चोटका कारण मैदान बाहिर रहेका नेयमार रियलविरुद्व उत्रने « Khabarhub

चोटका कारण मैदान बाहिर रहेका नेयमार रियलविरुद्व उत्रने


२३ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चोटका कारण मैदान बाहिर रहेका फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) स्टार नेमयार मैदान फर्कने तयारी गरेका छन् ।

उनी च्याम्पियन्स लिगको खेलमार्फत मैदान फर्कने तयारी गरेका हुन् । अघिल्लो महिना ब्राजिलले नाईजेरियाविरुद्व खेलेको मैत्रीपूर्ण फुटबलमा उनले चोट बोेकेका थिए । त्यसपछि नेयमार मैदान बाहिर रहदै आएका छन् ।

नेयमार च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिडको भ्रमण गर्ने समय मैदान फर्कने तयारी गरेका हुन् । पीएसजीले नोभेम्बर २६ मा अवे खेल अन्तर्गत रियल मड्रिडविरुद्व खेल्दैछ ।

चोट बोक्नु अघि नेयमारले पाँच क्लब खेलमा चार गोल गरेका थिए । २७ बर्षका ब्राजिली फरवार्ड नेयमार विश्व कीर्तिमानी मुल्यमा पीएसजी गएका थिए । उनको करियर भने चोटले बिथोलिएको छ ।

गत समर ट्रान्सफरमा नेयमार रियल मड्रिडसंग जोडिएका थिए । तर अन्तिममा उनी फ्रान्समै रहने निश्चित भएको थियो ।

प्रकाशित मिति : २३ कार्तिक २०७६, शनिबार  ६ : ४९ बजे

बार्सिलोनाको जितमा काउन्डेको दुई गोल

काठमाडौं – च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा बार्सिलोना विजयी

नयाँ पुस्ताको माग पूरा गर्न जरुरी : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले गत भदौ २३ र २४ गते

काठमाडौं विश्वविद्यालयको दीक्षान्त समारोह आज

काभ्रे– काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय (केयु)को ३१औँ दीक्षान्त समारोह आज

 निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन सबैको सहयोग आवश्यक : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

एनपीएल इलिमिनेटरमा लुम्बिनी र काठमाण्डु भिड्दै

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)को इलिमिनेटरमा आज काठमाण्डु र लुम्बिनी