सुई र रुईसमेत नभएका अस्पताल, नेपाली स्वास्थ्य क्षेत्र नै बिरामी « Khabarhub

सुई र रुईसमेत नभएका अस्पताल, नेपाली स्वास्थ्य क्षेत्र नै बिरामी


२६ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अस्पतालमा मानव स्वास्थ्यमाथि हुने गरेको गम्भीर लापरबाहीको समाचारलाई आजको नयाँ पत्रिका दैनिकले ‘सुई र रुईसमेत नभएका अस्पताल, नेपाली स्वास्थ्य क्षेत्र नै बिरामी’ शीर्षकमा मुख्य समाचारका रुपमा छापेको छ ।
पाल्पा जिल्ला अस्पतालमा टिटानसको सुई सकएिको एक वर्ष भयो, घाउ पुछ्ने रुई समेत छैन, स्टोर शाखा प्रमुख भन्छन्, टेन्टर गर्दै छौं ।’

त्यस्तै, गुल्मी जिल्ला अस्पतालमा तीन वर्षदेखि एम्बुलेन्स छैन, ढलान चर्किएपछि प्रशुति वार्ड चुहिन्छ । सरकारी नीति भने एक अस्पताललाई दुई एम्बुलेन्स दिने छ ।  सिकलसेल एनिमियाबाट पश्चिममा थारु समुदया पीडित, सातामा ७० बिरामी आउने भेरी अस्पतालमा सिकलसेल जाँच्ने मेसिन नै ठप्प छ भने विपन्न बिरामी महँगो ल्याब जान बाध्य भएका छन् ।

यता धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रष्ठिानमा चार सय बेडको प्रसूतिगृह निर्माण आयोजना अलपत्र अवस्थामा छ । बेड सेयर गर्न सुत्केरीहरु बाध्य छन् । प्रत्येक वार्डका ३४ जना सुत्केरी र शिशुलाई हेर्न जम्मा दुई जना नर्सले भ्याएका छन्।

यसैगरी पत्रिकाले ऋण चुक्ता गर्न अपहरणको नाटक गरी परिवारसँगै फिरौती शीर्षकमा पहिलो पृष्ठमा समाचार छापेको छ । ऋण तिर्ने पैसा नभएपछि धनगढीका एक व्यापारीले अपहरणमा परेको नाटक गरेर आफ्नै परिवारसँग १५ लाख फिरौती मागेको समाचार छापेको हो ।

त्यसैगरी नेपाल भारत प्रबुद्ध व्यक्ति समूह (इपीजी)ले तयार गरेको प्रतिवेदनमा भारतको बिहार राज्य सरकारले केन्द्र सरकारसँग असहमति राख्नुका साथै विरोध जनाएपछि मोदीले इपीजीको प्रतिवेदन नबुझेको समाचार पनि पहिलो पृष्ठमा छापिएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७५, आइतबार  ६ : ०७ बजे

टी-२० विश्वकप : टीसीएलले सार्वजनिक गर्‍यो दोस्रो चरणका विजेता

काठमाडौं– इलेक्ट्रोनिक्स ब्रान्ड टीसीएलले भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा आयोजना हुने

जासुसी आरोपमा बेलायती कूटनीतिज्ञ निष्कासित

एजेन्सी – रुसी अधिकारीहरूले जासुसी गरेको आरोप लगाउँदै बिहीबार मस्कोस्थित

आयोगमा निवेदन दिएर फर्किए गगनसहितका नेता (तस्बिरहरू)

काठमाडौं– गगन थापा नेतृत्वको नेपाली कांग्रेसका नेताहरू पार्टीको निर्णय अद्यावधिक

नागरिकलाई शान्तिसुरक्षाको प्रत्याभूति गराउनु पहिलो प्राथमिकता : मुख्यमन्त्री बानियाँ

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले नागरिकलाई शान्तिसुरक्षाको प्रत्याभूति दिलाउनु

नवौं संस्करणको निफ चैत १९ बाट

काठमाडौं – नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले नेपाली चलचित्रलाई विश्व