विजुलीको दर फेर्दै कुलमान, किसान र घरायसी ग्राहकलाई राहत « Khabarhub

विजुलीको दर फेर्दै कुलमान, किसान र घरायसी ग्राहकलाई राहत


२३ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल विद्युत प्राधिकरणले विद्युत महसुल दर परिवर्तन गर्ने तयारी गरेको छ । विद्युत खपत बढाउने र आधारभूत नागरिकलाई थप सेवा दिने लक्ष्यका साथ प्राधिकरणले नयाँ महसुल दर लागू गर्ने तयारी गरेको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले समेत विद्युत खपत बढी गर्न आग्रह गरेका थिए र उनले प्राधिकरण नागरिकलाई राहत दिने गरि अघि बढ्ने बताएका थिए ।

प्राधिकरणको सञ्चालक समितिको निर्णयअनुसार नयाँ महसुल कार्यान्वयनका लागि विद्युत नियमन आयोगमा प्रस्ताव गरेको छ । प्राधिकरणको प्रस्ताव अनुसार समायोजन भएको खण्डमा यसले किसानलाई फाइदा पुग्ने छ ।

प्राधिकरणले कृषि क्षेत्रमा सिँचाइको मात्रा बढाउन सस्तो दरमा विद्युत उपलब्ध गराउने तयारी स्वरुप प्रतियुनिट ४ रुपैयाँ ३० पैसामा विद्युत उपलब्ध गराउने तयारी गरेको छ ।

प्राधिकरणले सिँचाइ र खानेपानी बाहेक न्यूनतम विद्युत खपत गर्नेलाई समेत विद्युत खपत बढाउनका लागि एउटा औसत दर तय गर्ने जनाएको छ ।

प्राधिरकरणको प्रस्ताव अनुसार कूल २० देखि ३० प्रतिशतको हाराहारीमा विद्युत महसुल बढाउने भएको छ ।

३ वर्ष पहिले विद्युत महसुल बढाएको प्राधिकरणले यसपटक भने विद्युत खपत बढाउने लक्ष्यलाई प्रमुख प्राथमिकतामा राखेको छ । निर्माणाधिन आयोजना हालकै गतिमा निर्माण भएको खण्डमा चालु आर्थिक वर्षको अन्त्यसम्म प्राधिकरणको प्रणालीमा थप १ हजार ३०० मेगावाट विद्युत थप हुनेछ ।

यसवर्षको ६ महिनामा मात्रै प्राधिकरणको प्रणालीमा थप १५० मेगावाट विद्युत थप भइसकेको छ । सोही तथ्यलाई हेरेर विद्युत खपत बढाउनुपर्ने बाध्यतामा प्राधिकरण छ ।

प्राधिकरणको प्रस्ताव अनुसार नै महसुल समायोजन भए घरायसी ग्राहकले न्यूनतम १०० रुपैयाँ तिर्नुपर्नेछ । हाल ८० रुपैयाँ तिर्दै आएका ग्राहकलाई थप २० रुपैयाँ बढी पर्नेछ ।

तर त्यसमा कसरी सुविधा दिन सकिन्छ र विद्युत खपत कसरी बढाउन सकिन्छ भन्ने मान्यतालाई पनि ध्यान दिने प्राधिकरणको तयारी छ ।

हाल प्राधिकरणले न्यूनतम मापदण्ड २० यूनिटलाई मानेको छ । न्यूनतम युनिट बढाउने वा महसुल दरमा थप केही विविधिकरण गर्ने कि भन्ने सोचमा समेत प्राधिकरण रहेको छ । प्राधिकरणले हाल ५, १०, १५, ३० एम्पियरको विद्युत उपलब्ध गराएको छ । त्यस आधारमा ५ एम्पियरको मिटर जडान गरेका ग्राहकले २० युनिटसम्म विद्युत खपत गर्दा ८० रुपैयाँ तिर्नुपर्छ ।

त्यसमा विद्युत महसुल प्रतियुनिट ३ रुपैयाँका दरले ३० रुपैयाँ र सेवाशुल्क ५० रुपैयाँ तिर्नुपर्छ । सेवा शुल्कमा केही छुट दिने कि वा अन्य कुनै उपाय अवलम्बन गर्ने तयारीमा प्राधिकरण रहेको छ ।

विद्यमान दर अनुसार १५ एम्पियरको मिटर जडान गर्ने उपभोक्ताले अब न्यूनतम ४४० रुपैया सम्म महसुल तिर्नुपर्छ । विद्यमान व्यवस्था अनुसार त्यस व्यवस्थामा मात्रै ३६५ रुपैयाँ मात्रै तिर्नुपर्दथ्यो ।

थ्री फेज मिटर जडान गर्ने ग्राहकले १० केभीसम्म १४ रुपैयाँ ४० पैसा बराबरको महसुल तिर्नुपर्दछ । ग्रामीण तथा साना उद्योगले प्रति युनिट ७ रुपैयाँ ८० पैसा, व्यापारिक प्रतिष्ठानले ११ रुपैयाँ २० पैसा तिर्नुपर्ने प्रस्ताव गरिएको छ । यस्तै अपर्झट विद्युत जोड्नु परेमा प्रतियुनिट १९ रुपैयाँ ८० पैसासम्म महसुल तिर्नुपर्नेछ ।

प्रकाशित मिति : २३ कार्तिक २०७६, शनिबार  २ : १४ बजे

‘एडल्ट’ सर्टिफिकेट पाउँदैमा फिल्म अश्लील हुँदैन !

काठमाडौँ- वयस्क दर्शकलाई केन्द्रित गरी बनाइएका फिल्म नै ‘एडल्ट’ हुन्

उपभोक्ताको रोजाइमा कर्णालीको स्याउ

बाँके– भारतीय सीमावर्ती सहर नेपालगञ्जमा यतिबेला कर्णालीको स्याउले भारतीय स्याउलाई

म्याग्दीको घुमाउने ताल–मौवाफाँट सडक कालोपत्र

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकाको केन्द्र मौवाफाँट जोड्ने घुमाउने ताल–मौवाफाँट सडक

ओखलढुंगाको चार्खुमा आगलागी हुँदा दुई घर जलेर नष्ट, २६ लाख बराबरको क्षति

ओखलढुङ्गा– ओखलढुंगाको सिद्धिचरण नगरपालिका–४ चार्खुमा मङ्गलबार साँझ विद्युत् चुहावट (सर्ट)

विधायन व्यवस्थापनसहित दुईवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेको दुईवटा समितिको बैठक बस्दैछ ।