प्रधानमन्त्री ओली अस्पतालबाट उपचारपछि बालुवाटार फर्किए  « Khabarhub

प्रधानमन्त्री ओली अस्पतालबाट उपचारपछि बालुवाटार फर्किए 


२४ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल पुगेका प्रधानमन्त्री केपी शर्मा ओली उपचारपछि बालुवाटार फर्किएका छन् ।

मंगलबार साँझ स्वास्थ्यमा समस्या देखिएपछि महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलुर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा पुगेका प्रधानमन्त्रीको डायलाइसीस गरिएपछि प्रधानमन्त्री निवास बालुवाटार फर्किएको अस्पताल स्रोतले जनाएको छ ।

चिकित्सकका अनुसार अस्पताल पुग्नेवित्तिकै प्रधानमन्त्री ओलीलाई नेबोलाइजेसन (वाफ दिने ) र इमिपेनम नामक एन्टिबायोटिक दिइएको थियो ।

याे उनको नियमित डायलाइसीस हो । अर्को महिनादेखि प्रधानमन्त्री निवास बालुवाटारमै उनको डायलाइसीसको व्यवस्था गरिने चिकित्सकको भनाइ छ ।

प्रधानमन्त्री ओलीको हिजै डाइलाइसीस गर्नुपर्ने भएपनि मन्त्रिपरिषद् बैठकका कारण आज गर्न गरिएको हो ।

प्रधानमन्त्री ओली निकट स्रोतका अनुसमार मंगलबार दिउँसो नै उनको स्वास्थ्यमा सामान्य समस्या देखिएको थियो । ओलीको स्वास्थ्यमा समस्या देखिएपछि अपराह्न मनमोहन कार्डियोथोरासिक भास्कुलुर एण्ड ट्रान्सप्लान्ट सेन्टरको आईसीयू खाली गर्न लगाइएको थियो ।

प्रधानमन्त्री ओलीको गत मङ्सिर १० गते मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो । उनी उपचारपछि यही मङ्सिर १९ गते अस्पतालबाट डिस्चार्ज भएका थिए ।

प्रकाशित मिति : २४ मंसिर २०७६, मंगलबार  ११ : ५३ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी