गाउँमा बस पुग्दा खुशीयाली « Khabarhub

गाउँमा बस पुग्दा खुशीयाली


२४ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ- गलकोट नगरपालिका–३ को बोहोराफाँट–लमाइ सडकमा शनिबार पहिलोपटक बस गुड्यो । दुई गाउँ जोड्ने सडक ‘लिङ्क रोड’ उद्घाटनका लागि नगरप्रमुख भरत शर्मा गरैलगायत बसमा सवार थिए ।

उद्घाटनस्थलमा प्रमुख अतिथिसहितलाई गाउँलेले स्वागत गरे । अबिर र माला पहिराए । भजनकीर्तन गरे, नाचे । एकापसमा खुसी साटे । बोहोराफाँट र लमाइ वारिपारिका गाउँ हुन् ।

छिमेकी भएर पनि दुई बस्तीबीच आउजाउ सहज थिएन । मोटरबाट जान तल हटिया बजार झरेर मध्यपहाडी लोकमार्ग हुँदै जानुपथ्र्यो । पैदलयात्रासमेत जोखिमपूर्ण थियो । अब भने दुई गाउँलाई बीचबाट सिधा सडकले जोडेको छ । ‘मान्छे हिँड्ने बाटो पनि थिएन, मोटरबाटो बनेपछि ठूलो सुविधा भयो’, स्थानीय दानबहादुर बोहोराले भने।

उनका अनुसार अब सडकमार्ग हुँदै पैदलै हिँडे पनि सजिलै अर्को गाउँ पुग्न सकिन्छ । भिरालो भू–बनोट, बीचमा ठूला भिर र खोँच भएकाले एक गाउँबाट अर्कोमा जान तल झरेर जानुपर्ने बाध्यता थियो ।

हिँडेर जाँदा पनि फेरो बाटो समात्नुपथ्र्यो । डेढ किमीको बोहोराफाँट–भुल्केपानी–घट्टेखोला ‘लिङ्क रोड’ ले त्यस क्षेत्रका दुई हजार ५०० घरधुरीलाई प्रत्यक्ष लाभ पुग्ने वडाध्यक्ष वीरजङ्ग भण्डारीले बताए । झण्डै १० लाखको लागतमा उक्त सडकको मार्ग खोलिएको हो । नगरपालिकाले चालू आवमा रु छ लाख र गत आवमा डेढ लाख बजेट छुट्याएको थियो ।

बोहोराफाँटदेखि माम्ले हुँदै बराहथानसम्म ‘लिङ्क रोड’ पुर्‍याउने योजना नगरपालिकाको छ । यही वर्ष नगरपालिकाको रु चार लाख बजेटबाट थप मार्ग खोल्ने काम हुँदैछ । ‘वडा नं ३ का सबै गाउँ, बस्तीलाई सडक सञ्जालमा जोड्ने लक्ष्य छ’, वडाध्यक्ष भण्डारीले भने । ग्रामीण सडकको पहुँच विस्तारले सर्वसाधारणको सुविधासँगै पर्यटन प्रवद्र्धन र स्थानीय उत्पादनको बजारीकरणमासमेत टेवा पुग्नेछ ।

सार्वजनिक बस सञ्चालनको योजनासहित ‘लिङ्क रोड’ निर्माण गरिएको छ । मार्ग खुलेको ठाउँमा नियमित बस सञ्चालनका लागि वडा कार्यालयले पहल गरिरहेको छ । घरगाउँमै बस चलेपछि विद्यार्थीलाई समेत विद्यालय आउजाउ गर्न सहज हुने विश्वास गरिएको छ । वडाभित्र पर्ने ऐतिहासिक गलकोट कोतघर, सहस्रधारालगायतका पर्यटकीय गन्तव्य पनि सडक सञ्जालमा जोडिनेछन् ।

प्रकाशित मिति : २४ मंसिर २०७६, मंगलबार  ७ : ४७ बजे

निरन्तरको खोजीपछि चिलिमेको सुरुङभित्र भेटिए चार शव

काठमाडौं–  नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले निरन्तर खोजी तथा

नेप्से परिसूचक दोहोरो अंकले घट्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो

परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले

महासभामा नेपालले जलवायु परिवर्तनको मुद्दा सशक्त रूपमा राख्नुपर्छ : सांसद रेग्मी 

काठमाडौं– रास्वपा सांसद धनन्जय रेग्मीले राष्ट्रसंघको महासभामा नेपालले जलवायु परिवर्तनको

एआई विकास सुस्त बनाउनुपर्ने बहसबीच जुकरबर्गको प्रतिवाद

एजेन्सी– मेटाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गले कृत्रिम बौद्धिकता