कोठामा भेट्न बोलाएर युवतीले गरिन् आफ्नै प्रेमीको लिङ्ग छेदन « Khabarhub

कोठामा भेट्न बोलाएर युवतीले गरिन् आफ्नै प्रेमीको लिङ्ग छेदन


२४ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको कपनमा एक युवतीले आफ्ना प्रेमीलाई कोठामा बोलाएर उनको लिङ्ग छेदन गरिदिएकी छन् ।

काठमाडौं महानगरपालिका–६ डेरा गरी बस्ने १९ वर्षीया युवतीले २१ वर्षका आफ्ना प्रेमीलाई कोठामा भेट्न बोलाएर लिङ्ग छेदन गरिदिएकी प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी बृत्त बौद्धले लिङ्ग छेदन गर्ने युवतीलाई पक्राउ गरेर अनुसन्धान शुरु गरेको छ ।

प्रहरीसँगको बयानका क्रममा युवतीले प्रेमी युवकले विहेको प्रस्ताव अस्वीकार गर्दा उनको लिङ्ग छेदन गरिदिएको बताएकी छन् ।

फरक धर्मको भएका कारण युवकले घरबाट आफूहरुको विवाहलाई मान्यता नदिने समस्या रहेको भन्दै विवाह गर्न नसकिने जवाफ युवतीलाई दिएका थिए ।

बौद्धमा रहेको ह्यायात होटलमा काम गर्ने दुवै जना करिब एक–डेढ वर्षदेखि प्रेममा रहेका जनाइएको छ ।

पछिल्लो समय युवतीले विवाहका लागि ‘कर’ गर्न थालेपछि युवकले उनीसँग फोन सम्पर्क गर्न समेत छाडेका थिए ।

तर, सोमबार राति प्रेमिकाले अन्तिम पल्ट भएपनि भेट्नका लागि कोठामा आउ न भन्दै बोलाएकी थिइन् ।

कोठामा दुवैजनाबीच त्यस्तो कुनै विवाद भएको नदेखिए पनि युवतीले चक्कुले युवकको लिङ्ग छेदन गरिदिएकी देखिएको प्रहरीले जनाएको छ ।

लिङ्ग छेदन गरिएका युवाको अहिले काठमाडौंको चावहिलस्थित ओम अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको छ ।

प्रहरीले पक्राउ परेकी युवतीमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति : २४ मंसिर २०७६, मंगलबार  १ : ०२ बजे

शिक्षा पोखरेलको सम्पत्ति : घरजग्गा, सेयर र सवारीसहित २४ करोड

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलको कुल

मन्त्री सोविता गौतमको सम्पत्ति : १० लाख बैंक मौज्दात, १ तोला हिरा र १५ तोला सुन

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमको

ऊर्जामन्त्री श्रेष्ठसँग १५ तोला सुन र ५८ लाख रुपैयाँ बैंक मौज्दात

काठमाडौं- सरकारले सार्वजनिक गरेको पछिल्लो सम्पत्ति विवरणअनुसार ऊर्जामन्त्री विराजभक्त श्रेष्ठसँग

मन्त्री सीता वादीको सम्पत्ति : २० कुखुरा र एउटा कुकुर, बैंकमा १५ लाख मौज्दात

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता वादीसँग

गृहमन्त्री गुरुङको नाममा १९ रोपनी जग्गा, ८९ तोला सुन र ६ किलो चाँदी

काठमाडौं- गृहमन्त्री सुधन गुरुङको नाममा उल्लेख्य मात्रामा जग्गा र सुनचाँदी