आईपीएल : सनराइजर्स हैदराबादको पहिलो जित, कोलकाता ६५ रनले पराजित « Khabarhub

आईपीएल : सनराइजर्स हैदराबादको पहिलो जित, कोलकाता ६५ रनले पराजित


२० चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

कोलकाता- इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत बिहीबार सम्पन्न खेलमा सनराइजर्स हैदराबादले कोलकाता नाइट राइडर्सलाई ६५ रनले पराजित गरेको छ । २ सय २७ रनको विशाल लक्ष्य पछ्याएको कोलकाता आफ्नै घरेलु मैदान इडेन गार्डेनमा १६ ओभर मात्र टिक्न सक्यो र १ सय ६१ रनमा अलआउट भयो ।

जारी सिजनमा हैदराबादको यो पहिलो जित हो । यसअघि पहिलो खेलमा टोली रोयल च्यालेन्जर्स बेंगलुरुसँग पराजित भएको थियो । यता कोलकाताको भने यो लगातार दोस्रो हार हो । कोलकाता पहिलो खेलमा मुम्बई इन्डियन्ससँग स्तब्ध भएको थियो ।

विशाल लक्ष्य पछ्याउने क्रममा कोलकाताले पहिलो ओभरमै २५ रन जोड्दै आक्रामक सुरुवात गरेको थियो । ओपनर फिन एलनले पहिलो ओभरमा ३ चौका र २ छक्का प्रहार गरे पनि दोस्रो ओभरमा २८ रन बनाउँदा आउट भए । ७ बल खेलेका उनले कुल ४ चौका र २ छक्का प्रहार गरे । गत महिना सम्पन्न ट्वान्टी–२० विश्वकपको सेमिफाइनलमा दक्षिण अफ्रिकाविरुद्ध यसै मैदानमा शतक प्रहार गर्दै न्युजिल्यान्डलाई फाइनल पुर्‍याएका एलनले बिहीबार भने ठूलो इनिङ्स खेल्न सकेनन् ।

कोलकाताका कप्तान एवं ओपनर अजिन्क्या रहानेले १० बलमा मात्र ८ रन जोड्न सके । मध्यक्रमका ब्याटर क्यामरन ग्रिन २ रनमा आउट भए भने अंगकृष रघुवंशीले २९ बलमा ६ चौका र २ छक्कासहित ५२ रनको योगदान दिए पनि टोलीलाई जिताउन सकेनन् । ग्रिन र रघुवंशी दुवै रनआउटको सिकार भएका थिए । यस्तै अनुकुल रोय पहिलो बलमै क्याच आउट हुन पुगे ।

हैदराबादका बलरहरूले कसिलो बलिङ गरेपछि कोलकाताको पारी सस्तैमा समेटियो र हैदराबादले प्रतियोगितामा पहिलो दुई अंक जोड्न सफल भयो ।

प्रकाशित मिति : २० चैत्र २०८२, शुक्रबार  ८ : ०० बजे

डिस्चार्जपछि सञ्जयले भने, ‘भगवानको आशीवार्द र कृपाले फेरि पनि यस्तो दिन हेर्न पाएँ’

काठमाडौं– रसुवा बाढीपछि १० दिनसम्म त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा

खाली सिलिन्डर र थाल-कचौरा बोकेर आयग निगमको मुख्यालय घेराउ (तस्बिरहरू)

काठमाडौं– विद्यार्थी संगठनले खाली सिलिन्डर र थाल–कचौरा बोकेर नेपाल आयग

मोती पुरस्कारबाट युवा साहित्यकार चौधरी सम्मानित

काठमाडौँ- युवा साहित्यकार इन्द्रबहादुर चौधरीलाई ‘युवा वर्ष मोती पुरस्कार, २०८२’

इरान–साउदीबीच क्षेत्रीय असुरक्षाबारे छलफल

रियाद- यमनमा पुनः युद्ध चर्किएसँगै इरान र साउदी अरबका शीर्ष