जीपको ठक्करबाट पैदलयात्रीको मृत्यु « Khabarhub

जीपको ठक्करबाट पैदलयात्रीको मृत्यु


२२ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ- पृथ्वीराजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–४ खैरेनीटारमा जीपको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कालिकोट पञ्चाल झरना गाउँपालिका–५ निवासी २२ वर्षीय कृष्णप्रसाद आचार्य रहेका छन् ।

पोखराबाट दमौलीतर्फ आउँदै गरेको बा१२च १८१२ नं को जीपले ठक्कर दिँदा घाइते भएका आचार्यको उपचारका क्रममा पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा आज (बुधबार) मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए । पैदलयात्रीलाई ठक्कर दिने जीप र चालक प्रहरी नियन्त्रणमा छन् ।

यसैगरी पृथ्वीराजमार्गअन्तर्गत बन्दीपुर गाउँपालिका–५ याम्पामा बोलेरोको ठक्करबाट आज स्कुटरमा सवार तीन जना घाइते भएका छन् ।

मुग्लिङबाट डुम्रेतर्फ आउँदै गरेको बा१८च ५३१६ नं को बोलेरोले विपरीत दिशातर्फ जाँदै गरेको प्रदेश नं ३–००–०१प ८३ नं को स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार तीन जना घाइते भएका हुन् ।

प्रहरीका अनुसार घाइते हुनेमा स्कुटर चालक भरतपुर महानगरपालिका–११ बस्ने ३६ वर्षीय सुरज धिताल, निजकी श्रीमती ३० वर्षीया शोभा धिताल र उनीहरुका छोरा नौ वर्षीय अर्पण धिताल रहेका छन् ।

घाइतेमध्ये सुरजको हातमा सामान्य चोट लागेको छ भने शोभा र अर्पणको टाउको र बायाँ खुट्टामा चोट लागेको र उनीहरुको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइते दुई जनालाई नयाँ मेडिकल कलेज भरतपुर पठाइएको छ ।

प्रकाशित मिति : २२ आश्विन २०७६, बुधबार  ९ : ४० बजे

कांग्रेसको समीक्षा : एमालेसँगको गठबन्धनसहित यी कारणले भयो चुनावमा हार

काठमाडौं- नेपाली कांग्रेसले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा व्यहोरेको

ट्रान्जिटमा परेका सबै नेपालीहरूलाई गन्तव्यतर्फ पठाइसकेका छौँ : परराष्ट्र मन्त्रालय

काठमाडौं– परराष्ट्र मन्त्रालयले पश्चिम एसियाको द्वन्द्वका कारण ट्रान्जिटमा परेका सबै

२० लाख हुण्डी रकमसहित एकजना पक्राउ

वीरगञ्ज– सशस्त्र प्रहरी बल नेपाल पर्साले २० लाख हुण्डी रकमसहित एक

पश्चिम एसिया युद्धको त्रासबीच ३ लाख भारतीय स्वदेश फर्किए, ६ जनाको मृत्यु

काठमाडौँ- मध्यपूर्व (पश्चिम एसिया) मा जारी युद्धका बीच गत फेब्रुअरी

कांग्रेस बैठकबाट सभापति थापाको राजीनामा अस्वीकृत

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाको राजीनामा