संघीय संसदको हिउँदे अधिवेशन पुस ४ गते « Khabarhub

संघीय संसदको हिउँदे अधिवेशन पुस ४ गते


२४ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको हिउँदे अधिवेशन पुस ४ गतेका लागि आह्वान गरेकी छन् ।

मंगलबार राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गरी संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रियसभाको हिउँदे अधिवेशन पुस ४ गते दिउँसो ४ बजेका लागि आह्वान गरिएको जानकारी दिएको छ ।

राष्ट्रपतिको कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालद्वारा हस्ताक्षरित विज्ञप्तिमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँबानेश्वरमा संघीय संसदका दुवै सदनको अधिवेशन आह्वान गरिएको उल्लेख छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पुस ४ गते संघीय संसद अधिवेशन आह्वानका लागि राष्ट्रपतिलाई सिफारिस गरेको थियो हाल प्रतिनिधिसभा सभामुखविहीन अवस्थामा रहेकाले उपसभामुख शिवमाया तुम्बाहाङफेले बैठकको अध्यक्षता गर्नेछिन् ।

संसदको बजेट अधिवेशन सकिएलगत्तै तत्कालीन सभामुख कृष्णबहादुर महरा संसद सचिवालयकै महिला कर्मचारीमाथि जबर्जस्ती करणीको अभियोगमा मुछिएपछि राजीनामा दिएका थिए । सभामुख रिक्त रहेकाले प्रतिनिधिसभा हिउँदे अधिवेशनको पहिलो काम सभामुख चयन हुनेछ ।

संसद बैठक सञ्चालन भएपछि नयाँ सभामुख चयन प्रक्रियाको बाटो खुल्नेछ ।

प्रकाशित मिति : २४ मंसिर २०७६, मंगलबार  १० : ४५ बजे

इरानलाई सहयोग गरे चीनविरूद्ध ५० प्रतिशत करवृद्धि गर्ने राष्ट्रपति ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्व युद्धको क्रममा इरानलाई

मन्त्री मेहताको सम्पत्तिः १७ लाख बैंक मौज्दात, ३० तोला सुन र ५० तोला चाँदी

काठमाडौं – स्वास्थ्य, जनसंख्या तथा खानेपानीमन्त्री निशा मेहताको सम्पत्ति विवरण

मन्त्री रावलको सम्पत्तिः बूढानीलकण्ठ र बारामा जग्गा, ४४ लाखको गाडी (विवरणसहित)

काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासन तथा भूमि व्यवस्था,

हर्मुजमा ‘नौसैनिक नाकाबन्दी’ सुरु गर्न ट्रम्पको निर्देशन

वासिङ्टन – इस्लामावादमा भएको शान्ति वार्ताका क्रममा इरानले आफ्नो आणविक

अरुणखोलामा बारुद प्रयोग गरेर माछा मार्ने क्रममा विस्फोट हुँदा दुई जना घाइते

नवलपरासी – नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–१४ राइकोटेस्थित अरुणखोलामा बारुदजन्य पदार्थ