फास्टट्रयाकको सुरुङ ४ वर्षभित्र बनिसक्ने « Khabarhub

फास्टट्रयाकको सुरुङ ४ वर्षभित्र बनिसक्ने


२४ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं–तराई/मधेस द्रूतमार्ग (फास्टट्र्याक) निर्माण तीव्र गतिमा चलिरहेको छ । २०८१ वैशाखमा सम्पन्न गर्ने लक्ष्यसहित द्रूतमार्गमा काम अघि बढिरहेको सेनाले जनाएको हो ।

द्रूतमार्ग आयोजनाबारे जानकारी दिन भद्रकालीस्थित जंगी अड्डामा सोमबार आयोजित पत्रकार सम्मेलनमा द्रूतमार्ग आयोजना प्रमुख प्राविधिक सहायकरथी शरदलाल श्रेष्ठले २०८१ वैशाखसम्ममा सम्पन्न हुने जानकारी दिए । उनका अनुसार सो मार्गमा सबैभन्दा जटिल काम सुरुङ निर्माण रहेको छ । चार वर्षभित्र सुरुङ बनिसक्दा सबै काम सकिने छ ।

‘यो आयोजनको जटिल काम भनेकै सुरुङ निर्माण हो, दुबै तर्फबाट गरी सुरुङको काम चार वर्षभित्र सक्ने लक्ष्य छ,’ आयोजना प्रमुख श्रेष्ठले पत्रकारसम्मेलनमा भने, ‘सुरुङ बनिसक्दा अरु सबै निर्माण काम पनि सकिने छ ।’

नेपाली सेनाले सुरुङपछि जटिल मानिएको ठूला पुल निर्माण २०७७ पुसमा सुरु गरेर २०८० मंसिरसम्म सम्पन्न गर्ने लक्ष्य लिएको छ । द्रूतमार्गमा रहने कुल ८७ पुलमध्ये यस्ता पुल १६ वटा छन् । ती पुल निर्माण विदेशी कम्पनीले निर्माण गर्ने छन् ।

त्यस्तै, अन्य ७१ पुल निर्माण भने नेपाली निर्माण कम्पनीले नै गर्ने छन् । यी पुल २०७७ भदौमा सुरु गरेर २०८० पुसमा निर्माण गरिसक्ने सेनाको लक्ष्य छ ।

फास्ट ट्रयाकमा तीन स्थानमा सुरुङ हुनेछ । महादेवडाँडामा ३.३३५ किमी, धेद्रेमा १.६३० किमी र लैनडाँडामा १.४३० किलोमिटर लामो सुरुङ बन्ने छन् । तीन वटा गरी सुरुङको लम्बाई ६.४१ किलोमिटर हुनेछ । सुरुङको काम सकिएलगत्तै ‘फास्ट ट्रयाक’ निर्माण कार्य पनि सकिने जनाइएको छ । सेनाका अनुसार पुल र सुरुङबाहेकका काम भने २०८० असोजमै सकिनेछ । सरकारले २०७४ वैशाखमा चार वर्षभित्र सक्नेगरी फास्टट्र्याक निर्माण जिम्मा सेनालाई दिएको हो । सोही वर्ष जेठमा फास्ट ट्रयाक शिलान्यास र साउनदेखि काम सुरु गरिएको थियो ।

७२.५ किमि फास्टट्र्याक चार लेनको हुने तथा तराई भू–भागमा २७ र पहाडी भू–भागमा २५ मिटर चौडाइको बन्ने छ । फास्ट ट्रयाकमा ५५.५ मिटर सडक, ६.४१ मिटर सुरुङ र १०.५९६ किलोमिटर पुल रहनेछ । ललितपुर खोकना प्रवेशविन्दु रहेको फास्टट्र्याकको अन्तिम विन्दु बारा निजगढ हुने जनाइएको छ ।

प्रकाशित मिति : २४ मंसिर २०७६, मंगलबार  ७ : ५८ बजे

निरन्तरको खोजीपछि चिलिमेको सुरुङभित्र भेटिए चार शव

काठमाडौं–  नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले निरन्तर खोजी तथा

नेप्से परिसूचक दोहोरो अंकले घट्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो

परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले

महासभामा नेपालले जलवायु परिवर्तनको मुद्दा सशक्त रूपमा राख्नुपर्छ : सांसद रेग्मी 

काठमाडौं– रास्वपा सांसद धनन्जय रेग्मीले राष्ट्रसंघको महासभामा नेपालले जलवायु परिवर्तनको

एआई विकास सुस्त बनाउनुपर्ने बहसबीच जुकरबर्गको प्रतिवाद

एजेन्सी– मेटाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गले कृत्रिम बौद्धिकता