१३औँ साग तोकिएकै मितिमा हुने पक्का « Khabarhub

१३औँ साग तोकिएकै मितिमा हुने पक्का


२३ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – १३ औं दक्षिण एसियाली खेलकुद (साग) तोकिएकै समयमा हुने भएको छ । दक्षिण एसियाली ओलम्पिक काउन्सिल (एसएओसी) को बोर्ड बैठकले साग तोकिएकै समयमा भव्यताको साथ सम्पन्न गर्ने निर्णय गरेको छ ।

मंसिर १५ देखि २४ सम्म काठमाडौं, पोखरा र जनकपुरमा हुने तय भएको सागको उद्घाटनस्थल लगायत पूर्वाधार निर्माणाधिन अवस्थामा रहँदा साग सर्ने हो कि भन्ने आशंका भइरहँदा एसएओसीको बैठकले तोकिएकै मितिमा गर्नु पर्ने निर्णय गरेको एसएओसीका अध्यक्ष तथा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले बताए ।

दक्षिण एसियाली राष्ट्रको ओलम्पिक कमिटीका प्रतिनिधिहरुले साग समयमै गर्नु पर्नेमा जोड दिएको अध्यक्ष श्रेष्ठले बताए ।

‘सहभागी राष्ट्रका प्रतिनिधिहरुले पूर्वाधार अलि अगाडि निर्माण भइसकेको भए राम्रो हुन्थ्यो भन्नु भयो । तर, अझै पनि उहाँहरुले अहिल तोकिएकै मितिमा गर्न नेपाल सक्षम रहेको बताउँनु भएको छ,’ श्रेष्ठले भने,‘अब साग कुनै पनि हातलमा तोकिएकै समयमा हुन्छ ।

सरकारका तर्फबाट राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिवले पूर्वाधार समयमै सम्पन्न हुने प्रतिबद्धता जनाउनु भएको छ ।’

राखेप सदस्य सचिव रमेश कुमार सिलवालले निर्माणधिन अवस्थामा रहेका संरचना ७ दिनभित्र तयार हुने बताएका छन् ।

यस्तै, एसएओसीको बैठकले बक्सिङमा २९ केजी तौल समूहको ‘क्याटगोरी’ र एथलेटिक्समा एक जना खेलाडी र साइकिलिङमा २ जना खेलाडी थप्ने पनि निर्णय गरेको छ ।

यसैगरी, १४ औं सागको आयोजनाका लागि पाकिस्तानलाई प्रस्ताव गर्ने निर्णय पनि गरेको छ । अल्फाबेटीकल्ली १४औं साग पाकिस्तानले गर्नु पर्ने पालो हो । यदि कुनै परिस्थितीमा पाकिस्तानले आयोजना गर्न सक्ने अवस्था बनेन भने श्रीलंका र माल्दिभ्सले संयुक्त आयोजना गर्ने तयारीमा रहेको एसएओसीका अध्यक्ष श्रेष्ठले बताए ।

एसएओसीको बैठकको उद्घाटन शत्रमा उपस्थित भएका युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनार विश्वकर्माले विविध कारणले साग ३ पटक सार्नु परे पनि अब तोकिएकै समयमा आयोजना गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रकाशित मिति : २३ कार्तिक २०७६, शनिबार  ५ : २८ बजे

दुर्गमको ‘लालझाडी’ सडक पूर्वाधार विकासले सुगम बन्दै

कञ्चनपुर– जिल्लाको दुर्गम क्षेत्रका रूपमा परिचित लालझाडी गाउँपालिका पछिल्ला वर्षहरूमा

विद्यालयको मनपरीविरुद्ध आन्दोलन गर्न अभिभावकलाई शिक्षामन्त्री पुनको आग्रह

काठमाडौं – शिक्षामन्त्री महावीर पुनले विद्यालयको मनपरीविरुद्ध अभिभावकले आन्दोलन गर्नुपर्ने

काठमाडौंमा मनाइयो ‘विश्व ध्यान दिवस’ (तस्बिरहरू)

काठमाडौं– संयुक्त राष्ट्रसंघको घोषणाअनुसार आज विभिन्न कार्यक्रमको आयोजना गरी ‘विश्व

कागती बिक्री नभएपछि रस र चुक बनाइँदै

स्याङ्जा– स्याङ्जामा उत्पादित कागती बिक्री नभएपछि किसानले विकल्पको खोजी गरेका

एसिया कप : भारतविरुद्ध सुरुमा ब्याटिङ गर्दै पाकिस्तान

काठमाडौं – यू–१९ एसिया कपको फाइनलमा पाकिस्तानले भारतविरुद्ध सुरुमा ब्याटिङ