नेपालको प्राविधिक शिक्षामा जमर्नी संस्थाहरुको चासो « Khabarhub

नेपालको प्राविधिक शिक्षामा जमर्नी संस्थाहरुको चासो


२३ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जर्मन–नेपालमा प्राविधिक शिक्षामा सहयोग गर्न जमर्नीमा भएका गैरसरकारी संस्थाहरुले चासो दिएका छन् ।

जर्मनीको कोलनमा आयोजित २१औँ गैरसरकारी संस्थाको सम्मेलनले नेपालको आर्थिक समृद्धिका लागि प्राविधिक तथा व्यावसायिक शिक्षाको प्रवर्द्धन आवश्यक भएकाले यसमा सहयोग गर्न जर्मनीस्थित विभिन्न गैरसरकारी संस्थाहरुले चासो देखाएका हुन् ।

जर्मनी नेपाल मैत्री सङ्घको आयोजनामा भएको सम्मेलनमा नेपालको समृद्धिका लागि प्राविधिक तथा व्यावसायिक शिक्षाको प्रवर्द्धन गर्नु आवश्यक भएको भन्दै यसका लागि बाह्य लगानी, प्रविधि र ज्ञान भित्रर्याउन सकिने सम्भावनाका बारेमा छलफल भएको छ ।

कार्यक्रममा नेपालका लागि जर्मनीका राजदूत रोनाल्ड सेफरले जर्मनीले प्राविधिक तथा व्यावसायिक शिक्षाको माध्यमबाटै आर्थिक विकास गर्न सकेको बताए । उनले नेपालमा पनि यसलाई प्रवर्द्धन गर्न सकिने भन्दै जर्मनी सरकार तथा सङ्घसंस्थाहरु सहयोग गर्न तत्पर रहेको सेफरको भनाइ छ ।

नेपाल आर्थिक समृद्धिको बाटोमा अगाडि लम्किरहेकाले यसलाई अझ अगाडि बढाउन पर्यटन, कृषि र रोजगारीमूलक क्षेत्रमा आवश्यक दक्ष जनशक्ति तयार गर्नका लागि प्राविधिक तथा व्यावसायिक शिक्षाको खाँचोको आवश्यकता रहेको बताए ।

कार्यक्रममा नेपालका लागि जर्मनीका महावाणिज्यदूतसमेत रहेका जर्मनी नेपाल मैत्रीसङ्घका अध्यक्ष रामप्रताप थापाले नेपालको प्राविधिक शिक्षाका क्षेत्रमा काम गर्न जर्मनीमा रहेका विभिन्न सङ्घसंस्थाहरु इच्छुक रहेकाले उनीहरुलाई यसबारे जानकारी गराउन र आगामी दिनमा सहयोग अभिवृद्धि गराउन सम्मेलनको आयोजना गरिएको बताए ।

कार्यक्रममा गेपर्ट हाइड्रोपावरका डाइरेक्टर पवन ढकालले नेपालमा प्राविधिक शिक्षा विना विकाष संभव नभएको भन्दै आफुले शेषकान्त फाउण्डेसन मार्फत प्राविधिक शिक्षालयको सुरुवात गर्न लागेको बताए ।

प्रकाशित मिति : २३ भाद्र २०७६, सोमबार  ५ : २१ बजे

चीन-म्यान्मा सम्बन्धमा नयाँ कूटनीतिक पहल

एजेन्सी– व्यापार तथा रणनीतिक सम्बन्धलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित म्यान्माका राष्ट्रपति

कार्यदलको सुझावअनुसार पार्टी पुनर्गठन हुन्छ : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले पार्टी

रास्वपा महाधिवेशन : सात हजार बढी कुर्सी अट्ने बाँसको ‘डोम’ बनाइँदै

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन तयारीका

अल्पकालीन लोकप्रियताभन्दा दीर्घकालीन आर्थिक सुधारमा केन्द्रित छ बजेट : अर्थमन्त्री

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट अल्पकालीन

एमसिए नेपालद्वारा ४५० हेक्टरमा वृक्षारोपण गर्न सम्झौता

काठमाडौं– मिलेनियम च्यालेञ्ज एकाउण्ट (एमसिए) नेपालले विद्युत् प्रसारण आयोजनाबाट प्रभावित हुने