कतार र युएईसँग श्रम नवीकरण हुँदै, ४ देशसँग नयाँ श्रम सम्झौता « Khabarhub

कतार र युएईसँग श्रम नवीकरण हुँदै, ४ देशसँग नयाँ श्रम सम्झौता


२६ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले वैदेशिक रोजगारीमा कामदार आपूर्ति गदै आएका सबै देशसँग अनिवार्य श्रम सम्झौता गर्ने लक्ष्य लिएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पछिल्लो समय श्रम सम्झौताका लागि रोजगारदाता देशसँगको छलफललाई तीव्रता दिएको छ ।

श्रम मन्त्रालयले दुई देशसँग तत्काल श्रम नवीकरणका लागि प्रक्रिया अघि बढाइरहेको जनाएको छ । मन्त्रालयले कतार र युएईसँग श्रम नवीकरणका लागि आवश्यक छलफल भइरहेको जानकारी दिएको हो । यी देशसँग श्रम सम्झौता भइसकेकाले पुनरावलोकन गरि पुनः श्रम सम्झौता गर्न लागिएको मन्त्रालयले जनाएको छ । कतारसँग सन् २००५ र युएईसँग सन् २००७ एमओयु भएको थियो । साउदी, ओमान, जापान र मौरिसससँग भने नयाँ श्रम सम्झौता गर्न लागिएको मन्त्रालयले जानकारी दिएको छ ।

वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको लागत न्यूनीकरण गर्न र ठगी रोक्न सरकारले विभिन्न मुलुकसँग श्रम सम्झौताका लागि प्रयास र छलफल गरिरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सह–सचिव तथा वैदेशिक रोजगार महाशाखका प्रमुख डा. रामप्रसाद घिमिरेले बताए ।

‘नेपाल सरकारले तत्काल कतार, युएई र जापानसँग श्रम सम्झौताका लागि टुंगो लागेको छ । एक महिनाभित्र यी देशसँग सरकारीस्तरमा श्रम सम्झौतामा हस्तक्षर हुँदै छ । रोजगारीमा जाने प्रायः सबै देशसँग श्रम सम्झौता गर्ने नीति सरकाले लिएको छ । साउदी ओमान, जापान र मौरिसससँग नयाँ श्रम सम्झौता हुदै छ ।’

श्रम मन्त्रालयले फ्रि भिसा र फ्रि टिकटमै कामदार पठाउने गरी श्रम सम्झौता गर्न लागेको जनाएको छ । रोजगारीमा जाने श्रमिकलाई तल परेर सम्झौता हुने छैन । सहसचिव डा घिमिरेले भने, ‘सबै रोजगारदाता देशसँग समान श्रम सम्झौता हुँदै छ । पारिश्रमिकका आधारमा केही देशमा लागत खर्च बढी लाग्न सक्छ । तर, कामदारको अधिकार सुरक्षित हुने गरि सम्झौता हुन्छ ।’

श्रम मन्त्रालयका अनुसार मौरिसस नयाँ रोजगार गन्तव्य मुलुक नभए पनि खाडीको तुलनामा आकर्षक कमाइ हुने देशभित्र पर्छ । अस्पताल, उद्योगलगायत क्षेत्रमा नेपाली कामदार लैजान मौरिसस तयार देखिएकाले नेपालले श्रम सम्झौताका लागि पहल गरिरहेको श्रम मन्त्रालयले जानकारी दिएको छ ।

श्रम मन्त्रालयले यूएई र ओमनमा पुगेर श्रम सम्झौताका लागि दुई देशका प्रतिनिधिबिच छलफल गरिसकेको छ ।
जापानसँगको श्रम सम्झौता अन्तिम चरणमा पुगेको छ । छुट्टै संयन्त्र बनाएर जापानमा कामदार पठाउने विषयमा दुई पक्षबीच छलफल अन्तिम चरणमा पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

श्रम मन्त्रालयले रोजगारीमा जाने कामदारको रोजगार अधिकार, विमा, स्वास्थ्य र अन्तर्राष्टिय श्रमिक संगठन (आइएलओ) को मापदण्डमा रहेको श्रम सम्झौता गरिने सहसचिव घिमिरेले जानकारी दिए ।

कात्तिक १२ गते मलेसियासँग ऐतिहासिक सम्झौता भए पनि अझै मलेसिया रोजगारी खुल्न सकेको छैन । सम्झौता हुन लागेका कतार, यूएई र जापानसँग नयाँ ढंगले सम्झौता गरेर कामदार आपूर्ति गरिने मन्त्रालयको भनाइ छ । बहराइन, इजरायल, जोर्डनसँग श्रम सम्झौता भएपनि सम्झौताको प्रभावकारी कार्यान्वयन नहुँदा कामदार जान सकेका छैनन् ।

सम्झौता भएका दक्षिण कोरिया, जोर्डन र बहराइनमा पनि कम कामदार जाने गरेका छन् । दक्षिण कोरियासँग श्रम सम्झौता भएपछि वार्षिक ५ देखि ७ हजार नेपाली रोजगारी जाने गरेका छन् । गएका ३ दर्शकमा करिब ५३ लाख युवा रोजगारीका खोजीमा विदेशीएका छन् ।

हाल वैदेशिक रोजगारीमा संस्थागत १ सय १० र व्यक्तिगत १ सय ७२ देश नेपाली युवा रोजगारीका खोजीमा जाने गरेको वैदेशिक रोजगार विभागले जनाएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७५, आइतबार  ९ : १५ बजे

जब कुलमानले उज्यालो नेपालको बैठकमा हात जोड्दै माफी मागे…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भङ्ग गरेको कुलमान घिसिङको

बत्ती जान थालेपछि निर्देशक शाक्यले गरे स्थलगत निरीक्षण

काठमाडौं – पाटन, स्युचाटार, बालाजुलगायत क्षेत्रमा बेलुकाको समयमा दुई दिनदेखि

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

पाल्पा – यहाँको रामपुर नगरपालिका–८ स्थित कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत

प्रचण्डले भने : रुकुमपूर्वबाट निर्वाचन लड्ने निश्चित भइसकेको छ

रुकुमपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

एकता तोडिएसँगै उनेपाको अध्यक्ष बने घिसिङ

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा) को केन्द्रीय समिति बैठकले