अयोध्या मुद्दाको फैसला आज आउने, उत्तर प्रदेशको सुरक्षा व्यवस्था कडा « Khabarhub

अयोध्या मुद्दाको फैसला आज आउने, उत्तर प्रदेशको सुरक्षा व्यवस्था कडा


२३ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-लामो समयदेखि विवादित राम मन्दिर–बाबरी मस्जिद सम्बन्धी फैसला आज (शनिबार) हुँदैछ । भारतको सर्वोच्च अदालतले अयोध्या मुद्दाको फैसला आज सुनाउन लागेको हो ।

राम मन्दिर–बाबरी मस्जिदको जग्गा सम्बन्धी विवादका सम्बन्धमा सर्वोच्च अदालतले यसअघि नै सुनुवाइ सम्पन्न गरेको छ । अब फैसला सुनाउन मात्र बाँकी छ ।

सुनुवाइका क्रममा हुने अप्रत्यासित घटनालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ । सो क्षेत्रमा अर्धसैनिक बलका झण्डै ४० हजार जवान तैनाथ गरिएको छ । प्रहरी तथा अर्धसैनिक बलको सुरक्षा गस्ती बढाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

त्यस्तै स्कूल तथा क्याम्पस दुई दिनका लागि बन्द गरिएको छ । फैसलाको तयारी गरेको सर्वोच्च अदालतका प्रधानन्यायाधीश रञ्जन गोगोईले शुक्रबार बिहान उत्तर प्रदेशका मुख्य सचिव र प्रहरी प्रमुखलाई दिल्ली बोलाएर सुरक्षा तथा कानूनी व्यवस्था बारे जानकारी लिएका थिए ।

बिहीबार उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले उत्तर प्रदेशका सबै जिल्लाका प्रमुखसँग भिडियो कन्फ्रेन्स मार्फत अवस्थाबारे जानकारी लिएका थिए ।

फैसलालाई लिएर सामाजिक सञ्जालमा पनि निगरानी कडा पारिएको छ । शुक्रबारदेखि नै राम जन्मभूमि तर्फ जाने सबै सडक बन्द गरिएको छ । त्यहाँ पैदल यात्रुलाई मात्रै छुट दिइएको छ ।

राम मन्दिर–बाबरी मस्जिद विवादबारे भारतको सर्वोच्च अदालतले ४० दिन लामो ‘म्याराथन’ सुनुवाइ गएको अक्टोबर १६ मा पूरा गरेको थियो ।

सर्वोच्चका प्रधानन्यायाधीश रञ्जन गोगोई नोभेम्बर १७ मा अवकास पाउँदै छन् । त्यो भन्दा अघि नै सर्वोच्चले फैसला सुनाउने अपेक्षा गरिए अनुसार शनिबार सुरक्षित फैसला सुनाइन लागेको हो ।

राम मन्दिर–बाबरी मस्जिद सम्बन्धी फैसला ऐतिहासिक हुनेछ । राजनीतिक रुपले अति संवेदनशील राम मन्दिर र बाबरी मस्जिदको जमिनको स्वामित्वलाई लिएर विवाद रहँदै आएको छ ।

अयोध्या मुद्दामा प्रधानन्यायाधीश गोगोईको अध्यक्षतामा पाँच न्यायाधीशको संवैधानिक बेन्चले सुनुवाइ गरेको हो ।

भारतको इतिहासमा सबैभन्दा लामो समयसम्म सुनुवाई भएको यो दोस्रो मुद्दा हो । यसअघि केशवानन्द भारती मुद्दाको सुनुवाई सर्वोच्च अदालतमा ६८ दिनसम्म चलेको थियो । यस्तै आधार कार्डको संवैधानिकता सम्बन्धी मुद्दाको सुनुवाई सर्वोच्च अदालतमा ३८ दिनसम्म चलेको थियो ।

अयोध्या मुद्दाको सुनुवाईमा रहेका न्यायाधीशहरुमा गोगोईसँगै शरद अरविन्द बोबडे, अशोक भूषण, डीवाय चन्द्रचूड र एस अब्दुल नजीर हुन् । गएको अगस्ट ६ देखि यो मुद्दामा सुनुवाइ शुरु भएको थियो ।

इलाहाबाद उच्च अदालतले अयोध्याको विवादित जमिन तीन बराबर भागमा बाँड्न फैसला गरेको थियो । सो जमिन राम लला, सुन्नी वक्फ बोर्ड र निर्मोही अखाडालाई बाँड्न भनिएको थियो । तर तीनै पक्षले इलाहाबाद उच्च अदालतको फैसला मान्न अस्वीकार गरे र मुद्दा सर्वोच्च पुगेको थियो ।

प्रकाशित मिति : २३ कार्तिक २०७६, शनिबार  १० : ४६ बजे

आईपीएल : सनराइजर्स हैदराबादको पहिलो जित, कोलकाता ६५ रनले पराजित

कोलकाता- इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत बिहीबार सम्पन्न खेलमा

आज सभामुखको उम्मेदवारी दर्ता, रास्वपाबाट डोलप्रसाद अर्यालको दाबी

काठमाडौँ – प्रतिनिधि सभाको सभामुख चयनका लागि शुक्रबार उम्मेदवारी दर्ता

आठ महिनामा विदेश पुगेका नेपालीले पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण

काठमाडौँ – चालु आर्थिक वर्षको फागुन मसान्तसम्म विदेशमा गएका नेपालीले

सडक सञ्जालमा जोडियो म्याग्दीको विकट गाउँ गुर्जा

म्याग्दी – धवलागिरि गाउँपालिका–१ गुर्जा सडक सञ्जालमा जोडिएको छ ।

अन्तर्राष्ट्रिय फुटबलबाट बाहिरिने तयारीमा लेवान्डोव्स्की : लेखे भावुक पोस्ट

काठमाडौँ – पोल्यान्डका कप्तान तथा कीर्तिमानी स्ट्राइकर रोबर्ट लेवान्डोव्स्कीले अन्तर्राष्ट्रिय