सुई र रुईसमेत नभएका अस्पताल, नेपाली स्वास्थ्य क्षेत्र नै बिरामी « Khabarhub

सुई र रुईसमेत नभएका अस्पताल, नेपाली स्वास्थ्य क्षेत्र नै बिरामी


२६ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अस्पतालमा मानव स्वास्थ्यमाथि हुने गरेको गम्भीर लापरबाहीको समाचारलाई आजको नयाँ पत्रिका दैनिकले ‘सुई र रुईसमेत नभएका अस्पताल, नेपाली स्वास्थ्य क्षेत्र नै बिरामी’ शीर्षकमा मुख्य समाचारका रुपमा छापेको छ ।
पाल्पा जिल्ला अस्पतालमा टिटानसको सुई सकएिको एक वर्ष भयो, घाउ पुछ्ने रुई समेत छैन, स्टोर शाखा प्रमुख भन्छन्, टेन्टर गर्दै छौं ।’

त्यस्तै, गुल्मी जिल्ला अस्पतालमा तीन वर्षदेखि एम्बुलेन्स छैन, ढलान चर्किएपछि प्रशुति वार्ड चुहिन्छ । सरकारी नीति भने एक अस्पताललाई दुई एम्बुलेन्स दिने छ ।  सिकलसेल एनिमियाबाट पश्चिममा थारु समुदया पीडित, सातामा ७० बिरामी आउने भेरी अस्पतालमा सिकलसेल जाँच्ने मेसिन नै ठप्प छ भने विपन्न बिरामी महँगो ल्याब जान बाध्य भएका छन् ।

यता धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रष्ठिानमा चार सय बेडको प्रसूतिगृह निर्माण आयोजना अलपत्र अवस्थामा छ । बेड सेयर गर्न सुत्केरीहरु बाध्य छन् । प्रत्येक वार्डका ३४ जना सुत्केरी र शिशुलाई हेर्न जम्मा दुई जना नर्सले भ्याएका छन्।

यसैगरी पत्रिकाले ऋण चुक्ता गर्न अपहरणको नाटक गरी परिवारसँगै फिरौती शीर्षकमा पहिलो पृष्ठमा समाचार छापेको छ । ऋण तिर्ने पैसा नभएपछि धनगढीका एक व्यापारीले अपहरणमा परेको नाटक गरेर आफ्नै परिवारसँग १५ लाख फिरौती मागेको समाचार छापेको हो ।

त्यसैगरी नेपाल भारत प्रबुद्ध व्यक्ति समूह (इपीजी)ले तयार गरेको प्रतिवेदनमा भारतको बिहार राज्य सरकारले केन्द्र सरकारसँग असहमति राख्नुका साथै विरोध जनाएपछि मोदीले इपीजीको प्रतिवेदन नबुझेको समाचार पनि पहिलो पृष्ठमा छापिएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७५, आइतबार  ६ : ०७ बजे

विद्यार्थीलाई न्यानो कपडा वितरण

खोटाङ– दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको मुडेस्थित सिद्धेश्वरी आधारभूत विद्यालयका

परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता 

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले नेपालमा हालै आएको बाढीबाट प्रभावित क्षेत्रको

राहुघाट जलविद्युत आयोजना निर्माणको १६ वर्षे यात्रा : असफल ठेक्कादेखि परीक्षण उत्पादनसम्म

म्याग्दी– म्याग्दीको बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना सुरु भएको डेढ दशकको

सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह

नुवाकोट– भोटेकोशी बाढीबाट भएको क्षतिको अवस्थाबारे जानकारी लिन बुधबार नुवाकोट

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ