पोखरामा म‌ंसिर २७ देखि लिटरेचर फेस्टिभल « Khabarhub

पोखरामा म‌ंसिर २७ देखि लिटरेचर फेस्टिभल


२४ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाेखरा – आठौं संस्करणको आइएमई नेपाल साहित्य महोत्सव पोखरामा हुने भएको छ । मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा महोत्सवबारे जानकारी दिइयो ।

यही मङ्सिर २७ देखि ३० गतेसम्म पोखराको लेकसाइडस्थित बाराहीघाटमा हुने महोत्सवलाई बुकवर्म फाउन्डेसन र र्‍याण्डम रिडर्स सोसाइटीले संयुक्त रुपमा आयोजना गरेका हुन् ।

अघिल्ला संस्करणमा झैं यस वर्ष देशविदेशका ११० भन्दा बढी साहित्यकार, लेखक, पत्रकार, कलाकार, सम्पादक, सेलिब्रेटी एवम् विशिष्ट व्यक्तित्वलाई कार्यक्रममा निम्त्याउने आयोजकले जनाएको छ । आयोजकका अनुसार ३५ भन्दा बढी सेसन र थप रोचक सामग्री रहनेछन् ।

आयोजकले दैनिक हजारौं साहित्यप्रेमी भेला हुने विश्वास लिएको छ ।

साथै यस वर्ष महोत्सवमा दक्षिण एसियाली साहित्यकै सर्वोत्कृष्ट एवम् गरिमामय डिएससी पुरस्कार समेत प्रदान गरिनेछ । २५ हजार अमेरिकी डलर (२७ लाख ५० हजार रुपैयाँ) राशिबराबरको उक्त पुरस्कार दक्षिण एसियाली समाजको गुणस्तर अभिवृद्धिमा क्रियाशील दक्षिण एसियाली साहित्यिक पुरस्कार गुठीले विगत आठ वर्षदेखि प्रदान गर्दै आएको हो ।

महोत्सवको उद्घाटन सत्रमा पूर्वअर्थमन्त्री एवं नागरिक समाजका अगुवा देवेन्द्रराज पाण्डेको उद्घोषण रहनेछ ।

नेपाल साहित्य महोत्सवसँग सहकार्य गर्न डिएससी दक्षिण एसियाली साहित्यिक पुरस्कारकी सहसंस्थापक सुरिना नरुलाले आफूलाई खुशी लागेको बताइन् ।

‘हामी आइएमई नेपाल साहित्य महोत्सवसँग सहकार्य गर्न पाउँदा उत्साहित छौँ । सुन्दर सहर पोखरामा सम्पन्न हुने आइएमई नेपाल साहित्य महोत्सव २०१९ मा हामी यसपटक डिएससी पुरस्कारको विजेता घोषणा गर्दैछौँ,’ पत्रकार सम्मेलनमा उनले नरुलाले भनिन्, ‘पुरस्कार र महोत्सव दुवैले दक्षिण एसियाली साहित्यलाई प्रर्वद्धन गर्ने हुँदा यो सहकार्यले हामी दुवैलाई फाइदा हुने विश्वास लिएका छौँ । दक्षिण एसियाली साहित्यलाई विश्वसामु साक्षात्कार गराउनु हाम्रो प्रमुख उद्देश्य हो ।’

विगत आठ वर्षदेखि दक्षिण एसियाली लेखनलाई निरन्तर प्रवद्र्धन गर्दै आएको डिएससी पुरस्कार प्रत्येक वर्ष फरकफरक दक्षिण एसियाली देशहरूमा वितरण गरिने र यस वर्ष नेपाल साहित्य महोत्सवमा घोषणा गर्न लागिएको समेत उनले बताइन् ।

आइएमई नेपाल साहित्य महोत्सवका निर्देशक अजित बरालले सन् २०११ मा झम्सिखेलस्थित ज्ञान मण्डलाको सानो प्राङ्गणबाट सुरु भएको साहित्य महोत्सव हाल आठौँ संस्करणसम्म आइपुग्दा नेपाल ट्रस्टको विशाल प्राङ्गण पोखराको बाराहीघाटमा भव्यताका साथ सम्पन्न हुन लागेकोमा आफूहरु खुशी भएको बताए ।

उनले यस्ता महोत्सवमा हुने सामाजिक बहसले सर्जक र पदासीन व्यक्तित्वलाई जवाफदेही बनाउने सघाउनेमा जोड दिए । अजितले भने, ‘प्रत्येक वर्ष साहित्य महोत्सव आयोजना गर्न पाउँदा हामी हर्षित छौं ।’

त्यसैगरी नेपाल पोखरामा युवापुस्तामाझ लोकप्रिय ‘व्हाट द बुक क्लब’की उपाध्यक्ष अनिषा बराइलीले साहित्य महोत्सव पोखराका युवा पाठकमाझ पठन संस्कृतिमा उत्प्रेरकका रुपमा रहेको बताइन् ।

उनले महोत्सवले पोखरालाई छुट्टी मनाउन आउने शहर मात्र नरहेको र अब पोखरा साहित्यको केन्द्र बनाएको बताइन् । व्हाट द बुक क्लबको स्थापना नै महोत्सवको उत्प्रेरणाबाट स्थापना भएको बताउँदै यस्ता महोत्सव अरु धेरै शहरमा पनि हुनुपर्ने उनको धारणा थियो ।

यस्तै कार्यक्रममा लेखक तथा महोत्सव संयोजकमध्येकी एक शिवानी सिंह थारुले पनि आफ्नो धारणा राखेकी थिइन् । उनले महोत्सवमा यस वर्ष युवा र नवोदित, नसुनिएका र मुलधारमा नआएकाहरुको आवाज समेट्न खोजिएको समेत बताइन् ।

पत्रकार सम्मेलनमा र्‍याण्डम रिडर्स सोसाइटीका अध्यक्ष केशवशरण लामिछानेले पोखरामा साहित्यिक महोत्सवको आयोजना गर्न पाउँदा खुशी लागेको बताए ।

प्रकाशित मिति : २४ मंसिर २०७६, मंगलबार  ९ : ३३ बजे

शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्री एवं मङ्गोलियन चेस

उपनिर्वाचनमा भाजपालाई धक्का : अध्यक्ष नीतिन नविनकै क्षेत्रमा जनसुरजका प्रशान्त किशोरको अग्रता

पटना- भारतका बिहार, मध्य प्रदेश र गुजरातका तीन विधानसभा क्षेत्रमा

पलको ‘आबाट आमा‘लाई उछिन्न सफल ‘गौँथली’, बन्यो सर्वाधिक व्यापार गर्ने १२ औँ फिल्म

काठमाडौं – डा. कपिल रिजालको निर्देशनमा बनेको फिल्म ‘गौँथली’ले कीर्तिमानी

कोशीका प्रदेशसभा सदस्यहरूलाई ओलीको फोन : एउटै व्यक्तिलाई कति पद दिइरहने ?

काठमाडौं- कोशी प्रदेश सरकारलाई लिएर नेकपा एमालेभित्रको विवाद पेचिलो बन्दै

‘पेपरलेस धनगढी’का लागि एकीकृत ‘डिजिटल’ प्रणाली

सुदूरपश्चिम– धनगढी उपमहानगरपालिकाले ‘पेपरलेस धनगढी’ को अवधारणा कार्यान्वयन गर्न ‘एकीकृत