पूजा गर्ने समयको विषयलाई लिएर झडप, १२ घाइते « Khabarhub

पूजा गर्ने समयको विषयलाई लिएर झडप, १२ घाइते


२२ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी– सप्तरीको शम्भुनाथमा दशैंको अवसरमा आयोजित रामलिलाको समय विषयलाई लिएर उत्पन्न विवादपछि भएको कुटपिटमा १२ जना घाइते भएका छन् । घाइते मध्ये चारको अवस्था गम्भिर छ ।

शम्भुनाथ १ खोक्सरस्थित दुर्गा मन्दिर प्राङ्गणमा दशैंको अवसरमा आयोजना गरिएको रामलिला कार्यक्रमको समय विषयलाई लिएर उत्पन्न विवादले उग्र रुप लिएपछि पूजा समिति पक्षधरको कुटाईबाट १२ जना घाइते भएका हुन् ।

गम्भिर घाइते हुनेहरुमा शम्भुनाथ नगरपालिका १ बस्ने खेम बहादुर कार्की, कौशलकुमार यादव, प्रमोद कोइराला तथा रुपनी गाउँपालिका १ का रामबाबु यादव छन् ।

स्थानीय युनिक अस्पतालमा भर्ना भएका चारै जनाको अवस्था नाजुक बन्दै गएपछि बुधबार बिराटनगरस्थित न्यूरो अस्पताल रेफर गरिएको डा. प्रमोद साहले जानकारी दिए ।

यस्तै कुटपिटबाट धिरेन्द्र चौधरी, मो. समिम, रमेश कुमार यादव, अशोक यादव, सरोज कार्की, देवसुन्दर यादव, सन्तोष साह र ओमकान्त साह पनि घाइते भएका छन् । उनीहरुको युनिक अस्पतालमै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रहरीले घटना अनुसन्धानको क्रममा पूजा समितिका अध्यक्ष इनरदेव साह, कोषाध्यक्ष दिलिप चौधरी, सदस्य हिरु चौधरी, पुन्ति यादव र रामचन्द्र साह लगायत पाँचजनालाई पक्राउ गरेको छ । घटनामा संलग्न अन्य केही फरार रहेको र खोजी कार्य भइरहेको प्रहरीको भनाई छ ।

मंगलबार राति ८ बजेतिर रामलिला कार्यक्रम चलिरहेको बेला दुई पक्षबीच झडप शुरु भएको थियो । स्थानीयका अनुसार पूजा समितिले रामलिला कार्यक्रम राति १ बजेसम्म चलाउने तथा अर्को पक्षले राति १२ बजेसम्म मात्र चल्न दिने अडान राखेपछि झडप शुरु भएको थियो ।

सोही क्रममा वडा अध्यक्ष समेत रहेका पूजा समितिका अध्यक्ष इनरदेव साहको नेतृत्वमा एक समूहले लाठी, फठ र फलामे रडबाट अन्धाधुन्द आक्रमण गरेको घाइतेहरुले बताए छन् ।

पूजा समिति नेकपा तथा घाइते पक्ष काँग्रेस र राजपा पक्षधर हुन् । यसैबीच राजपाका केन्द्रीय सदस्य दिनेश यादव तथा नेपाली काँग्रेस सप्तरीका अध्यक्ष दिनेश कुमार यादवको नेतृत्वमा बुधबार एक टोलीले जिल्ला प्रहरी कार्यालयमा पुगि घटनाको सत्यतथ्य छानबिन गरि दोषिमाथी कडा कारवाहीको माग गरेका छन् ।

यता रातिदेखि नै गाउँ तनावग्रस्त बनेपछि थप अप्रिय घटना हुन नदिन अहिले त्यस क्षेत्रमा ब्यापक प्रहरी परिचालन गरिएको छ ।

प्रकाशित मिति : २२ आश्विन २०७६, बुधबार  ५ : ४५ बजे

वर्षायामसँगै अन्नपूर्ण पदमार्गमा पर्यटक घटे

लमजुङ– वर्षायाम सुरु भएसँगै विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटकको आगमन घटेको

भीडलाई गणेशका दाइको प्रश्न- ‘हिजो मेरो भाइ जल्दा कहाँ जानुभएको थियो ? किन बचाउनुभएन ?’

काठमाडौं- त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाई आत्मदाहको

महिलालाई आत्मनिर्भर बनाउन ८५ बाख्रा उपहार

गलकोट– बागलुङ नगरपालिका-१३ ढाडा स्वावलम्बी महिला समूहमा आबद्ध गीता परियारले

राष्ट्रपतिसँग युएईका वैदेशिक व्यापारमन्त्रीको भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त अरब इमिरेट्सका वैदेशिक व्यापारमन्त्री थानी

गणेश आत्मदाह प्रकरणको छानबिन गर्न समिति गठन, सोधपुछका लागि तीनजना नगर प्रहरी नियन्त्रणमा

काठमाडौं– सरकारले गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न छानबिन समिति