नेपालको प्राविधिक शिक्षामा जमर्नी संस्थाहरुको चासो | Khabarhub Khabarhub

नेपालको प्राविधिक शिक्षामा जमर्नी संस्थाहरुको चासो


२३ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जर्मन–नेपालमा प्राविधिक शिक्षामा सहयोग गर्न जमर्नीमा भएका गैरसरकारी संस्थाहरुले चासो दिएका छन् ।

जर्मनीको कोलनमा आयोजित २१औँ गैरसरकारी संस्थाको सम्मेलनले नेपालको आर्थिक समृद्धिका लागि प्राविधिक तथा व्यावसायिक शिक्षाको प्रवर्द्धन आवश्यक भएकाले यसमा सहयोग गर्न जर्मनीस्थित विभिन्न गैरसरकारी संस्थाहरुले चासो देखाएका हुन् ।

जर्मनी नेपाल मैत्री सङ्घको आयोजनामा भएको सम्मेलनमा नेपालको समृद्धिका लागि प्राविधिक तथा व्यावसायिक शिक्षाको प्रवर्द्धन गर्नु आवश्यक भएको भन्दै यसका लागि बाह्य लगानी, प्रविधि र ज्ञान भित्रर्याउन सकिने सम्भावनाका बारेमा छलफल भएको छ ।

कार्यक्रममा नेपालका लागि जर्मनीका राजदूत रोनाल्ड सेफरले जर्मनीले प्राविधिक तथा व्यावसायिक शिक्षाको माध्यमबाटै आर्थिक विकास गर्न सकेको बताए । उनले नेपालमा पनि यसलाई प्रवर्द्धन गर्न सकिने भन्दै जर्मनी सरकार तथा सङ्घसंस्थाहरु सहयोग गर्न तत्पर रहेको सेफरको भनाइ छ ।

नेपाल आर्थिक समृद्धिको बाटोमा अगाडि लम्किरहेकाले यसलाई अझ अगाडि बढाउन पर्यटन, कृषि र रोजगारीमूलक क्षेत्रमा आवश्यक दक्ष जनशक्ति तयार गर्नका लागि प्राविधिक तथा व्यावसायिक शिक्षाको खाँचोको आवश्यकता रहेको बताए ।

कार्यक्रममा नेपालका लागि जर्मनीका महावाणिज्यदूतसमेत रहेका जर्मनी नेपाल मैत्रीसङ्घका अध्यक्ष रामप्रताप थापाले नेपालको प्राविधिक शिक्षाका क्षेत्रमा काम गर्न जर्मनीमा रहेका विभिन्न सङ्घसंस्थाहरु इच्छुक रहेकाले उनीहरुलाई यसबारे जानकारी गराउन र आगामी दिनमा सहयोग अभिवृद्धि गराउन सम्मेलनको आयोजना गरिएको बताए ।

कार्यक्रममा गेपर्ट हाइड्रोपावरका डाइरेक्टर पवन ढकालले नेपालमा प्राविधिक शिक्षा विना विकाष संभव नभएको भन्दै आफुले शेषकान्त फाउण्डेसन मार्फत प्राविधिक शिक्षालयको सुरुवात गर्न लागेको बताए ।

प्रकाशित मिति : २३ भाद्र २०७६, सोमबार  ५ : २१ बजे

किरात धर्मगुरुको वडामा मुढालाई एकलौटी मत

इलाम- इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत अहिले माङ्सेबुङ गाउँपालिकाको

बाजुरामा रेबिजविरुद्धको खोप अभाव

बाजुरा– बाजुरामा सरकारले निःशुल्करुपमा उपलब्ध गराउँदै आएको रेबिजविरुद्धको खोप अभाव

बझाङ अपडेट : एमाले–९८८९, कांग्रेस– ९८८०, अन्तर– ९

काठमाडौं– बझाङ प्रदेशसभा १ मा भएको उपनिर्वाचनको मतगणना जारी छ

चुलाचुलीमा भत्कियो कांग्रेसको गढ

इलाम- उपनिर्वाचन अन्तर्गत चुलाचुली गाउँपालिकाको मतगणना आइतबार राति नै सकिएको

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल