‘म यस्तो गाउँछु’ पल र पूजाका लागि किन चल्नुपर्छ? « Khabarhub

‘म यस्तो गाउँछु’ पल र पूजाका लागि किन चल्नुपर्छ?


२४ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फागुन २३ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘म यस्तो गीत गाउँछु २’ मा पल शाह र पूजा शर्माको शीर्ष भूमिका छ । यसअघि ‘म यस्तो गीत गाउँछु’ व्यावसायिक रुपमा सफल भएपछि निर्देशक सुदर्शन थापा यो फिल्म निर्माणमा हौसिएका थिए ।

निर्माण टिमका अनुसार यो फिल्म पूर्ण रुपमा प्रेमकथामा आधारित हुनेछ । ‘म यस्तो गीत गाउँछु २’ पल र पूजा दुवैका लागि महत्त्वपूर्ण फिल्म पनि हो ।

‘म यस्तो गीत गाउँछु’ पछि पल र पूजाले केही फिल्म दिए । तर, ती फिल्म व्यावसायिक रुपमा सफल बन्न सकेनन् । जबकि, दर्शकले पल र पूजाको जोडीलाई ‘म यस्तो गाउँछु’ मा रुचाएका थिए ।

पछिल्लो समय पल शाहको शीर्ष भूमिका रहेको फिल्म ‘वीर विक्रम २’ प्रदर्शनमा आयो । फिल्ममा उनले वर्षा शिवाकोटीसँग जोडी बाँधेका थिए ।

यता पूजाले पनि ‘पोई पर्‍यो काले’ मा काम गरिन् । फिल्म नराम्रोसँग पत्तासाफ भयो । फिल्ममा सौगात मल्ल, आकाश श्रेष्ठजस्ता कलाकार पनि थिए ।

पल र पूजा दुवैले पछिल्लो समय सफल चलचित्र दिन सकेका छैनन् । त्यसो त खरो अभिनय भएका कलाकारका रुपमा दुवैले परिचय बनाउन सकेका छैनन् । यद्यपि फिल्मले व्यावसायिक सफलता हात पार्नु पनि एक हिसाबले कलाकारका लागि बाँच्ने आधार हो ।

औसत अभिनय गरेर पनि चर्चामा आउने पल र पूजाले ‘म यस्तो गीत गाउँछु २’ मा अभिनय सुधारेर गतिलो फिल्म दिनेछन् भन्नेमा त धेरैले आशा गरेका छैनन् । तर, कम्तिमा एक खालका दर्शकलाई फिल्म मन परेर लगानी उठाउन सक्यो भने पनि ठूलो राहत हुनेछ ।

प्रकाशित मिति : २४ मंसिर २०७६, मंगलबार  १२ : २० बजे

इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी गर्दै अमेरिका

वासिङ्टन- अमेरिकाले इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी थालेको समाचार संस्था

हराउँदै ढिँकीको ‘ढुक…ढुक…’

लमजुङ– कुनै समय लमजुङका गाउँमा बिहानको सन्नाटालाई ढिँकीको ‘ढुक…ढुक…’ आवाजले

नोबेल शान्ति पुरस्कारमा ट्रम्पको दाबी

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल शान्ति

सरकार गठन भएको ५५ दिनसम्म पनि बजेट नल्याएकामा कांग्रेसको आपत्ति

सुदूरपश्चिम– नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले आपत्ति जनाएको छ । सरकार

‘राज्य, निजी क्षेत्र र समग्र समाजको साझा राष्ट्रिय संकल्पबाट मात्र समृद्ध नेपाल निर्माण सम्भव’

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले समृद्ध नेपाल निर्माण सरकार वा कुनै