राष्ट्रपति सीको भ्रमणबाट नेपाल–चीन सम्बन्धमा नयाँ आयाम थपिने विश्वास « Khabarhub

राष्ट्रपति सीको भ्रमणबाट नेपाल–चीन सम्बन्धमा नयाँ आयाम थपिने विश्वास


२२ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वकै दोस्रो ठूलो आर्थिक शक्तिराष्ट्रको परिचय बनाएको छिमेकी देश चीनका राष्ट्रपतिबाट यही असोज २५ र २६ गते हुन लागेको नेपालको राजकीय भ्रमणले नेपाल–चीन सम्बन्धमा नयाँ आयाम थपिने विश्वास नेपाली जनताले गरेका छन् ।

राष्ट्रपति सी चिनफिङको द्विदिवसीय भ्रमणले शान्तिप्रेमी, स्वाभिमानी, स्वाधीन र पूर्ण सार्वभौम राष्ट्रका रुपमा विश्वसामु परिचित निकटको छिमेकी नेपालसँगको सम्बन्धलाई चीनले उच्च महत्व दिएको पुष्टि मात्र गरेको छैन, चीनको विदेश नीतिमा नेपाल प्राथमिकतामा रहेको तथ्यलाई उजागर गरेको छ ।

२३ वर्षपछि उत्तरी छिमेकी मुलुकका राष्ट्रप्रमुखको आसन्न भ्रमणलाई नेपाल–चीन आर्थिक साझेदारीका खातिर भरपुर उपयोग हुने ठानिएको छ भने विकासका संरचनाले जेलिएको नेपाललाई केरुङ–काठमाडौँ रेल/प्रसारण मार्ग निर्माणमा चिनियाँ सहयोगको घोषणाको अपेक्षा गरिएको छ ।

यो मार्ग निर्माणको ठोस सम्भाव्यता अध्ययन र विस्तृत परियोजना प्रतिवेदन (डिपीआर)का साथै त्यसमा लगानी पनि चिनियाँ पक्षबाटै होस् भन्ने आशय सरकारले व्यक्त गरेको छ । यद्यपि त्यो अहिलेसम्म सार्वजनिक भएको छैन र डिपीआरको लगानी ढाँचा टुङ्ग्याउन पनि बाँकी नै छ ।

व्यापारका पर्याप्त पूर्वाधार नहुँदा ओझेलमा परेको नेपालको व्यापार विविधीकरणको प्रयासले सार्थकता पाउन नसकेको वर्तमान परिप्रेक्ष्यमा कोरलानाकामा सुक्खा बन्दरगाह बनाउने लक्ष्य पूरा गर्न तथा पोखरा–कोरला दुईतर्फी सडक निर्माणका विषयले राष्ट्रपतिको भ्रमणका क्रममा निष्कर्षमा टुङ्गिने विश्वास गरिएको छ ।

चीनको बढ्दो विश्वव्यापी व्यापार र बाह्य लगानी नेपाल भित्र्याउन थप प्रयत्न गर्ने सुक्खा बन्दरगाह निर्माणमा अनुदान सहयोग जुटाउने, नेपाल–चीन ऊर्जा सहकार्यसम्बन्धी समझदारी कार्यान्वयन गर्ने कार्य सञ्चालन प्रारुपमा सहमति हुने अपेक्षा गरिएको छ ।

नेपाल–चीन ऊर्जा संयन्त्रको सुदृढीकरण, ऊर्जा सचिव र प्राविधिक स्तरमा बनेका द्विपक्षीय संयन्त्रको प्रभावकारिताको समीक्षा भ्रमणकै क्रममा हुनेछ । नुवाकोट–रातमाटे–केरुङ विद्युत् प्रसारण लाइन निर्माण, जलविद्युत् उत्पादनमा चिनियाँ लगानी सुनिश्चित गर्ने विषयमा पनि समझदारी हुने बताइएको छ ।

आफ्ना नागरिकलाई नेपाल भ्रमणका निम्ति अभिप्रेरित गर्दै आएको चीन सरकारले लुम्बिनीको प्रचारप्रसार अभिवृद्धिका साथै बुद्ध धर्मप्रति आस्थावान् उनीहरुलाई नेपालको पर्यटन प्रवद्र्धनमा टेवा पुर्‍याउन प्रेरित गर्नेछ ।

आगामी तीन वर्षभित्र अल्पविकसित राष्ट्रको सूचीबाट नेपाललाई विकासशील देशमा रुपान्तरण गर्ने वर्तमान सरकारको लक्ष्य पूरा गर्न विशाल वैदेशिक लगानी र स्वदेशी पूँजी अपरिहार्य भएकाले चिनियाँ लगानीकर्तालाई नेपालका उत्पादनशील क्षेत्रमा प्रोत्साहन गर्न अनुरोध गरिनेछ ।

भौतिक पूर्वाधार, कलकारखाना निर्माण, अवसरहरुको सिर्जना, उत्पादकत्व वृद्धि, सीप विकास, प्राविधिक शिक्षाको चौतर्फी उपयोग र सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा चीनले हासिल गरेको विकास नेपालीमाझ साटासाट गर्ने (प्रविधि हस्तान्तरण) जस्ता विषयमा पनि चिनियाँ सहायता यो भ्रमणकै क्रममा जुट्ने विश्वास गरिएको छ ।

चीनजस्तो विशाल राष्ट्रसँग छिमेकीको निकट सम्बन्ध मात्र होइन ऐतिहासिक, धार्मिक, सांस्कृतिक र आर्थिक सम्बन्ध पनि उत्तिकै पुरानो र प्रगतिशील छ । हिमालझै अटल द्विपक्षीय सम्बन्धलाई पारस्परिक लाभका खातिर अझ उन्नत तुल्याउने उद्देश्यका साथ राष्ट्राध्यक्षका तहबाट हुन लागेको यो भ्रमणलाई नेपालीले मात्र होइन अन्तर्राष्ट्रिय समुदायले समेत चासोका साथ हेरिरहेको छ ।

प्रकाशित मिति : २२ आश्विन २०७६, बुधबार  २ : ३२ बजे

यातायात कानुनलाई लगानीकर्ता र यात्रुमैत्री बनाइनेछ : मुख्यमन्त्री बानियाँ

मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सडक यातायात क्षेत्रका समस्या

प्रतिनिधिसभामा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले समसामयिक विषयमा सदन र सरकारको

मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि पहल थालेका छौँ : वनमन्त्री चौधरी

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मानव-वन्यजन्तु द्वन्द्वबाट प्रभावित

संवैधानिक निकायका प्रतिवेदन कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ : मन्त्री गौतम

काठमाडौं– कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले संवैधानिक निकाय

ठगीमा परेका ८३६ नेपालीको उद्धार गरेका छौँ : परराष्ट्र

काठमाडौं– दक्षिण पूर्वी एसियाका विभिन्न मुलुकमा सञ्चालित अनलाइन स्क्यामिङ सेन्टरमा