प्रधानमन्त्रीको निर्देशनपछि सचिवालयका सबै सदस्यले राजीनामा दिने « Khabarhub

प्रधानमन्त्रीको निर्देशनपछि सचिवालयका सबै सदस्यले राजीनामा दिने


२३ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयसँग जोडिएका सल्लाहकार तथा सहयोगीहरुले राजीनामा दिने भएका छन् ।

सचिवालय सदस्यहरुले आगामी मंसिरबाट लागू हुने गरी स्वच्छिक रुपमा राजीनामा दिन लागेको सचिवालय स्रोतले बताएको छ ।

यसअघि हिजो प्रधानमन्त्री ओलीले सचिवालयमा कार्यरत सबैलाई डाकेर राजीनामा दिन निर्देशन दिएको स्रोतको भनाइ छ ।

सरकारको काम कारबाहीमाथि चर्को आलोचना खेपिरहेका प्रधानमन्त्री ओलीले सचिवालय सदस्यहरुलाई राजीनामा दिन निर्देशन दिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

मन्त्रिपरिषद पुनर्गठनको तयारीमा रहेका प्रधानमन्त्रीलाई सहज वातावरण बनाउन सचिवालयका सबै सदस्यले राजीनामा दिन लागेको श्रोतको दाबी छ ।

प्रधानमन्त्रीको निर्देशनसँगै मुख्य सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार राजन भट्टराई, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, स्वकीय सचिव इन्द्र भण्डारी, प्रेस सल्लाहकार कुन्दन अर्याल, सूचना प्रविधि सल्लाहकार अस्गर अली लगायतका सबैले राजीनामा दिने छन् ।

प्रधानमन्त्रीका सल्लाहकार तथा सचिवालयमा कार्यरत कर्मचारीले पार्टीकै नेता तथा कार्यकर्तालाई प्रधानमन्त्रीसँग भेट गर्न नदिएको भन्दै पार्टीभित्रै आलोचना हुँदै आएको थियो ।

यता, राजीनामाको तयारीमा रहेका सचिवालयका एक सदस्यले राजीनामा दिने तयारी रहेको जानकारी दिए ।

 

‘प्रधानमन्त्रीको सहजताका लागि राजीनामा दिने कुरा हो’  प्रधानमन्त्रीको सचिवालयमा रहेका एक सदस्यले खबरहबसँग भने,’पछि आवश्यक परेको खण्डमा उहाँले फेरि बोलाउनु हुन्छ ।”

प्रकाशित मिति : २३ कार्तिक २०७६, शनिबार  ५ : ११ बजे

पर्सा निकुञ्जमा बाघ गणना थालियो

वीरगञ्ज– चितवन र पर्सा राष्ट्रिय निकुञ्जको तेस्रो खण्ड ९ब्लक० मा

विगतका कुरालाई थाती राखेर निर्वाचनमा केन्द्रित हुनुपर्छ : अग्नि सापकोटा

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता अग्नि सापकोटाले विगतका

रुपन्देही अदालतले भन्यो : रविको मुद्दा फिर्ताको निर्णयमा कुनै आदेश भएको छैन

बुटवल- सहकारी ठगीको मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति

अपर्ण र बेनिशाको रोमान्स

काठमाडौं – फिल्म ‘द ब्लू लाइट’को टिमले रिलिजको संघारमा नयाँ

नयाँ उपकरण राखेर गोरखकाली रबर उद्योग सञ्चालनमा ल्याउन सुझाव

काठमाडौं- गोरखकाली रबर उद्योग पुन: सञ्चालन सुझाव कार्यदलले १० महिना