बालुवाटारमा सर्वपक्षीय छलफल सुरु « Khabarhub

बालुवाटारमा सर्वपक्षीय छलफल सुरु


२३ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-

काठमाडौं- प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सर्वपक्षीय छलफल शुरु भएको छ ।

सर्वपक्षीय छलफलका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक डाकेपछि सबै दलका नेताहरु बालुवाटार पुगेका छन् ।

भारतले जारी गरेको मुलुकको नयाँ नक्सामा नेपाली भूमि मिचिएका ठाउँबारे छलफल गरी राष्ट्रिय धारणा बनाउन प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलगायत दलहरू, पूर्वपरराष्ट्रमन्त्रीहरू, सीमाविदहरूलगायतलाई बैठकमा बोलाएका हुन् ।

भारतले जारी गरेको नक्सामा नेपालका भूमी लिपुलेक, कालापानीलगायत समावेश भएपछि चर्को विवाद हुँदै आएको छ।

बैठकमा भाग लिन नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, राप्रपा अध्यक्ष कमल थापालगायत छलफलमा सहभागी छन्।

सरकारले यसअघि नै भारतले जारी गरेको राजनीतिक नक्सा अस्वीकार्य रहेको बताएको छ भने भारतीय पक्षले भने आफूहरूले नेपालको भूमि नक्सामा नपारेको दाबी गरेको छ।

प्रकाशित मिति : २३ कार्तिक २०७६, शनिबार  ४ : ४२ बजे

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज शनिबार, शनिदेवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १७ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज १७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १७ गते शनिबार सन् २०२६