सागको फुटबलमा स्वर्णका लागि नेपाल र भुटान भिड्दै « Khabarhub

सागको फुटबलमा स्वर्णका लागि नेपाल र भुटान भिड्दै



काठमाडौं – पहिलो पटक दक्षिण एसियाली खेलकुद (साग) को फाइनलमा पुगेको पाहुना टोली भुटानसँग नेपाल स्वर्णका लागि खेल्दैछ।

दशरथ रंगशालामा हुने १३ औैं सागको फाइनलमा खेल्न लागेको नेपाल लगातार दोस्रो तथा सागमा चौथोपटक स्वर्ण जित्ने लक्ष्यमा छ।

५ जना अनुभवी खेलाडीको साथ र कमजोर मानसिकतामा रहेको भुटानलाई दर्शकको अगाडि पराजित गर्ने योजना नेपालले बनाएको छ।

‘हामी चौथोपटक सागमा स्वर्ण जित्ने लक्ष्यमा छौं । मलाई विश्वास छ हाम्रा खेलाडीले राम्रो खेल्दै स्वर्ण रक्षा गर्नेछन,’ मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले भने ।

महर्जनसहित अहिलेको प्रशिक्षकहरुमा अन्य तीन जना प्रशिक्षक पनि सागका स्वर्ण विजेता हुन्। महर्जनसँगै सहायक प्रशिक्षक राजेश मान्नधर, म्रिगेन्द्र महर्जन र राखेपका प्रशिक्षक मिलन भक्त हाडा नेपालले सन् १९९३ मा स्वर्ण सजत्दाका खेलाडी हुन् ।

यस्तै, विक्रम लामा, गोलकिपर विकेश कुथु, डिफेन्डर अनन्त तामाङ र कप्तान सुजल श्रेष्ठ यसअघिको १२ औैं साग नेपालले स्वर्ण जित्दा टोलीमा महत्वपूर्ण खेलाडीका रुपमा रहेका थिए। लगातार दोस्रो स्वर्ण जित्ने लक्ष्य बनाएको नेपालले यो संस्करणमा अपराजित रहँदै फाइनल पुगेको छ।

लिग चरणमा भुटानमाथि ४–० गोलको फराकिलो जित हात पारेको नेपालले श्रीलंकासँग बराबरी खेलेको थियो ।

दक्षिण एसियाली देशहरुमा भुटान तुलनात्मक रुपमा कमजोर टोली हो। अहिलेसम्मको उसको विगत हेर्ने हो भुटान सागको इतिहासमा पहिलोपटक फाइनल पुगेको हो।

कप्तान चेन्चोले नेपाली भूमि आफ्ना लागि ‘लक्कि’ रहेको प्रतिक्रिया दिएका छन्। नेपालविरुद्व अन्तर्रास्ट्रिय डेब्यु गरेका उनले पोखरामा खेलेको पहिलो खेलमा डेब्यु गोल गरेका थिए।

नेपालविरुद्धको खेलमा भुटान नयाँ कीर्तिमान बनाउने लक्ष्यसहित मैदान उत्रिनेछ । पहिलो पटक सागको फाइनलमा स्थान बनाउँर्द कीर्तिमान बनाइसकेको भुटान नेपालमा पहिलो स्वर्ण जित्ने लक्ष्यमा छन् ।

१३ औं सागमा भुटानले स्वर्ण पदक कुनै पनि खेलमा जित्न सकेको छैन् । तर, फुटबलको फायनलमा पुगेको भुटान स्वर्ण तालिकामा पनि अंक थप्ने लक्ष्यमा छ ।

पछिल्लो समय भुटानको फुटबलले नयाँ धार समातेको छ । उमेर समूहदेखि राष्ट्रिय टोलीमै भुटान बलियो बन्दै गएको देखिन्छ ।

नेपालले भुटानलाई कमजोर नआक्ने प्रशिक्षकले यसअघि नै बताइसकेका छन् । ‘हामी कुनै पनि विपक्षीलाई कमजोर रुपमा लिँदैनौं । भुटानसँग हामी स्वर्णका लागि लड्ने छौं,’ महर्जनले भने ।

नेपाल र भुटानबीचको खेल आज दिउँसो ३ बजे दशरथ रंगशालामा हुनेछ । फाइनल सँगै सागको समापन पनि आजै हुनेछ भने १४ औं साग आयोजनाका लागि पाकिस्तानलाई झण्डा हस्तान्तरण गर्दै साग नेपालबाट बिदा हुनेछ ।

प्रकाशित मिति : २४ मंसिर २०७६, मंगलबार  ९ : २१ बजे

अध्यक्ष ओलीलाई ध्यानाकर्षण पत्र बुझाइयो 

काठमाडौं– छापा माध्यम बचाउ सुझाव कार्यदलले लोककल्याणकारी विज्ञापनबापत उपलब्ध गराइने

उत्तरी नाइजेरियामा ६ जना धार्मिक गुरु अपहरण

जाम्फारा, नाइजेरिया- उत्तरी नाइजेरियाको जाम्फारा राज्यमा हतियारधारी समूहले ६ जना

छिमेकमा ब्रिक्स सम्मेलन : नेपाल न टेबलमा, न मेनुमा ?

काठमाडौं- नयाँ दिल्लीमा शनिबार र आइतबार दुई दिनसम्म चलेको १८औँ

विश्व अर्थतन्त्र सुधार्न दिल्लीमा शक्तिराष्ट्रको कसरत, नेपाल बेखबर

भारतको राजधानी नयाँ दिल्लीमा विश्व अर्थतन्त्र र बदलिँदो भू–राजनीतिक शक्तिसन्तुलनसँग

रसुवा बाढीले क्षतिग्रस्त महादेव फाँट-छबिसे सडक निर्माण तीव्र (तस्बिरहरू)

धादिङ– रसुवामा आएको बाढीका कारण त्रिशूली नदीले सडक कटान गरेपछि