आज २०७६ मंसिर २४ गते मंगलबारको राशिफल « Khabarhub

आज २०७६ मंसिर २४ गते मंगलबारको राशिफल


२४ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज २०७६ मंसिर २४ गते मंगलबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रोलोजर राजले यस्तो फलादेश गर्नुभएको छ-

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

पारिवारिक साथ सहयोग मिल्नेछ । आर्थिक लाभको सम्भावना छ । मिष्ठान्न भोजन हुनेछ । वैदेशिक यात्राको सम्भावना देखिन्छ ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

जागिरमा पदोन्नतति होला । व्यापारमा फाइदा हुने देखिन्छ । प्रेम सफल हुनेछ । आफन्तहरुसँगको भेटघाटले मन प्रफूल्लित होला ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

अध्ययनमा सफलता मिल्नेछ । पारिवारिक कलहको सम्भावना छ । स्वास्थयमा समस्या देखिन सक्छ । वैदेशिक यात्राको योग छ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

आफन्तबाट साथ सहयोग मिल्नेछ । मिष्ठान्न भोजन हुनेछ । अध्ययनमा बाधा आउँला । शत्रुहरुसँग टाढै रहनु उत्तम देखिन्छ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

प्रेममा सफलता मिल्नेछ । आकस्मिक धन प्राप्तिको योग छ । मुद्दा मामिला तपाईको पक्षमा हुनेछन् । स्वास्थ्यमा समस्या देखिनेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

निर्णय लिन द्विविधा होला । प्रेममा बाधा आउने छ । अध्ययनमा सुधार, आर्थिक लाभको सम्भावना । घरायासी कलह बढ्ने योग छ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

अनावश्यक झमेलामा फसिने सम्भावना छ । मानसिक तनाव बढ्ने छ । पारिवारिक कलहको सम्भावना, पति–पत्नीबीच विवाद होला ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

व्यापारमा हानी हुने योग छ । राजनीतिमा शुभ देखिन्छ । सामाजिक कार्यबाट लाभ मिल्नेछ । आकस्मिक धनमालको लाभ हुने योग छ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

अध्ययनमा सफलता मिल्नेछ । व्यावसायिक सफलता । आफन्तबाट जोगिनुहोला । धार्मिक कार्यमा मन लाग्नेछ । लामो दूरीको यात्रा नगर्नुहोला ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

सामाजिक कार्यबाट प्रसिद्धि कमाइने छ । धन सिञ्चित हुनेछ । बोलीको प्रभाव बढ्ला । जागिरमा पदोन्नतिको हुने सम्भावना छ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

नयाँ व्यापार व्यवसाय गर्दा उत्तम देखिन्छ । मन प्रफूल्लित रहनेछ । शत्रु सक्रिय हुनेछन्, आफन्तबाटै पनि जोगिनुपर्ने देखिन्छ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

चोटपटक लाग्न सक्छ । वादविवाद हुने सम्भवान छ । आलोचना गर्नेहरु प्रशस्त हुनेछन् । मनमा अशान्ति छाउनस सक्छ । यात्रा सुखद ।

प्रकाशित मिति : २४ मंसिर २०७६, मंगलबार  ५ : ३१ बजे

पर्यटन प्रवर्द्धनका लागि पोखरामा आधुनिक ‘पोखरा घर’  

पोखरा- पर्यटनको राजधानी पोखरामा पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यले आधुनिक

कोलम्बियामा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २८७ पुग्यो, ४०० अझै बेपत्ता

बोगोटा- कोलम्बियामा गत सोमबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या

चुनावपछि पहिलोपटक झापा–इलाम पुगे ओली, मिसन जनजागरण अभियान सुरु गर्ने

इलाम – फागुन २१ गते सम्पन्न निर्वाचनपछि नेकपा (एमाले) का

कास्कीका दुग्ध उत्पादक किसानलाई अनुदान

कास्की– गत आर्थिक वर्षमा सञ्चालित दूध उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रममार्फत

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ओपिडी टिकट काउन्टर थप

दाङ– राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीले स्वास्थ्य बिमा सेवा प्रभावकारी,