नेपाल भारतसँग ४-१ले पराजित « Khabarhub

नेपाल भारतसँग ४-१ले पराजित


२२ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भुटानमा शुरु भएको महिला साफ यू १५ च्याम्पिनसिपमा नेपाली टोली भारतसँग पराजित भएको छ ।

नेपाली टोलीले आफ्नो पहिलो खेलमा आज भारतसँग ४–१ ले पराजित भएको छ ।

एक पक्षिय खेलको पहिलो हाफमै नेपाल २–० ले पछाडि परेको थियो । भारतका लागि सुमिता कुरमाले सात मिनेटमा पहिलो गोल गरिन् ।

अर्को गोल ३८ औं मिनेटमा लेन्डा कोम सेर्तोले गोल थपिन् । दोस्रो हाफमा पनि नेपाली टोलीमाथि भारतले दबाब बनाइ राख्यो ।

प्रियंका सुजेश पोटेकाले ५५ औं मिनेटमा भारतका लागि तेस्रो गोल गरिन् । नेपालका लागि मनमाया धामीले ६२ औं मिनेटमा गोल फर्काएकी थिइन् । तर, लेन्डा कोम सेर्तोले ६६ औं मिनेटमा अर्को गोल गर्दै भारतको गोलअन्तरलाई पुनः बढाइन् ।

एक साता चल्ने च्याम्पियनसिपमा नेपालले शुक्रबार बंगलादेशको सामना गर्नेछ । अर्को खेल आयोजक भुटानसँग आसोज २६ गते खेल्नेछ ।

राउन्ड रोविन लिग पछि शीर्ष दुई स्थानमा रहने टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । फाइनल असोज २८ गते हुनेछ ।

प्रकाशित मिति : २२ आश्विन २०७६, बुधबार  ९ : ५१ बजे

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

पर्वत– पर्वतमा बाढीपहिरोबाट तीनसय परिवार विस्थापित भएका छन् । जिल्लाभर

देउवाबाट गगनको निम्तो अस्वीकार, महाधिवेशनमा नजाने

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा संस्थापन पक्षको आजबाट सुरु

कांग्रेसको महाधिवेशनस्थल खुलामञ्च (तस्बिर)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु

यूईएफए नेसन्स लिग : चेकियामाथि स्पेनको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा स्पेनले चेकियालाई हराएको छ । गएराति

बागलुङको गलकोटमा प्राकृतिक विपत्ति, ६३ घरमा क्षति

बागलुङ– गलकोट नगरपालिका क्षेत्रमा असोज ९, १० र ११ गतेको