असल पत्नी परे जीवन सुखमय, खराब परे दार्शनिक –सुकरात « Khabarhub

असल पत्नी परे जीवन सुखमय, खराब परे दार्शनिक –सुकरात


२३ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

संसारकै चर्चित दार्शनिक सुकरातका धेरै चेलाहरु थिए । उनको दर्शन बुझ्न चेलाहरुको लर्को लाग्थ्यो । ती नै चेला मध्येका एकजनाको बिहे गर्ने तयारी भइरहेको थियो । तर ती चेला बिहे गर्ने की नगर्ने भनेर द्विविधा मानिरहेका थिए ।

उनले उचित निर्णय लिन सहिरहेका थिएनन् । यही बीचमा उनी उचित सल्लाहका लागि भन्दै गुरु सुकरात कहाँ पुगे ।

उनलाई एउटा कुरा थाहा थियो की सुकरातको वैवाहिक जीवन अत्यन्त कष्टप्रद थियो । त्यसैले, गुरुले विवाह नगर्ने नै सल्लाह दिन्छन् भन्ने चेलालाई लागेको थियो ।

तर, चेलाले प्रश्न राख्न नपाई गुरुले भने – विवाह गर्नुपर्छ बाबु । गुरुको सल्लाह सुनेपछि चेलाले पुनः प्रश्न गरे– तर, तपाईंको जीवन त विवाहकै कारण नर्कमय छ नि ?

सुकरातले मुसुक्क मुक्कुराउँदै जवाफ दिए— जस्तो हुन्छ बिहे गर । अनि असल पत्नी परेमा तिम्रो जीवन सुखमय हुनेछ । केही गरी मेरीजस्ती कर्कश पत्नी परेमा तिमी पनि म जस्तै दार्शनिक बन्ने छौ ।

प्रकाशित मिति : २३ कार्तिक २०७६, शनिबार  ५ : ४१ बजे

महाराजगञ्ज वितरण केन्द्र मातहतका स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती

निर्वाचन सामग्री आपूर्तिका लागि आयोगमा १३ सेवाप्रदायक संस्था सूचीकृत

काठमाडौं– निर्वाचन आयोगले हिमाली तथा उच्च हिमाली क्षेत्रमा मतपत्रलगायतका सामग्री

कांग्रेस देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक आज

कालीकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

कालीकोट– कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा जीप दुर्घटना हुँदा तीन जनाको