पूर्वाधारसँग सम्बन्धित मन्त्रालयलाई धराशायी बनाउँदै सरकार | Khabarhub Khabarhub

पूर्वाधारसँग सम्बन्धित मन्त्रालयलाई धराशायी बनाउँदै सरकार


२६ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आजको कारोबार दैनिकले पूर्वाधार मन्त्रालयहरुलाई सरकारबाटै धराशायी बनाउने काम भएको समाचार छापेको छ ।

सरकारले पूर्वाधारसँग सम्बन्धित मन्त्रालयहरुको जिम्मेवारीमा गम्भीर असर पर्ने गरी सार्वजनिक–निजी साझेदारी तथा लगानी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक अघि बढाएको कारोबारको समाचारमा उल्लेख छ ।

कारोबार लेख्छ– लगानी बोर्डका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीकै इच्छामा बोर्डबाट पारित गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले संसद् सचिवालयमा दर्ता गरेको विधेयक पारित भएमा अधिकांश पूर्वाधार मन्त्रालयहरुको धराशी बन्ने छ ।

विधेयकमा जलविद्युत बाहेकका ६ अर्ब रुपैयाँभन्दा कम र जलविद्युतमा २ सय मेगावाट कम क्षमताका आयोजना मात्र सम्बन्धित मन्त्रालयहरुको लगानी गर्ने र त्योभन्दा बढी क्षमताका सबै परियोजनाहरु लगानी बोर्डबाट गर्ने उल्लेख छ ।

कुनै निकायले पहिचान गरी सूची स्वीकृत गरेको परियोजनाहरुको हकमा सम्बन्धित निकाय र बोर्डबीचको आपसी समझदारी वार सम्झौताबाट कार्यान्वयन गर्न सकिने विधेयकमा उल्लेख छ ।

विज्ञहरुका अनुसार यो विधेयक पारित भएपछि उर्जा, सिँचाइ तथा जलस्रोत, पर्यटन, भौतिक पूर्वाधार, सूचना तथा सञ्चार, खानेपानी तथा सरफाई मन्त्रालयलगायत सबै मन्त्रालयहरुको अधिकार घटेर जिम्मेवारविहीन अवस्थामा पुग्नेछन् ।

प्रकाशित मिति : २६ फाल्गुन २०७५, आइतबार  ७ : ११ बजे

बाँकेका भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा  

बाँके– भूमि समस्या समाधान आयोगले बाँकेमा भूमिहीनहरूलाई धमाधम जग्गाधनी प्रमाणपुर्जा

मदन भण्डारी कपको उपाधि बस्नेत र न्यौपानेलाई

कर्णाली– कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा शनिबार सम्पन्न राष्ट्रियस्तरको खुला

सवारी दुर्घटनामा सशस्त्र प्रहरी नायब निरीक्षक राजवंशीको मृत्यु

झापा– झापाको कमल गाउँपालिकामा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको

म्याग्दीको डाडागाउँ स्वास्थ्य एकाइको नयाँ भवनबाट सेवा सञ्चालन

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका– ३ डाडागाउँमा स्वास्थ्य एकाइ स्थापना भएको

फ्रेन्च ओपन महिला टेनिसको उपाधि अमेरिकाकी गौफलाई  

काठमाडौं– फ्रेन्च ओपन महिला टेनिसको उपाधि अमेरिकाकी २१ वर्षीया को