घट्दै एचआइभी सङ्क्रमित | Khabarhub Khabarhub

घट्दै एचआइभी सङ्क्रमित


२४ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी- एचआइभी सङ्क्रमितको क्षेत्रमा सुदुरपश्चिम प्रदेशको तेस्रो जिल्लाका रुपमा रहेको डोटीमा पछिल्लो समय सङ्क्रमित सङ्ख्या घट्न थालेको छ । पछिल्लो तथ्याङ्क हेर्दा सङ्क्रमितको सङ्ख्या घट्न थालेको बताइएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार जिल्लामा कूल ९९४ सङ्क्रमित देखिएकामा हाल ७९९ ले एआरटी औषधि सेवन गरिरहेका छन् भने १७२ को मृत्यु भइसकेको छ । पछिल्ला तीन वर्षयताको तथ्याङ्क हेर्दा एचआइभी सङ्क्रमितको सङ्ख्या घट्दो क्रममा रहेको देखिएको छ ।

आर्थिक वर्ष २०७३/७४ मा ४०, २०७४/७५ मा ३५ र २०७५/७६ मा २९ एचआइभी सङ्क्रमित रहेका जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश मलासीले बताए। उनले भने, ‘जिल्लामा एचआइभी सङ्क्रमितको उपचारमा उल्लेख्य प्रगति भएका कारण सङ्क्रमितको सङ्ख्या घट्दै गएको छ तर अर्थाभावका कारण दैनिक जीवनयापनमा भने समस्या परिरहेको छ ।’ जिल्लामा हाल नियमित एआरटी सेवन गरिरहेका सङ्क्रमित अन्य स्वस्थ मानिससरह रहेको उनले जानकारी दिए ।

राज्यले एचआईभी सङ्क्रमितका सवालमा केन्द्रित रहेर कुनै कार्यक्रम ल्याउन नसक्दा जिल्लाका सङ्क्रमित दुखःमा पर्ने गरेका सङ्क्रमितको जिल्लास्तरीय सञ्जाल लालीगुराँस एकता समाजका अध्यक्ष कमला मल्लले बताए ।

उनले भने, ‘हामीलाई राज्यका सबै क्षेत्रबाट बेवास्ता गरिएको छ, गाउँघरमा एचआइभी सङ्क्रमितका समस्या जस्ताका त्यस्तै छन्, सङ्क्रमितका समस्यामा ध्यान दिन जरुरी छ ।’ पछिल्लो समय देशमा शासकीय संरचना परिवर्तन भएसँगै स्थानीय तहले बजेट निर्माणमा एचआइभी सङ्क्रमितका समस्यालाई सम्बोधन गर्न नसकेको गुनासो पूर्वीचौकी गाउँपालिकाकी एचआइभी सङ्क्रमित रमा कुँवरको छ ।

सङ्क्रमितको सङ्ख्या धेरै भएकाले उनीहरुका समस्या समाधानमा सबै क्षेत्रले ध्यान दिन आवश्यक रहेको एचआइभीको क्षेत्रमा कार्यरत संस्था सामुदायिक विकास मञ्चका लघुउद्यम विकास अधिकृत डिलबहादुर सिंहले बताए ।

त्यस्तै छिमेकी जिल्ला अछाममा आर्थिक वर्ष २०६५/६६ मा २२२, २०६६/६७ मा ९३, २०६७/६८ मा १३०, २०६८/६९ मा ९९, २०६९/७० मा ८६, २०७०/७१ मा ८१, २०७१/७२ मा ७३, २०७२/७३ मा ६६ र आव २०७३/७४ मा ६७ नयाँ एचआइभी सङ्क्रमित भेटिएका जिल्ला स्वास्थ्य कार्यालय अछामको तथ्याङ्कमा उल्लेख छ ।

तथ्याङ्कअनुसार जिल्लामा हाल एक हजार ५६७ एचआइभी सङ्क्रमित पत्ता लागेका छन् । पत्ता लागेका बिरामी पछिल्लो समय कहीँ पनि नभेटिएकाले दोहोरिएर आउने बिरामी बढी भएका हुनसक्ने बढी छन् । विभिन्न सरकारी तथा गैरसरकारी संस्थाले गरेको अध्ययनअनुसार डोटीमा पत्ता लागेका एचआइभी सङ्क्रमितमा कामका लागि भारत गएर फर्केका र उनीहरुका श्रीमतीमा बढी देखिने गरेको छ ।

प्रकाशित मिति : २४ मंसिर २०७६, मंगलबार  १० : १८ बजे

एट्लेटिको माड्रिडको पोस्टमा आर्सनलको चार गोल

काठमाडौं – आर्सनलले एट्लेटिको माड्रिडमाथि सहज जित निकालेको छ। आर्सनलले

च्याम्पियन्स लिग : एर्लिङ चम्किँदा म्यानचेस्टरको सानदार जित

काठमाडौं – एर्लिङ हालान्ड चम्किँदा गएराति म्यानचेस्टर सिटीले भिल्लारियलविरुद्ध सानदार

नेपाल संवत् नेपाली गौरव, सभ्यता र परोपकारको प्रतीक हो : प्रधानमन्त्री कार्की

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले नेपाल संवत् नेपाली गौरव, सभ्यता

तिहारको पाँचौ दिन गाई पूजा गरिँदै

काठमाडौं – कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको पाँचौ

निर्वाचनका लागि आवश्यक वातावरण बनाउन माओवादीको आग्रह

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले आगामी फागुन २१