मन्त्री रावलको सम्पत्तिः बूढानीलकण्ठ र बारामा जग्गा, ४४ लाखको गाडी (विवरणसहित) « Khabarhub

मन्त्री रावलको सम्पत्तिः बूढानीलकण्ठ र बारामा जग्गा, ४४ लाखको गाडी (विवरणसहित)


२९ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


465
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासन तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलको नाममा काठमाडौंको बूढानीलकण्ठमा ७० लाख रुपैयाँ मूल्य बराबरको जग्गा रहेको खुलेको छ ।

आइतबार सार्वजनिक गरिएको विवरण अनुसार बारामा ५० लाख रुपैयाँ मूल्यको अर्को जग्गा पनि रहेको उल्लेख छ। दुवै जग्गा खरिदको स्रोत श्रीमानको आम्दानी भएको उनले खुलाएकी छन्।

चल सम्पत्तितर्फ २५ तोला सुन रहेको विवरणमा उल्लेख छ। सो सुन स्वआर्जन र परिवारबाट प्राप्त उपहारका रूपमा रहेको जनाइएको छ। बैंक मौज्दाततर्फ विभिन्न बैंकमा गरी २४ लाख रुपैयाँभन्दा बढी रकम बचत रहेको छ। उक्त बचत पनि श्रीमानको आयबाट संकलित भएको विवरणमा उल्लेख गरिएको छ।

साथै, एभरेष्ट बैंकबाट २०८२ साल जेठमा २० लाख रुपैयाँ ऋण लिएको विवरणमा देखिन्छ। सवारी साधनतर्फ मन्त्रीसँग ४४ लाख रुपैयाँ मूल्यको गाडी रहेको उल्लेख गरिएको छ।

प्रकाशित मिति : २९ चैत्र २०८२, आइतबार  ९ : ४६ बजे

अन्तिम मिनेटमा एभर्टनको कमब्याक, युनाइटेडसँग २–२ को बराबरी

काठमाडाैं – एन्स्ले मैटल्यान्ड नाइल्सले इन्जुरी समयको छैटौँ मिनेटमा उत्कृष्ट

पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द

बाजुरा – गएरातिको पहिरोले ३२ वटा खम्बा ढालेपछि बाजुरामा राष्ट्रिय

भोटेकोशी बाढी : वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान

नेपाल भलिबल लिग : कर्णाली र अन्नपूर्ण विजयी

काठमाडौं – नेपाल भलिबल लिग (एनभिएल) २०२६ अन्तर्गत आज सम्पन्न

बाढीको मौका छोपेर कैदीले गरेका थिए सुरक्षाकर्मीमाथि आक्रमण

काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण