प्रधानमन्त्रीको निर्देशनपछि सचिवालयका सबै सदस्यले राजीनामा दिने « Khabarhub

प्रधानमन्त्रीको निर्देशनपछि सचिवालयका सबै सदस्यले राजीनामा दिने


२३ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयसँग जोडिएका सल्लाहकार तथा सहयोगीहरुले राजीनामा दिने भएका छन् ।

सचिवालय सदस्यहरुले आगामी मंसिरबाट लागू हुने गरी स्वच्छिक रुपमा राजीनामा दिन लागेको सचिवालय स्रोतले बताएको छ ।

यसअघि हिजो प्रधानमन्त्री ओलीले सचिवालयमा कार्यरत सबैलाई डाकेर राजीनामा दिन निर्देशन दिएको स्रोतको भनाइ छ ।

सरकारको काम कारबाहीमाथि चर्को आलोचना खेपिरहेका प्रधानमन्त्री ओलीले सचिवालय सदस्यहरुलाई राजीनामा दिन निर्देशन दिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

मन्त्रिपरिषद पुनर्गठनको तयारीमा रहेका प्रधानमन्त्रीलाई सहज वातावरण बनाउन सचिवालयका सबै सदस्यले राजीनामा दिन लागेको श्रोतको दाबी छ ।

प्रधानमन्त्रीको निर्देशनसँगै मुख्य सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार राजन भट्टराई, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, स्वकीय सचिव इन्द्र भण्डारी, प्रेस सल्लाहकार कुन्दन अर्याल, सूचना प्रविधि सल्लाहकार अस्गर अली लगायतका सबैले राजीनामा दिने छन् ।

प्रधानमन्त्रीका सल्लाहकार तथा सचिवालयमा कार्यरत कर्मचारीले पार्टीकै नेता तथा कार्यकर्तालाई प्रधानमन्त्रीसँग भेट गर्न नदिएको भन्दै पार्टीभित्रै आलोचना हुँदै आएको थियो ।

यता, राजीनामाको तयारीमा रहेका सचिवालयका एक सदस्यले राजीनामा दिने तयारी रहेको जानकारी दिए ।

 

‘प्रधानमन्त्रीको सहजताका लागि राजीनामा दिने कुरा हो’  प्रधानमन्त्रीको सचिवालयमा रहेका एक सदस्यले खबरहबसँग भने,’पछि आवश्यक परेको खण्डमा उहाँले फेरि बोलाउनु हुन्छ ।”

प्रकाशित मिति : २३ कार्तिक २०७६, शनिबार  ५ : ११ बजे

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज शनिबार, शनिदेवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १७ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज १७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १७ गते शनिबार सन् २०२६