१४ औं साग पाकिस्तानमा हुने « Khabarhub

१४ औं साग पाकिस्तानमा हुने


२४ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- १४औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता पाकिस्तानमा हुने निश्चित भएको छ ।

दक्षिण एसियाली ओलम्पिक काउन्सिलको २३ मंसिरमा बसेको बैठकले सागको अर्को संस्करण पाकिस्तानमा गर्ने सर्वसहमतिले निर्णय गरेको हो ।

बैठक दक्षिण एसियाली ओलम्पिक काउन्सिलका अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षतामा बसेको थियो । सन् २०२१ मा साग गर्ने भए तापनि अबको ६ महिनापछि पाकिस्तानमा बैठक बसी अर्को सागको मिति तोक्ने निर्णय गरिएको छ ।

त्यसैगरी, दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठक नेपालमा नै राख्ने निर्णय भएको नेपाल ओलम्पिक कमिटीका अध्यक्ष तथा सांसद जीवनराम श्रेष्ठले बताए ।

‘सबै देशका लागि सहज हुने भएकाले नेपालमा नै सचिवालय राख्ने निर्णय भएको छ,’ उनले भने । दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठकले १३औं साग सफलताका साथ सम्पन्न गरेकोमा १३औं साग आयोजक समिति, नेपाल तथा दक्षिण एसियाका सबै राष्ट्रिय ओलम्पिक कमिटीलाई धन्यवाद ज्ञापनसमेत गरेको छ ।

प्रकाशित मिति : २४ मंसिर २०७६, मंगलबार  ९ : ३० बजे

उदयपुरमा रुखको हाँगाले लागेर महिलाको मृत्यु

उदयपुर – रुखको हाँगाले लागेर एक जनाको मृत्यु भएको छ

काठमाडौँको तापक्रम २.४ डिग्रीमा झर्‍यो, अन्य तीन ठाउँमा माइनसमा तापक्रम

काठमाडौं – नेपालमा पछिल्लो समयमा तापक्रम घट्दो क्रममा रहेकामा आज

सामाजिक अभियन्ता आशिका तामाङले घोषणा गरिन् स्वतन्त्र उम्मेदवारी

काठमाडौं- सामाजिक अभियन्ता आशिका तामाङले प्रतिनिधिसभाको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी घोषणा

एनआईसी एशिया बैंकको लकर सेवामा ग्राहकका लागि ३० प्रतिशत छुट 

काठमाडौं– एनआईसी एशिया बैंकले ग्राहकको बहुमूल्य सामान तथा महत्त्वपूर्ण कागजातहरू