि सुझाव संकलन

काठमाडौं- सरकारले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि देशभरबाट सुझाव तथा पृष्ठपोषण

विपद्मा पर्छ गम्भीर मानसिक असर ?, चिकित्सक भन्छन्- पीडित र उद्धारमा खटिने दुवैको समस्या बराबर हुन्छ

काठमाडौं–  गत भदौ १० गते भोटेकोसीमा आएको बाढीबाट प्रभावितको उद्धार तथा

अनुगमनको जिम्मेवारी लिएकी मन्त्री नै भन्छिन् : बजारमा चिनीको भाउ १५० रुपैयाँ केजी पुगिसकेछ

काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले पछिल्लो समय

उद्योगीलाई दोष थोपर्दै मन्त्री भन्छिन् : हामी निरीह छौँ, पैसा तिरेर पनि ग्यास नपाउँदा लाज लागेको छ

काठमाडौं- एक महिनादेखि देशभर खाना पकाउने ग्यासको हाहाकार भइरहँदा उद्योग,