गाउँमा बस पुग्दा खुशीयाली « Khabarhub

गाउँमा बस पुग्दा खुशीयाली


२४ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ- गलकोट नगरपालिका–३ को बोहोराफाँट–लमाइ सडकमा शनिबार पहिलोपटक बस गुड्यो । दुई गाउँ जोड्ने सडक ‘लिङ्क रोड’ उद्घाटनका लागि नगरप्रमुख भरत शर्मा गरैलगायत बसमा सवार थिए ।

उद्घाटनस्थलमा प्रमुख अतिथिसहितलाई गाउँलेले स्वागत गरे । अबिर र माला पहिराए । भजनकीर्तन गरे, नाचे । एकापसमा खुसी साटे । बोहोराफाँट र लमाइ वारिपारिका गाउँ हुन् ।

छिमेकी भएर पनि दुई बस्तीबीच आउजाउ सहज थिएन । मोटरबाट जान तल हटिया बजार झरेर मध्यपहाडी लोकमार्ग हुँदै जानुपथ्र्यो । पैदलयात्रासमेत जोखिमपूर्ण थियो । अब भने दुई गाउँलाई बीचबाट सिधा सडकले जोडेको छ । ‘मान्छे हिँड्ने बाटो पनि थिएन, मोटरबाटो बनेपछि ठूलो सुविधा भयो’, स्थानीय दानबहादुर बोहोराले भने।

उनका अनुसार अब सडकमार्ग हुँदै पैदलै हिँडे पनि सजिलै अर्को गाउँ पुग्न सकिन्छ । भिरालो भू–बनोट, बीचमा ठूला भिर र खोँच भएकाले एक गाउँबाट अर्कोमा जान तल झरेर जानुपर्ने बाध्यता थियो ।

हिँडेर जाँदा पनि फेरो बाटो समात्नुपथ्र्यो । डेढ किमीको बोहोराफाँट–भुल्केपानी–घट्टेखोला ‘लिङ्क रोड’ ले त्यस क्षेत्रका दुई हजार ५०० घरधुरीलाई प्रत्यक्ष लाभ पुग्ने वडाध्यक्ष वीरजङ्ग भण्डारीले बताए । झण्डै १० लाखको लागतमा उक्त सडकको मार्ग खोलिएको हो । नगरपालिकाले चालू आवमा रु छ लाख र गत आवमा डेढ लाख बजेट छुट्याएको थियो ।

बोहोराफाँटदेखि माम्ले हुँदै बराहथानसम्म ‘लिङ्क रोड’ पुर्‍याउने योजना नगरपालिकाको छ । यही वर्ष नगरपालिकाको रु चार लाख बजेटबाट थप मार्ग खोल्ने काम हुँदैछ । ‘वडा नं ३ का सबै गाउँ, बस्तीलाई सडक सञ्जालमा जोड्ने लक्ष्य छ’, वडाध्यक्ष भण्डारीले भने । ग्रामीण सडकको पहुँच विस्तारले सर्वसाधारणको सुविधासँगै पर्यटन प्रवद्र्धन र स्थानीय उत्पादनको बजारीकरणमासमेत टेवा पुग्नेछ ।

सार्वजनिक बस सञ्चालनको योजनासहित ‘लिङ्क रोड’ निर्माण गरिएको छ । मार्ग खुलेको ठाउँमा नियमित बस सञ्चालनका लागि वडा कार्यालयले पहल गरिरहेको छ । घरगाउँमै बस चलेपछि विद्यार्थीलाई समेत विद्यालय आउजाउ गर्न सहज हुने विश्वास गरिएको छ । वडाभित्र पर्ने ऐतिहासिक गलकोट कोतघर, सहस्रधारालगायतका पर्यटकीय गन्तव्य पनि सडक सञ्जालमा जोडिनेछन् ।

प्रकाशित मिति : २४ मंसिर २०७६, मंगलबार  ७ : ४७ बजे

विश्वकपमा नेपाली टोली छनोट हुने सम्भावना छ : प्रशिक्षक हर्षल पाठक

काठमाडौं– नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका नवनियुक्त मुख्य प्रशिक्षक हर्षल

कम्बोडियामा थाई सेनाको आक्रमण जारी : रक्षा मन्त्रालय

एजेन्सी – थाई सैन्य बलले मंगलबार सम्म कम्बोडियाका धेरै क्षेत्रहरुमा

चितवन उद्योग वाणिज्य संघको अध्यक्षमा सुवेदीको उम्मेदवारी घोषणा

काठमाडौं– उद्योग वाणिज्य संघ चितवनको आगामी नेतृत्वका लागि वरिष्ठ उपाध्यक्ष

यही चुनावमै बालेलनाई प्रधानमन्त्रीका रूपमा अघि सार्ने रविको योजना, यस्ता छन् मिल्ने तीन विकल्प

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी

मुस्ताङ– नेपाल–चीन उत्तरी कोरला नाका पूर्णरुपमा सञ्चालनमा आएपछि विगत दुई