२८ वर्षमा १३० प्रतिशतले बढ्यो नेपालको प्रतिव्यक्ति आय | Khabarhub Khabarhub

२८ वर्षमा १३० प्रतिशतले बढ्यो नेपालको प्रतिव्यक्ति आय


२४ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्ला २८ वर्षमा नेपालको प्रतिव्यक्ति कूल राष्ट्रिय आय १३०.५ प्रतिशतले बढेको देखिएको छ ।

शिक्षा, स्वास्थ्य एवम् रोजगारीका क्षेत्रमा भएको सकारात्मक प्रयासले नेपालको प्रतिव्यक्ति कूल राष्ट्रिय आयमा उल्लेख सुधार आएको देखिएको हो ।

संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) ले मंगलबार मानव विकास प्रतिवेदनमा नेपालीको प्रतिव्यक्ति वार्षिक आयमा वृद्धि भएको उल्लेख गरिएको छ ।

प्रतिवेदनमा सन् १९९० देखि २०१८ बीचमा नेपालीको प्रतिव्यक्ति वार्षिक आयमा करिब १३०.५ प्रतिशतले वृद्धि भएको उललेख छ ।

नेपालको मानव विकास सुचकाङ्क मूल्य र श्रेणी मानव विकास सुचकाङ्क मूल्य सन् २०१८ का लागि ०.५७९ छ । जसअनुसार मानवि विकास सुचकाङ्क श्रेणीमा नेपाल १८९ देशमध्ये १४७ औँ स्थानमा रहेको छ ।

मानव विकास सूचकाङ्कका हिसावले नेपालको अफ्रिकी मुलुक केन्याको बराबर रहेको छ ।

सन् १९९० देखि २०१८ सम्ममा, नेपालको मानव विकास सुचकाङ्क मूल्य ०.३८० देखि ०.५७९ वृद्धि भएको थियो । यूएनडीपीका अनुसार जुन समान ०.५२ प्रतिशतले वृद्धि भएको देखिन्छ ।

सन् १९९० देखि २०१८ सम्ममा, नेपालमा जन्मदरको औसत आयु १६.१, विद्यायल शिक्षाको मध्यम वर्ष २.८ र विद्यालय शिक्षाको अपेक्षित वर्ष ४.७ वर्षले वृद्धि भएको पनि यूएनडीपीको प्रतिवेदनमा उल्लेख छ ।

मानव विकास सूचकाङ्क प्रतिवेदनअनुसार दक्षिण एशियाली मुलुकमध्ये भारत १२९औँ स्थानमा छ । भूटान १३४ स्थानमा रहँदा बंगलादेश १३५, पाकिस्तान १५२औँ स्थानमा रहेको छ । यूएनडीपीले अति उच्च मानव विकास सूचकाङ्क, उच्च मानव विकास सूचकाङ्क, मध्यम मानव विकास सूचकाङ्क र न्यून मानव विकास सूचकाङ्कमा विभाजन गरेको छ । त्यसमध्ये नेपाल भने मध्यम मानव विकास सूचकाङ्कमा समावेश छ ।

मानव विकास सूचकाङ्कले मापन गरेझैं मानव विकास प्रगति दुई वा बढी देशबीचको तुलनाका लागि उपयोगी रहने देखिएको छ । सन १९९० देखि २०१८ सम्मको अवधिमा नेपाल, बङ्गलादेश र पाकिस्तानले आ–आफ्नो मानव विकास सूचकाङ्क वृद्धि गर्ने सन्दर्भमा छुट्टाछुट्टै तहको प्रगति हासिल गरेको प्रतिवेदनमा उल्लेख छ ।

नेपालको सन् २०१८ को ०.५७९ को मानव विकास सूचकाङ्क मध्यम मानव विकास समूहका देशको औसत ०.६३४ भन्दा न्यून छ र दक्षिण एसियाली देशको औसत ०.६४२ भन्दा कम छ । दक्षिण एसियाको सन्दर्भमा, मानव विकास श्रेणी २०१८ र केही हदसम्म नेपाली जनसंख्यासँग समानता राख्ने अफगानिस्तान र श्रीलंकाको मानव विकास सूचकाङ्क श्रेणी १७० र १७१ मा समावेश छ ।

नेपालको औसत आयु ७०.५ वर्ष रहँदा अफगानिस्तान ६५.५ र श्रीलंकाको ७६.८ वर्ष रहेको छ । प्रतिव्यक्ति कूल राष्ट्रिय आय सन् २०११ मा प्रति व्यक्ति अनुपात अमेरिकी डलरमा नेपालको २ हजार ७ सय ४८ रहँदा अफगानिस्तान १ हजार ७४६ र श्रीलंकाको ११ हजार ६११ अमेरिकी डलर रहेको छ ।

असमानता समायोजन मानव विकास सूचकाङ्क मुख्य गरी असमानता छुट दिने मानव विकास सूचकाङ्क हो । असमानताका कारण मानव विकासमा देखिने ‘नोक्सानी’ मानव विकास सूचकाङ्क र असमानता समायोजन मानव विकास सूचकाङ्कबीचको अन्तरले प्रस्तुत गर्ने प्रतिवेदनमा उल्लेख छ ।

असमानता समायोजन मानव विकास सूचकाङ्क १५० देशमा गणना गरिन्छ । श्रीलंकाको असमानताका कारण १२.१ प्रतिशत नोक्सानी देखाएको छ । मध्यम मानव विकास सूचकाङ्क देशको औसत नोक्सानी २५.९ प्रतिशत रहेको छ भने दक्षिण एसियाका लागि २५.९ प्रतिशत छ । नेपालको हकमा भने मानव असमानता गणाङ्क २४.९ प्रतिशत बराबर रहेको छ ।

बहुआयामिक गरिबी सूचकाङ्क, मानव विकास सूचकाङ्क सन् २०१० देखि शुरु भएको हो । त्यसमा स्वास्थ्य, शिक्षा र जीवनस्तर समेटिन्छ । स्वास्थ्य र शिक्षाका आयाम दुई–दुई सूचकमा आधारित हुन्छन् भने जीवनस्तरमा ६ आयाम रहन्छन् ।

नेपालको कूल जनसंख्यामध्ये ३४ प्रतिशत जनता बहुआयामिक गरिब छन् भने २२.३ प्रतिशत जनता बहुआयामिक गरिबीप्रति संवेदनशील भनेर वर्गीकरण गरिएको छ । नेपालमा अभावको आयातन ४३.६ प्रतिशत छ ।
प्रतिदिन १.९० अमेरिकी डलर क्रय शक्ति अनुपातभन्दा न्यून अवस्थामा जीवनयापन गरिरहेका जनसङ्ख्यालाई बहुआयामिक गरिबीका रुपमा लिइन्छ । आय गरिबीको रेखाभन्दा माथि रहेका जनसङ्ख्याले स्वास्थ्य, शिक्षा र जीवनस्तरमा अभाव सामना गर्न पुगेका छन् ।

१८९ मुलुक मध्ये मानव विकास सूचकांकको पहिलो नम्बरमा भने नर्वे रहेको छ । त्यसैगरी दोस्रोमा स्वीट्जरल्याण्ड, तेस्रोमा आयरल्याण्ड छन् । छिमेकी मुलुक भारत १२९ स्थानमा रहेको छ भने चीन ८५ औं स्थानमा रहेको छ ।

प्रकाशित मिति : २४ मंसिर २०७६, मंगलबार  ५ : १२ बजे

रसुवाको बाढीमा १२ नेपाली र ६ चिनियाँ बेपत्ता, ९ जनाको उद्धार

रसुवा– रसुवामा आएको बाढीमा परी १२ नेपाली र ६ चिनिया

भोटेकोशी बाढी : राहत र उद्धारमा सक्रिय बन्न कार्यकर्तालाई प्रचण्डको निर्देशन

काठमाडौं – पूर्व प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल

बाढीले २ सय मेगावाट बिजुली रोकियो, रसुवागढी र त्रिशूली थ्री ‘ए’ तत्काल सञ्चालनमा नआउने 

रसुवा– चीनतर्फबाट केरुङ र लेन्देखोलामा आएको भीषण बाढीका कारण रसुवास्थित

भोटेकोशीको बाढीको असर : कहाँ-कहाँ हुन्छ जोखिम ?

काठमाडौं – चीनको तिब्बत क्षेत्रमा भारी वर्षापछि भोटेकोशी नदीमा ठुलो

रसुवा बाढी अपडेट : हाइड्रोपावरमा क्षति, सडकहरू अवरुद्ध, सवारी साधन बगे 

काठमाडौं– नेपाल–चीनको सिमानाको ल्हेन्दे खोलामा गए राति आएको भीषण बाढीले