मध्यपूर्व तनावबीच लेबनान-इजरायलबीच रोममा नयाँ वार्ता « Khabarhub

मध्यपूर्व तनावबीच लेबनान-इजरायलबीच रोममा नयाँ वार्ता


३० असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

रोम– अमेरिकी मध्यस्थतामा लेबनान र इजरायलबीच मंगलबार इटालीको राजधानी रोममा नयाँ चरणको वार्ता सुरु भएको छ। मध्यपूर्वमा इजरायल, इरान र इरान समर्थित हेजबुल्लाहबीच तनाव कायम रहेका बेला यो वार्तालाई महत्वपूर्ण रूपमा हेरिएको छ।

इजरायल र लेबनानले गत जुन २६ मा वासिङ्टनमा पाँच चरणको वार्तापछि युद्ध अन्त्य र सीमा क्षेत्रमा स्थायित्व कायम गर्ने उद्देश्यसहित समझदारी गरेका थिए। यद्यपि इरान समर्थित हेजबुल्लाहले उक्त समझदारी अस्वीकार गरेको छ।

सम्झौतामा हेजबुल्लाहको निशस्त्रीकरण, दक्षिणी लेबनानका विभिन्न क्षेत्रबाट इजरायली सेनाको क्रमिक फिर्ता तथा लेबनानी सेनालाई ती क्षेत्रको सुरक्षा जिम्मेवारी हस्तान्तरण गर्ने व्यवस्था समावेश गरिएको छ।

लेबनानका राष्ट्रपति जोसेफ आउनले रोम पुगेको आफ्नो प्रतिनिधिमण्डललाई थप छलफलअघि इजरायली सेनाको तत्काल फिर्ता सुरु गराउन जोड दिन निर्देशन दिएको बताइएको छ।

वार्तासँग परिचित लेबनानी कूटनीतिक स्रोतका अनुसार, इजरायली सेना फिर्ता हुने क्षेत्रको सुरक्षा जिम्मेवारी लिन लेबनानी सेना तयारी अवस्थामा छ। इजरायलले भने ती क्षेत्रलाई स्थायी रूपमा सुरक्षित राख्न लेबनानी सेनाको क्षमता सुनिश्चित गर्न चाहेको जनाइएको छ।

यसअघि शनिबार एक अमेरिकी सैन्य प्रतिनिधिमण्डलले बेरुतमा लेबनानी सेनासँग इजरायली सेनाको फिर्ती प्रक्रियाबारे छलफल गरेको थियो।

युद्धविराम लागू भए पनि दक्षिणी लेबनानमा इजरायली सेनाले सीमित सैन्य कारबाही र संरचना ध्वस्त पार्ने गतिविधि जारी राखेको लेबनानी सञ्चारमाध्यमहरूले जनाएका छन्।

लेबनानी अधिकारीहरूका अनुसार मार्चदेखि सुरु भएको द्वन्द्वमा इजरायली आक्रमणबाट हालसम्म ४ हजार ३०० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ।

यसैबीच, क्षेत्रीय तनाव अझै बढिरहेका बेला अमेरिकाले इरानविरुद्ध सैन्य दबाबलाई निरन्तरता दिएको छ। हेजबुल्लाहले इरानको समर्थनमा इजरायलमाथि क्षेप्यास्त्र आक्रमण गरेपछि लेबनान पुनः क्षेत्रीय द्वन्द्वको केन्द्रमा पुगेको विश्लेषण गरिएको छ।

विश्लेषकहरूका अनुसार तेहरानले हेजबुल्लाहलाई आफ्नो क्षेत्रीय रणनीतिक प्रभाव कायम राख्ने प्रमुख माध्यमका रूपमा हेरेको छ, जसका कारण युद्धविराम र राजनीतिक सहमतिलाई कार्यान्वयनमा ल्याउन अझै चुनौती रहने देखिएको छ।

प्रकाशित मिति : ३० असार २०८३, मंगलबार  ४ : २७ बजे

शिक्षा क्षेत्रमा समानुपातिक बजेट विनियोजन गरिन्छ : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले गुणस्तरीय शिक्षा सुधारका लागि

उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने

हेटौँडा- भोटेकोशी बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका व्यक्ति तथा पहिचान भएका

नेपालको विपत्तिपछि भारतमा हिमनदी निगरानी तीव्र

एजेन्सी– हिमनदी खस्दा आएको मानिएको विनांशकारी बाढीको केही दिनपछि भारतले

नाइजेरियाको जेलमा रहेका पत्रकार १० महिनापछि रिहा

एजेन्सी– नाइजरको राजधानी नियामको निजी टेलिभिजन स्टेसन साराउनियाका एक पत्रकारलाई

काठमाडौंलगायत विभिन्न शहरमा गाईजात्रा 

काठमाडौं– परम्परागत सांस्कृतिक पर्व गाईजात्रा काठमाडौंलगायत देशका विभिन्न शहरमा मनाइँदै छ