के हो टुकी फूल ? यस्ता हुन्छन् औषधीय गुण « Khabarhub

के हो टुकी फूल ? यस्ता हुन्छन् औषधीय गुण


२४ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

जहीँतहीँ पाइने टुकी फूल सबैले देखेको भए पनि यसमा पाइने औषधीय गुणका विषयमा सवैलाई जानकारी नहोला ।

नेपालीमा टुकी फूल नाम भएपनि ठाउँअनुसार यसलाई फरक-फरक नामले चिनिन्छ । अंग्रेजी नाम Dandelion भएको यो वनस्पति खेतबारीका डिल, कान्ला, चउर लगायतका ठाउँमा सहजै पाइन्छ ।

यो बोटमा धेरै किसिमका रोगहरु ठिक पार्ने औषधीय गुण हुन्छ । पाथ्रा वर्गमा पर्ने यो बोट हेर्दा राम्रो र आकर्षक फूल जस्तो देखिन्छ । तर यो फूल मात्र नभइ महत्वपूर्ण जडिबुटी हो। विशेष गरी टुकी फूलमा भिटामीन ए, भिटामीन सी, आइरन, क्यल्सियम जस्ता तत्वहरु पाइन्छन्।

टुकी फूल फागुन चैत तिर नयाँ पालुवाको रुपमा जमिन बाट निस्किन्छ र वैषाख जेठको समयमा फुल्दछ यसको फूल पहेलो रङको हुन्छ । फूल यो विस्तारै भुवामा परिणत हुन्छ भने भुवासगै स-साना बिजहरु पनी हुन्छन् । अलिकति ठूलो किसिमको हावाको झोक्कामा भुवामा परिणत भएको फूल आफै झर्छन्, हावाले उडाएर टाढासम्म समेत पुर्‍याउँछ ।

टुकी फूलको जरा, पात, काण्ड, फूल, बिज पुरै भागहरु दवाइको रुपमा प्रयोग गर्न सकिन्छ। यस्को स्वाद हल्का तितो र टर्रो खालको हुन्छ। यसको बोटलाई पिसेर जुसका रुपमा प्रयोग गर्न सकिन्छ ।

टुकी फूलका औषधीय गुणहरु

– टुकी फूललाइ धेरै रोगहरुमा जडिबुटीको  रुपमा प्रयोग गर्न सकिन्छ । जस्तै कलेजोका रोग, दीर्घ खालको हेपटाइटिस, बारम्बार ज्वरो आइरहने, मृगौलाको रोग, पिसाव पोल्ने वा पिसाव फेर्दा अफ्ठ्यारो हुने, कुष्ठरोग, वाथ, अपज, कब्जियत, पेट दुखेको, पेटमा जुका परेको, रगत सफा गर्नलगायतमा प्रयोग गर्न सकिने आयुर्वेदले जनाउँछ ।

– खान मन नलाग्ने बिरामीहरुका लागि भोग जगाउन, जोर्नी कडा भइ चलाउन गाह्रो हुने, निद्रा नलाग्ने, जन्डिसजस्ता रोगहरुमा टुकी फूलको प्रयोग गर्न सकिन्छ।

– मुटु रोगीहरुले टुकी फूलको चिया बनाइ सेवन गर्नाले फाइदा पुग्ने गर्दछ । गर्भवती र रजस्वला बन्द भएको महिलाहरुको लागि यसको प्रयोग महत्वपूर्ण मानिन्छ ।

– टुकी फूललाई वसन्त ऋतुको समयमा कलिलै निकाल्नु सबैभन्दा राम्रो हुन्छ । यसको विरुवाको डांठले मधुमेह रोगलाई हटाउने, पाचन प्रणालीमा सुधार गर्ने, पेटसम्बन्धि समस्याहरुलाई निराकरण गर्ने काम गर्दछ ।
–  यस फूलको पातमा पोषण तत्व प्रचुर मात्रामा पाइन्छ हुँदा पातको प्रयोगले स्वस्थ देखिनुका साथै शरीरलाई आवश्यक पौष्टिक तत्वको परिपूर्ति हुने गर्छ ।

– टुकी फूलको जराको प्रयोगले क्यान्सर र अरु स्वास्थ्यसम्बन्धि समस्याहरु निराकरण हुने गर्छ । जरालाई खुर्केर काटिसकेपछि १५ दिनको लागि सुख्खा ठाउँमा त्यसै छोड्नुहोस् । त्यसपछि यो ताजा देखिन्छ र त्यसलाई एउटा भाँडोमा हालेर चिसो ठाउँमा राख्नुहोस् । त्यसपश्चात यसको प्रयोग गर्नुहोस् ।

–  टुकी फूलको जराको प्रयोग कलेजो, मृगौला, पित्तथैलीका लागि फाइदाजनक मानिन्छ । त्यसैगरी यसले छाला सुनिने, कलेजो सुनिने ( हेपाटाइटिस ), घाउहरु र अन्य रोगहरुबाट बच्न मद्धत गर्दछ । यसले स्तनसम्बन्धी समस्याहरु तथा महिलाको विभिन्न रोगहरु निवारणमा फलदायी मानिन्छ ।

टुकी फूलको रस बनाउने तरिका

आवश्यक सामाग्री
१० ४०० वटा टुकी फूल
२० ४ वटा काटेको कागती
३० ४ वटा काटेको सुन्तला
४० ३ लिटर पानी

माथिका सबै सामाग्रीहरुलाई पानीमा हालेर २४ घण्टासम्म त्यसै छोड्नुहोस् । त्यसपछि यसमा थोरै चीनी हालेर २ मिनेटसम्म पकाउनुहोस् । अनि मिश्रण बाक्लो देखिएपछि निकालेर सफा भाँडोमा खन्याउनुहोस् । यसको प्रयोग चिसोबाट बच्न र श्वासनलीसम्बन्धि समस्याहरुको लागि प्रयोग गर्न सकिन्छ ।

टुकी फूलको चिया बनाउने तरिका

टुकीको फूलको सुख्खा जरालाई स-सानो टुक्रा बनाई पानीमा मिसाएर चिया बनाउने गरिन्छ । १ ठूलो चम्चा टुकी फूलको जरालाई १ गिलास पानीमा मिसाएर चिया बनाई पिउनाले विभिन्न रोग निको हुने गर्छन् । शरीरको प्रतिरक्षा प्रणाली समेत बलियो बन्छ ।

प्रकाशित मिति : २४ मंसिर २०७६, मंगलबार  ८ : ४७ बजे

गरिब र निमुखाका लागि सहकारी : मुख्यमन्त्री बानियाँ

चितवन– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सहकारीलाई उत्थान गर्न सके

गेटा अस्पताल र पाठ्यपुस्तक छपाइबारे शिक्षामन्त्रीको चासो

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले जनक शिक्षा सामग्री

सरकारी सूचना प्रकाशन र प्रसारण निर्णय सच्चाउन सरकारलाई तीन दिने अल्टिमेटम

काठमाडौं– नेपाल पत्रकार महासंघले सरकारी सञ्चारमाध्यममा मात्र सरकारी सूचना प्रकाशन

प्रधानमन्त्रीको वाचा : सम्भव भएसम्म सबै समस्याको समाधान गर्छु 

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले गण्डकी प्रदेशका सांसदहरूसँग छलफल

अष्ट्रेलियाले औषधि शुल्कबारे अमेरिकासँग वार्ता नगर्ने

क्यानबेरा– अष्ट्रेलियाली सङ्घीय सरकारले औषधिमा दिइँदै आएको सहुलियत योजनामा कुनै