बस दुर्घटना हुँदा ३८ जना घाइते « Khabarhub

बस दुर्घटना हुँदा ३८ जना घाइते


२२ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- चितवनमा बस दुर्घटना हुँदा ३८ जना घाइते भएका छन् ।

काठमाडौँबाट सर्लाहीको मलङ्गावातर्फ जाँदै गरेको ना ५ ख ५३४४ नम्बरको रात्रिबस भरतपुर महानगरपालिका–१२ आस्था चोकमा गए राति १२ः३० बजे दुर्घटना हुँदा ३८ जना घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको छ । बस अनियन्त्रित भई सडक छेउको पीपलको रुखमा ठक्कर खाएर दुर्घटना भएको हो । घाइतेको पुरानो मेडिकल कलेज र भरतपुरको नयाँ मेडिकल कलेजमा उपचार भइरहेको छ ।

घाइतेमध्ये २७ को अवस्था मध्यम रहेको छ । यस्तै १० जना सामान्य रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा चालक पनि सामान्य घाइते भएका छन् । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २२ आश्विन २०७६, बुधबार  ९ : ३५ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना