टी–ट्वान्टीमा एमसीसीसँग नेपाल ११३ रनले पराजित « Khabarhub

टी–ट्वान्टीमा एमसीसीसँग नेपाल ११३ रनले पराजित


२३ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालले इंग्ल्याण्डको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) विरुद्धको ट्वान्टी–ट्वान्टी क्रिकेटमा पराजय व्यहोरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको खेलमा नेपालको मिक्स टिम एमसीसीसँग ११३ रनको फराकिलो अन्तरले पराजित भएको हो ।

एमसीसीले दिएको १९० रनको लक्ष्य पछ्याएको नेपाल १३ ओभरमा सबै विकेट गुमाउँदै मात्र ७६ रन समेटियो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एमसीसीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ८९ रन बनाएको थियो ।

नेपाली क्रिकेट विकासको लागि तयार गरेको लिगेसी टुरका लागि नेपाल आएको एमसीसीले यसअघि नेपालसँग एक एकदिवसीय र ती दिवसीय (फस्ट क्लास) क्रिकेट खेलिसकेको छ ।

तीन दिवसीयमा एमसीसीसँग २ सय ८ रनले पराजित भएको नेपालले एक दिवसीयमा भने एमसीसीलाई ५ विकेटले हराएको थियो ।

प्रकाशित मिति : २३ कार्तिक २०७६, शनिबार  २ : ०२ बजे

ओली भन्छन् : भदौ २३ को घटनामा मैले गोली चलाउने आदेश दिएको होइन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं तत्कालीन

हिमपातपछि माथिल्लो मुस्ताङको जनजीवन प्रभावित

मुस्ताङ – मङ्गलबार रातिदेखि परेको भारी हिमपातका कारण माथिल्लो मुस्ताङको

टाइगर कप भलिबल : न्यू डायमण्ड र पुलिस फाइनलमा

कास्की – पोखरामा जारी छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय तथा

बाहिरियो वर्षा गराउने प्रणाली

काठमाडौं – मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा

मिथिला चित्रकला तालिम काठमाडौंमा सुरु

काठमाडौं – काठमाडौंमा मिथिला चित्रकलाको चारदिने प्रयोगात्मक तालिम सुरु भएको