नेपाल आयरल्याण्डसँग १३ रनले पराजित « Khabarhub

नेपाल आयरल्याण्डसँग १३ रनले पराजित


२२ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाँच देशीय टी–ट्वान्टी सिरिजमा नेपाल आयरल्याण्डसँग १३ रनले पराजित भएको छ । बुधबार भएको सिरिजको आफ्नो तेस्रो खेलमा नेपाल आयरल्याण्डसँग १३ रनले पराजित भएको हो ।

नेपालका मध्यक्रमका ब्याट्सम्यान सम्हालिन नसक्दा नेपालले लक्ष्य पुरा गर्न सकेन । सुरुवाती ब्याट्सम्यानले सन्तुलिन ब्याटिङ प्रर्दशन गर्दै नेपाललाई राम्रो सुरुवात दिलाएका थिए ।

आरिफ शेखले २६ रन बनाएको ईनिङ्समा ओपनरद्वय पारस खड्काले २५ र ईशान पाण्डेले २२ रन बनाएका थिए । दिपेन्द्र सिंह ऐरीले १९ रन बनाए ।

तर मध्य र तल्लो क्रमका ब्याट्सम्यानले दोहोरो अंकको स्कोर समेत छुन नसकेपछि नेपाल पुन आयरल्याण्डसंग हार्न पुगेको हो ।

आयरल्याण्डका जर्ज डोकरेलले सर्वाधिक ३ विकेट लिए । यसअघि, टस जितेर पहिलो ब्याटिङ गरेको आयरल्याण्डले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय ४५ रन बनाएको थियो ।

आयरल्याण्डका लागि ओपनर पाउल स्टर्लिङले सर्वाधिक ५९ रन बनाएका थिए । एन्ड्री बलबीनीले ३८ रन बनाएर आउट भएका थिए । तर अन्य ब्याट्सम्यानको प्रर्दशन उल्लेख्य रहन सकेन ।

सन्दीप लामिछानेले आयरल्याण्डका आक्रमक ब्याट्सम्यान केभिन ओ ब्रोएनलाई ५ रनमा पोविलियनको बाटो देखाउँदै नेपाललाई सहज सुरुवात दिलाएका थिए ।

नेपालका अविनाश बोहरा र सन्दीप लामिछानेले समान २ तथा ललित राजवंशी र करण केसीले समान एक विकेट लिएका थिए ।

नेपाललाई हराउँदै आयरल्याण्ड तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । उसले चार खेलबाट ६ अंक जोडेको छ ।

नेपाल २ खेलबाट ४ अंक सहित तालिकाको तेस्रो स्थानमा यथावत छ ।

प्रकाशित मिति : २२ आश्विन २०७६, बुधबार  २ : ३९ बजे

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमर रहनेछन् प्रशान्त

काठमाडौं – ४३ वर्षको उमेर गायक प्रशान्तले केही दिनअघि धर्तीबाट

दुईवटा फर्म विभागको कारबाहीमा

काठमाडौं– नियमित रूपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

काठमाडौंका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती

निर्वाचनबाट नयाँ नेतृत्व छान्दै कांग्रेस विशेष महाधिवेशन : संस्थापनसँग वार्ताको ढोका खुलै

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचनमै मोडिएको छ। रातभरका