असल पत्नी परे जीवन सुखमय, खराब परे दार्शनिक –सुकरात « Khabarhub

असल पत्नी परे जीवन सुखमय, खराब परे दार्शनिक –सुकरात


२३ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

संसारकै चर्चित दार्शनिक सुकरातका धेरै चेलाहरु थिए । उनको दर्शन बुझ्न चेलाहरुको लर्को लाग्थ्यो । ती नै चेला मध्येका एकजनाको बिहे गर्ने तयारी भइरहेको थियो । तर ती चेला बिहे गर्ने की नगर्ने भनेर द्विविधा मानिरहेका थिए ।

उनले उचित निर्णय लिन सहिरहेका थिएनन् । यही बीचमा उनी उचित सल्लाहका लागि भन्दै गुरु सुकरात कहाँ पुगे ।

उनलाई एउटा कुरा थाहा थियो की सुकरातको वैवाहिक जीवन अत्यन्त कष्टप्रद थियो । त्यसैले, गुरुले विवाह नगर्ने नै सल्लाह दिन्छन् भन्ने चेलालाई लागेको थियो ।

तर, चेलाले प्रश्न राख्न नपाई गुरुले भने – विवाह गर्नुपर्छ बाबु । गुरुको सल्लाह सुनेपछि चेलाले पुनः प्रश्न गरे– तर, तपाईंको जीवन त विवाहकै कारण नर्कमय छ नि ?

सुकरातले मुसुक्क मुक्कुराउँदै जवाफ दिए— जस्तो हुन्छ बिहे गर । अनि असल पत्नी परेमा तिम्रो जीवन सुखमय हुनेछ । केही गरी मेरीजस्ती कर्कश पत्नी परेमा तिमी पनि म जस्तै दार्शनिक बन्ने छौ ।

प्रकाशित मिति : २३ कार्तिक २०७६, शनिबार  ५ : ४१ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।