शुरुभयो ‘अकुपाई टुँडिखेल’ अभियान, बनाइयो मानव साङ्लो (फोटोफिचर) « Khabarhub

शुरुभयो ‘अकुपाई टुँडिखेल’ अभियान, बनाइयो मानव साङ्लो (फोटोफिचर)


२३ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अतिक्रमित टुँडिखेल जोगाउन आजबाट ‘अकुपाई टुँडिखेल’ अभियान शुरु भएको छ । अभियानमा सहभागीले रत्नपार्कदेखि सैनिकमञ्चसम्म मानव सांग्लो बनाएका छन् ।

देश परिवर्तनका लागि हुने विभिन्न आन्दोलन गर्ने यो सार्वजनिक भूमी अहिले अतिक्रमणमा परेको भन्दै अतिक्रमणबाट मुक्त गराउन अकुपाई टुँडिखेल अभियान चलाइएको अभियन्ता आलोकसिद्धि तुलाधरले बताए ।

खुलामञ्च नागरिकले आफ्नो अधिकारको लागि बोल्ने र आफ्नो आवाज सरकारसम्म पुर्‍याउने ठाउँ भएको भन्दै अर्का अभियन्ता अभियन्ता गणपतिलाल श्रेष्ठले खुलामञ्‍च, टुँडिखेल मासेर नागरिकलाई आफ्ना आवाज व्यक्त गर्न वञ्चित गरिएको आरोप लगाउँदै त्यसकै खबरदारीका लागि यो अभियान चलाइएको बताए ।

यो अभियान अन्तर्गत ‘अकुपाई टुँडिखेल’ आजदेखि तीन महिना हरेक शनिबार आयोजना हुने अभियानका संयोजक विजय श्रेष्ठले जानकारी दिए ।

आज मानव साङ्लोले टुँडिखेल घेर्ने टुँडिखेल अतिक्रमणको चपेटामा परेपछि खुला राख्न दबाब दिन अभियानले आज मानव साङ्लोले टुँडिखेल घेर्दै कार्यक्रम तय गरेको हो।

खुलामञ्चमा अस्थायी बसपार्क छ भने अनधिकृत पसलहरू सञ्चालनमा छन्। यहीँ निर्माण सामग्री राखिएको छ, कामदारको अस्थायी बसोबास छ। सेनाले विभिन्न भौतिक संरचना पनि टुँडिखेल क्षेत्रभित्रै विस्तार गरिरहेको छ।

प्रकाशित मिति : २३ कार्तिक २०७६, शनिबार  ९ : १८ बजे

सल्लाहकारको पछि लाग्दा देउवाको मान-सम्मान गुम्दै : छवि लामा

दोलखा– नेपाली कांग्रेस दोलखाका पार्टी उपसभापति एवं वैतेश्वर गाउँपालिका अध्यक्ष

धवलशम्सेरको पार्टीले राजसंस्था र हिन्दु अधिराज्यका पक्षमा हस्ताक्षर संकलन गर्ने

काठमाडौं– धवलशम्सेर राणा नेतृत्वको प्रस्तावित जय नेपाल पार्टीले संवैधानिक राजसंस्था

दुर्गा प्रसाईंको घरमा प्रहरीको खानतलासी

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंको घरमा प्रहरीले खानतलासी गरेको छ

अघिल्लो आर्थिक वर्षमा बैंक र जलविद्युत सकारात्मक, होटेल र बीमा क्षेत्र सुस्त

काठमाडौं– गत आर्थिक वर्षमा अर्थतन्त्रका मुख्य क्षेत्रको वित्तीय अवस्था मिश्रित