भीमार्जुनले सोधे-धनी राष्ट्रको पाहुना आउँदा रातारात हुँने काम अरु समयमा किन हुँदैन ? « Khabarhub

भीमार्जुनले सोधे-धनी राष्ट्रको पाहुना आउँदा रातारात हुँने काम अरु समयमा किन हुँदैन ?


२२ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संविधानविद डा.भीमार्जुन आचार्यले चिनियाँ राष्ट्रपति सी चिनफिङको स्वागतका लागि निर्माण गरिएको संरचनाबारे चासो राखेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा धनी राष्ट्रको पाहुना आउँदा रातारात हुन सक्ने काम अरू समयमा किन हुन सक्दैन् भनेर प्रश्न गरेका छन् ।

सरकारले धनी विदेशीका अगाडि हातखुट्टा नै पसार्ने शासक किन जनताका काम गर्न सक्दैनन् भनेर सोधेका छन् । उनले पाहुनाको स्वागत गर्नुपर्ने भन्दै सरकारले देखाएको प्रवृत्ति भने गलत भएको बताएका छन् ।

उनले फेसबुकमा लेखेका छन् : ‘धनी राष्ट्रको पाहुना आउँदा रातारात हुन सक्ने काम अरू समयमा किन हुन सक्दैन? चाबहिल जोरपाटी सडक कै अवस्थालाई लिऊँ । कुन हालतमा त्यो सडक छ आज ? यो त सरासर जनतालाई नटेरेको कुरा हो। जनताप्रति कुनै जवाफदेहिता नरहने, जनतालाई टेर्नु पनि नपर्ने, जनतालाई आफ्ना कार्यकर्ता भन्दा फरक नदेख्ने तर विदेशी नामको जेसुकै चीज भएपनि उसका अगाडि हातखुट्टा नै पसार्ने शासक कसरी जनताका हुन सक्छन्? पाहुनाको सत्कारको प्रश्न होइन, त्यो गरौ। प्रश्न प्रवृत्तिको, आखिर कहिले सम्म यस्तो?’

प्रकाशित मिति : २२ आश्विन २०७६, बुधबार  ८ : ५६ बजे

प्रतिनिधिसभामा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले समसामयिक विषयमा सदन र सरकारको

मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि पहल थालेका छौँ : वनमन्त्री चौधरी

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मानव-वन्यजन्तु द्वन्द्वबाट प्रभावित

संवैधानिक निकायका प्रतिवेदन कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ : मन्त्री गौतम

काठमाडौं– कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले संवैधानिक निकाय

ठगीमा परेका ८३६ नेपालीको उद्धार गरेका छौँ : परराष्ट्र

काठमाडौं– दक्षिण पूर्वी एसियाका विभिन्न मुलुकमा सञ्चालित अनलाइन स्क्यामिङ सेन्टरमा

गणेश नेपालीको मृत्युको जिम्मेवार ‘बालेन सरकार’ भन्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीलाई न्याय